भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को अन्तर्राष्ट्रिय विद्यार्थी संघको अध्यक्षमा नेपाली विद्यार्थी सौगात फुयाल निर्वाचित भएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा–६ का फुयाल जेएनयूमा ‘मास्टर्स इन इन्टरनेसनल स्टडी’मा अध्ययनरत छन् । जितपछि फुयालले भने, “यो केवल मेरो मात्र होइन, हामी सबैको जित हो ।” उनले विश्वविद्यालयको शूल्क कटौती र होस्टेल पूर्वाधार सुधार आफ्नो कार्यकालको मुद्दा हुने बताएका छन् ।




