• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारत -पाकिस्तानको लडाई भएको क्षेत्रहरुमा नेपालीको उद्दार गर्न आग्रह, सिमावासी विस्थापित

  •  
  • २०८२ बैशाख २७, शनिबार ०४:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारत पाकिस्तान लडाई शुरु भए पछि लडाई भईरहेको स्थानहरुमा रहेका नेपाली पेशाकमी वा विधार्थीहरुले नेपाल सरकासमक्ष उद्दार गर्न आग्रह गरेका छन । ती युद्धरत स्थानहरुबाट सजिलै विमानको सेवा पनि नलिम्बनमा परेका कारण भारत–पाकिस्तानको सीमा क्षेत्रका बासिन्दाहरु अत्तिएका छन । लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल लगायतका क्षेत्रमा उल्लेख्य नेपालीहरू रहेको बताइएको छ ।

    अझ धेरै अध्ययनका लागि गएका विद्यार्थीहरू पनि त्यहि क्षेत्रमा रहेका छन । उनिहरु आफ्नो ज्यानका सरुक्षााको माग गर्न थालेका छन । ती सबै विद्यार्थीहरू असुरक्षा महसुस गर्दै नेपाल फर्कने उपाय खोजिरहेका छन् । पढाइकै सिलसिलामा पाकिस्तानको लाहोरमा रहेका सयौ नेपाली विद्यार्थीले अब सुरक्षा खतरा रहेको भन्दै नेपाल फर्किन खोजेका छन ।

    १ सय भन्दा बढी नेपाली विद्यार्थीले दूतावासमा आफूहरू असुरक्षित महसुस गरिरहेको जानकारी गराएका छन् । भारत–पाकिस्तानबीच भइरहेको तनावग्रस्त क्षेत्रमा कति नेपाली विद्यार्थी छन् भन्ने यकिन तथ्यांक भने छैन ।

    पाकिस्तानस्थित नेपाली दूतावासकी सचिव वृन्दा सुवेदी खड्काका अनुसार, केही विद्यार्थीहरू सम्पर्कमा आएका छन् ।

    ‘विद्यार्थीहरू डर र त्रासमा हुनुहुन्छ । दूतावासबाट सहजीकरणको काम भइरहेको छ । नेपाल सरकार र विद्यार्थीसँग संवादमा छौँ,’ इस्लामावादस्थित नेपाली दूतावासबाट खड्काले अनलाइनखबरसँग भनिन् ।

    यता भारततर्फ रहेका विद्यार्थीहरूको पनि याचना यस्तै छ । उनीहरू पनि छिटोभन्दा छिटो नेपाल फर्कन चाहेको बताउँछन् ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् ।

    एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् ।

    भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ ।

    भारतको हिमाञ्चल प्रदेशको बड्डी जिल्लास्थित चित्कारा विश्वविद्यालयमा करिब ६० जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थी इन्जिनियरिङ अध्ययनको लागि त्यहाँ गएका हुन् ।

    नेपाल सरकारले भने दूतावासमार्फत विद्यार्थीहरूसँग समन्वय भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।

    ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

    मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे सम्पर्क गर्न सक्ने गरी दूतावासका कर्मचारीलाई जिम्मेवारी दिएको छ ।

    Post Views: 123
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार ०४:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.