• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको मध्यस्थतामा भारत–पाकिस्तानबीच युद्धविराम:युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

  •  
  • २०८२ बैशाख २७, शनिबार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।

    पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘युद्धविराम’का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।

    अमरिकाको मध्यस्थतामा रातभरि भएको कुराकानीबाट भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तयार भएको जानकारी गराउन पाउँदा प्रसन्न छु,’ उनले ट्रुथ सोसलमा लेखेका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आश्चर्यजनक घोषणा गर्दै वासिङ्टनको मध्यस्थतामा भएको वार्ता पछि युद्धविराम भएको बताएका छन् ।

    अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको ट्रम्पले शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।

    छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’

    दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।

    पाकिस्तानका विदेश मन्त्री इसाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्।

    युद्धविरामपछि भारत-प्रशासित कश्मीरका बासिन्दाले राहतको भावना व्यक्त गरेका छन्, र धेरैले कश्मीर विवादको स्थायी समाधानको लागि प्रार्थना गरेका छन्।

    Post Views: 113
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २०:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.