• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वकप फुटबलका लागि अमेरिकामा हुने खेलको टिकट मुल्य सार्वजनिक, नेपाली ७ लाख देखि ८० लाखसम्मका प्याकेजहरु सार्वजनिक

  •  
  • २०८२ बैशाख २७, शनिबार ०४:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०२६ को फिफा विश्वकप सुरु हुन एक वर्ष बाँकी छँदै, फिफाले अमेरिकाभर आयोजना हुने खेलहरूका लागि महँगो मूल्यका पहिलो टिकट प्याकेजहरू सार्वजनिक गरेको छ । विस्तारित स्वरूपमा आयोजना हुने आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुनेछ । यो प्रतियोगितामा अहिलेसम्मकै धेरै, ४८ टोलीहरू सहभागी हुनेछन् र ५ हप्तामा १०४ खेलहरू सञ्चालन हुनेछन् ।

    १६ ओटा होस्ट सहरहरूमध्ये ११ सहर अमेरिकाभित्र पर्छन्, जसले गर्दा उत्तर अमेरिकाका केही सबैभन्दा ठूला र प्रसिद्ध रंगशालाहरूमा खेलहरू आयोजना हुनेछन् । अमेरिकामा विभिन्न खेल हेर्ने चाहना राख्ने प्रशंसकहरू अहिले टिकट प्याकेज खरिद गर्न सक्ने भए पनि, तिनीहरूको मूल्यले धेरैलाई चकित तुल्याउने खालका छन ।
    फिफाले आफ्नो आतिथ्य साझेदार अन लोकेसन नामक सस्थासँग मिलेर स्थान, टोली र खेलको आधारमा तीन प्रकारका प्याकेजहरू सार्वजनिक गरेको हो । हाल उपलब्ध सबैभन्दा सस्तो प्याकेज प्रतिव्यक्ति ५ सय ३०० डलर रहेको छ भने सबैभन्दा महँगो विकल्पको मूल्य ७३ हजार २०० रहेको छ ।

    सन् २०२६ को फिफा विश्वकपका लागि सबैभन्दा महँगो र उत्साहजनक प्याकेजमा मेटलाइफ स्टेडियममा हुने सबै आठ खेलहरूको टिकट समावेश छ । जसमा फाइनल खेल पनि पर्दछ । यस प्याकेजमा साइडलाइन सिट र भव्य पिचसाइड लाउन्जको पहुँचसमेत प्रदान गरिएको छ । त्यस्तै किसिमका प्याकेजहरू अमेरिकामा रहेका सबै ११ ओटा रंगशालाहरूका लागि उपलब्ध छन् जसमा सोफी स्टेडियम र एटी एनटी स्टेडियम समेत पर्छन् । यदि समर्थकहरूले कुनै एक विशेष स्थानमा सबै खेलहरू हेर्न चाहन्छन् भने पनि त्यस्ता सुविधाहरु छन ।

    किन्नेहरूले कुनै एक टिमका समूह चरणका सबै खेलहरू र सम्भावित राउन्ड अफ ३२ को खेल हेर्न सकिने फलो माई टिम प्याकेज पनि लिन सक्छन् । उदाहरणका लागि, स्पेनका लागि यो प्याकेज किन्नेहरूले ला रोजा का प्रारम्भिक चार खेलहरू प्रतिव्यक्ति न्यूनतम ८ हजार ९५० डलरमा हेर्न पाउनेछन् ।
    तेस्रो र सबैभन्दा किफायती प्याकेज हो “फोर म्याच “ सिरिज । यसमा समर्थकहरूले अमेरिकाभर हुने चारवटा समूह चरणका खेलहरू हेर्न सक्नेछन् । यसको सुरुवाती मूल्य ५ हजार ३०० डलर बाट सुरु हुन्छ ।

    संयुक्त राज्य अमेरिका आगामी गर्मी याममा विश्वभरका फुटबल समर्थकहरूलाई स्वागत गर्न तयारी गर्दैछ । २०२६ को विश्वकपका सामान्य टिकटहरू यस वर्षको अन्त्यतिर बिक्रीमा आउने अपेक्षा गरिएको छ, तर तिनीहरूको सरल मूल्य कति हुन्छ भने अझै निश्चित भएको छैन ।

    टिकट र खेलको विस्तत जानकारीका लागि तलको लिंकमा गएर हेर्न सकिन्छ ।

    https://onlocationexp.com/news/fifa-announcement

     

    Post Views: 322
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार ०४:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.