• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कस्तो छ भारत र पाकिस्तानको क्षेप्यास्त्र तथा वायु रक्षा प्रणाली ?

  •  
  • २०८२ बैशाख २५, बिहीबार ०६:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतले मे ६ र ७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही सुरु गर्‍यो । भारतले यो सैन्य कारबाहीलाई ‘अप्रेसन सिन्दुर’ नाम दिएको छ । भारतले यो आक्रमण ‘आतंकवादी लुक्ने ठाउँहरूमा’ गरिएको दाबी गरेको छ ।

    भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि दुवै देशको सैन्य क्षमतामाथि छलफल सुरु भएको छ । भारत र पाकिस्तानसँग कुन–कुन मिसाइलहरू छन् र उनीहरूको वायु रक्षा प्रणालीको क्षमता के छ भन्नेमा धेरैको चासो छ ।

    भारतको अग्नि–५ मिसाइलले जमिनबाट पाँच हजारदेखि आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

    अर्कोतर्फ, पाकिस्तानको शाहीन–३ मिसाइलको दायरा दुई हजार ७५० किलोमिटर छ ।

    भारत हतियारको लागि रुसमा बढी निर्भर छ र पाकिस्तान चीनमा बढी निर्भर छ ।

    पश्चिमी देशहरूले लामो समयदेखि भारतलाई क्षेप्यास्त्र प्रविधि दिन अस्वीकार गर्दै आएका छन्, तर फ्रान्स र भारतले क्षेप्यास्त्र प्रविधिमा मिलेर काम गरेका छन् ।

    यसमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल अर्थात् आईसीबीएम पनि समावेश छ । विश्वमा केवल सात देशहरूसँग मात्र आईसीबीएम छ ।

    “भारत एन्टी–ब्यालिस्टिक मिसाइल प्रणाली भएका केही देशहरूमध्ये एक हो,” रक्षा विश्लेषक ह्यारिसन कासले द नेसनल इन्ट्रेस्टमा लेखेका छन् ।

    “भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा दुई प्रकारका क्षेप्यास्त्रहरू छन् । उच्च उचाइमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने पहिलो पृथ्वी एयर डिफेन्स (पीएडी) मिसाइल र दोस्रो हो, एडभान्स्ड एयर डिफेन्स (एएडी) जसले कम उचाइमा हुने क्षेप्यास्त्र आक्रमणलाई रोक्छ,” उनले भनेका छन्, “भारतको एन्टीब्यालिस्टिक मिसाइल प्रणालीले कम्तीमा पाँच हजार किलोमिटर टाढाबाट हुने मिसाइल आक्रमणलाई रोक्न सक्षम छ ।”

    भारतले रुससँगको सहकार्यमा ब्रह्मोस र ब्रह्मोस–२ हाइपरसोनिक क्रुज मिसाइलहरू पनि विकास गरेको छ र यसलाई जमिन, हावा, समुद्र र उप–समुद्री प्लेटफर्मबाट प्रहार गर्न सकिन्छ ।

    ह्यारिसन कास भन्छन्, “भारतसँग परम्परागत र आणविक हतियारधारी क्षेप्यास्त्रका धेरै विकल्पहरू छन् । यसमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने क्षमता पनि छ ।”

    अर्कोतर्फ, पाकिस्तानसँग परम्परागत र आणविक हतियारयुक्त क्षेप्यास्त्रका धेरै विकल्पहरू पनि छन् । एकअर्काको खतरालाई ध्यानमा राख्दै दुवै देशले आफ्नो क्षेप्यास्त्र क्षमतालाई अगाडि बढाएको बताइएको छ ।

    तर, पाकिस्तानसँग आईसीबीएमको विकल्प छैन । धेरै रक्षा विश्लेषक विश्वास गर्छन्, पाकिस्तानलाई यसको धेरै आवश्यकता छैन ।

    चीन र भारतबीच पनि बेलाबेलामा युद्ध हुँदै आएको छ । भारतले पनि सोहीअनुसार आफ्नो रक्षा क्षमता विकास गरिरहेको छ । अर्कोतर्फ, पाकिस्तानले हाल भारतलाई मात्र आफ्नो शत्रु मान्दछ ।

    ह्यारिसन कास भन्छन्, “पाकिस्तानलाई आईसीबीएमको धेरै आवश्यकता छैन । पाकिस्तानको क्षेप्यास्त्र क्षमता क्षेत्रीय लक्ष्यहरू प्राप्त गर्न सक्षम छ ।”

    पाकिस्तानले चीनसँगको सहकार्यमा शाहीन शृंखलाका मिसाइलहरू विकास गरेको छ । पाकिस्तानको शाहीन मिसाइलहरूमा छोटो, मध्यम र लामो दूरीको प्रहार क्षमता छ । आक्रमणको प्रतिकार गर्न पाकिस्तानले एन्टीब्यालेस्टिक मिसाइल प्रणालीमा पनि काम गरिरहेको छ ।

    ह्यारिसन भन्छन्– पाकिस्तानसँग एचक्यू–९बीई छ, तर यदि भारतले ब्रह्मोस प्रयोग गर्‍यो भने यसलाई रोक्न पाकिस्तानलाई सजिलो हुनेछैन । पाकिस्तानी संसदमा विपक्षी सांसदहरूले ब्रह्मोस सुपरसोनिक क्षेप्यास्त्रमाथि चिन्ता व्यक्त गर्दै आएका छन् । बीबीसी

    Post Views: 168
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ०६:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.