• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

५ मिलियन डलरको “गोल्ड कार्ड” लिन २ लाख ५० हजार आवेदन परेको खुलासा, चाँडो प्रक्रिया शुरु हुने

  •  
  • २०८२ बैशाख २९, सोमबार ०५:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वव्यापी रुपमा बदलिंदो आप्रवासन नीतिसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा घोषणा गरे बमोजिम धनीका लागि ५ मिलियन डलरको “गोल्ड कार्ड“ आप्रवासन भिसा योजना चाँडै लागू हुने भएको छ । सरकार हाल यसको “परीक्षण अबधिमा “ रहेकोले छिटै लागु हुने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनाव अभियानमा गैरकानुनी आप्रवासनलाई मुख्य मुद्दा बनाएर कार्यभार सम्हालेपछि ठूलो संख्यामा निष्कासन गर्ने आफ्नो वाचा पूरा गर्ने क्रममा व्यापक पक्राउ र डिपोटेसन चलिरहेको बेला धनी आप्रवासीलाई आकर्षण गर्ने प्रक्रिया शुरु हुने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना एयर फोर्स वनमा पत्रकारहरूसामु कार्डको अनावरण गरिरहेका छन । जसमा उनको अनुहार छापिएको थियो र जसलाई उनले “ट्रम्प कार्ड“ को उपाधि दिएका थिए । यो कार्यक्रम अमेरिकी आप्रवासन प्रणालीमा व्यापक परिवर्तनको हिस्सा भनेर प्रस्तुत गरिएको छ ।

    गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्ने प्रयाससँगै ट्रम्प प्रशासनले कानुनी आप्रवासनका केही बाटाहरू विस्तार वा खुकुलो गर्ने दिशामा पनि काम गरिरहेको बताइएको छ । सबैभन्दा चर्चित उदाहरण भनेको उच्च सीप भएका कामदारहरूका लागि प्रयोग हुने एच १ वी भिसालाई लिएर भइरहेको तीव्र बहस हो । त्यसमा “गोल्ड कार्ड“ भिसाको यो प्रस्ताव सम्भवतः धनाढ्य र सीपयुक्त व्यक्तिहरूलाई अमेरिका भित्र्याउने रणनीतिको हिस्सा हुन सक्छ ।

    राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको ५ मिलियनको “गोल्ड कार्ड“ भिसा योजना अहिले व्यापक ध्यानको केन्द्र बनेको छ, जसले परम्परागत ईबी–५ भिसालाई विस्थापित गर्ने लक्ष्य राखेको छ । यो नयाँ कार्यक्रम अन्तर्गत अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार, एक सातामै १ हजार गोल्ड कार्ड बिक्री भइसकेको छ, जसबाट ५ अर्ब संकलन गरिएको दाबी गरिएको छ ।

    एलन मस्कले गोल्ड कार्डका नयाँ पक्षहरू उल्लेख गर्दै यो कार्डका लागि सरकारी डोमेन वेबसाइट बनाइएको छ र डिजिटल पूर्वाधारद्वारा तयार गरिएको छ, साथै यो प्रणाली अमेरिकी आप्रवासन प्रक्रियामा पहिले नै एकीकृत भइसकेको बताइएको छ । राष्ट्रपति ट्रम्पले १ मिलियन कार्ड बेच्न चाहन्छन् । पूर्ण परीक्षणपछि राष्ट्रपतिबाट सार्वजनिक घोषणा सहित यसको सुरु हुने बताइएको छ । यो योजना अहिलेसम्म अनौपचारिक रूपमा अघि बढिरहेको भए पनि, यसले भविष्यमा अमेरिकी आप्रवासन नीतिमा ठूलो बदलाव ल्याउने दावी गरिएको छ ।

    अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यसअघि दाबी गरेका थिए कि यो नयाँ “ट्रम्प कार्ड“ कार्यक्रममा करिब २ लाख ५० हजार आवेदकहरू तयार भइसकेको दावी गरिएको छ । यो कार्डले धनी आप्रवासीहरूलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई विदेशी आम्दानीमा अमेरिकी करबाट छुट जस्ता विशेष लाभहरू पनि प्रदान गर्ने तयारी भइरहेको छ । यस कार्यक्रमले अमेरिकाभित्र अर्बौं डलरको लगानी ल्याउन सक्छ । “नगद र योग्यताको आधारमा आप्रवासन“ प्रणालीले अमेरिकी अर्थतन्त्रमा तात्कालिक लाभ दिन सक्छ ।

    उता आलोचकहरूले भने यसले धनी व्यक्तिहरूलाई प्राथमिकता दिँदै सीपयुक्त कामदारहरूलाई पाखा लगाउन सक्ने आशंका गरिएको छ । समानताको सिद्धान्त विपरीत जान सक्छ र आप्रवासनलाई “किनमेल योग्य“ सेवाजस्तै बनाउने चिन्ता व्यक्त भएको छ । यो कार्ड लिन चाहानेहरुका लागि विदेशी आम्दानीमा कर छुट दिइने बताइएको छ । कसैले यो कार्डको लागि ईच्छा जाहेर गर्दछ भने छिटो छरितो प्रक्रियाबाट उनिहरुको परिवारले एकै पटक फास्ट ट्याकबाट ग्रिनकार्ड लिएर अमेरिका आउने वातावरण निर्माण गरिनेछ । यस कार्डमा राष्ट्रपतिको ट्रम्पको अनुहारसहितको कार्ड हुनेछ ।

    ट्रम्प कार्डबारे अझै धेरै विवरण सार्वजनिक भएको छैन, तर यदि यो व्यापक रूपमा कार्यान्वयन गरियो भने, यसले अमेरिकी आप्रवासन नीतिमा संरचनात्मक परिवर्तन ल्याउनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ओवल अफिसमा यसबारे जानकारी दिंदै “यो नागरिकता प्राप्त गर्ने मार्ग हुनेछ, र धनी मानिसहरू यो कार्ड खरिद गरेर हाम्रो देशमा आउँनेछन् उनीहरू धनी हुनेछन्, सफल हुनेछन्, धेरै पैसा खर्च गर्नेछन्, र धेरै कर तिर्नेछन् ।“ राष्ट्रपति ट्रम्पको दृष्टिमा यो कार्यक्रम अमेरिकी कर प्रणालीमा योगदान गर्ने, लगानीद्वारा नागरिकता प्राप्त गराउने अवसर हो, जुन “उच्च वर्गीय आप्रवासन“ को प्रतीक हो ।

    यो कानुनद्धारा अधिकार प्राप्त बनाउनका लागि रिपव्लिकनले विधेयक तयार पार्ने प्रयासमा रहेको बताएका छन । यो कार्ड विश्वकै सबैभन्दा आकर्षक र महंगो हुनेछ । यो कार्य कहिलेबाट वितरण प्रक्रिया शुरु हुने भन्ने एकिन छैन । सबै प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।

    Post Views: 148
    प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार ०५:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.