• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगल सरकारद्धारा १८ हजार अबैध आप्रबासी हटाउने घोषणा: कति नेपाली प्रभावित होलान ?

  •  
  • २०८२ बैशाख २५, बिहीबार ०४:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोचुगल सरकारले चुनावी तयारीका क्रममा अवैध रूपमा बसोबास गरिरहेका करिब १८ हजार विदेशी नागरिकहरूलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । पोर्चुगलमा प्रारम्भिक आम निर्वाचन मे १८ मा गर्ने छ । विश्वभरी नै यतिखेर आप्रवासी बढी रहेका देशहरुमा पहलिो चुनावी एजेण्डा अबैध आप्रवासी हटाउने हुन थालेपछि पोर्चुलमा पनि यो मुद्दा पहिलो बनन थालेको हो ।

    राष्ट्रपतिका मन्त्री अन्तोनियो लाइटाओ अमारोले बताएका अनुसार देशमा अवैध रूपमा रहेका व्यक्तिहरूलाई देश छोड्न करिब नोटिस जारी गर्ने भएको हो । त्यस समयसिमाभित्र नछाडे पक्राउ गरी डिर्पोट गर्ने जनाइएको छ ।

    मन्त्रीका अनुसार अधिकारीहरूले आगामी हप्ता करिब ४ हजार ५०० विदेशी नागरिकहरूलाई २० दिनभित्र स्वेच्छाले देश छोड्न अनुरोध गरेर प्रक्रिया सुरु गर्नेछन् । जसले उक्त अनुरोधको पालना नगर्नेहरु बलपूर्वक देश निकाला गरिनेछ । अमारोले जोड दिए कि यी कदमहरू ती व्यक्तिहरूको विरुद्धमा लिइएका हुन् जसले पुर्तगाल र युरोपेली नियमहरूको उल्लंघन गर्दै देशमा अवैध रूपमा प्रवेश गरेका छन् वा बसेका छन् ।

    प्रधानमन्त्री लुइस मोंटेनेग्रोले मार्चमा आकस्मिक निर्वाचनको घोषणा गरेका थिए, जब संसदमा विश्वासको मत गुमाएपछि उनी नेतृत्वको अल्पमत सरकार, जुन रूढीवादी सामाजिक लोकतान्त्रिक पार्टीद्वारा सञ्चालित थियोे । राष्ट्रपतिका मन्त्री अन्तोनियो लाइटाओ अमारोले भने अनुसार, सरकारले आगामी हप्ता निष्कासन नोटिसहरू जारी गर्न सुरु गर्नेछ ।

    विपक्षी दलहरू, विशेष गरी समाजवादी पार्टीले यस कदमको आलोचना गरेका छन्, र यसलाई दक्षिणपन्थी मतदाताहरू विशेष गरी पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रभाव बढाइरहेको दूर–दक्षिणपन्थी चेगा पार्टीप्रति सहानुभूति राख्ने मतदाताहरूको समर्थन बटुल्ने प्रयोजनले चालिएको लोकप्रीयतावादी रणनीतिको रूपमा व्याख्या गरेका छन् ।
    संसद विघटन र प्रारम्भिक निर्वाचन र १९७४ को कार्नेसन क्रान्तिपछि बढ्दो राजनीतिक अस्थिरताको बीचमा करिब तीन वर्षभित्रै पुर्तगालमा तेस्रो निर्वाचन हुने भएको हो । यस क्रममा पछिल्लो समय ठुलो सख्यामा रहेका नेपालीहरु पनि यस घोषणाबाट प्रभावित हुनेछन ।

    पोर्चुगलमा ५१ देखि ६० हजार अनुमानित नेपाली रहेको बताईन्छ । जसमा कति अबैध रुपमा बसेका छन त्यसको एकिन तथ्यांक छैन । पोर्चुगलमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने भनेको लिसबनको बेजा, फारो, सेतुबल, जिल्लाहरुमा हो । सन २०२२ मा २३ हजार भन्दा बढी नेपालीहरुले पोचुगलको कानुनी कागजात बनाएको उल्लेख छ । सन २०१९ मा पोर्चुगलमा २८८१ अबैध नेपाली रहेको तथ्यांक सार्वजनिक भएको थियो । तर अहिले त्यो सख्या एकिन छैन । पोचुगलमा ब्राजिलियन पछि सबैभन्दा धेरै अबैध आप्रवासी नेपाली रहेको विभिन्न तथ्यांकहरुले जनाएको छ । पोचुगलमा नेपालीहरु पर्यटक भिषामा आउने, अन्य यूरोपियन मुलुक आएर सजिलै कागजात बनाउने अनि अन्यत्र जाने चलन बढी छ । त्यसैले पोर्चुगलमा चलायमान नेपालीको सख्या यसै भन्न सकिन्न ।

    पोचुगल लामो समयदेखि आप्रवासीहरूका लागि गन्तव्य रहँदै आएको छ, विशेषगरी अफ्रिकाका पूर्व उपनिवेशहरू र ब्राजिलबाट बढी आउँछन । अघिल्लो केही वर्षहरूमा देशको आप्रवासन नीति तुलनात्मक रूपमा लचिलो रहेको भए पनि, हाल अनधिकृत आप्रवासनमा आएको वृद्धिले सीमा नियन्त्रण र सुरक्षासम्बन्धी बहसलाई तीव्र बनाएको छ ।

    Post Views: 295
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ०४:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने
    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    • २. अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    • ३. बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन

    • ४. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • ५. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.