विश्व परिवेशमा धनी राष्ट्रहरुले आप्रवासनको परिभाषा नै परिवर्तन गर्ने परिदृष्य शुरु भएको छ । अमेरिकाले विगत देखि नै व्यापार गर्नेहरुका लागि, विशेष क्षमता भएकाहरुका लागि भन्दै विविध कार्यक्रमबाट विश्वभरीबाट मानिस भित्र्याउने गर्दै आएको छ । त्यसको पछिल्लो संस्करण गोल्ड कार्डसम्म पुगेको छ । उता विश्वका विभिन्न राष्ट्रहरुले पनि यस्ता विशेष खालको आप्रवासनलाई आकषण गर्ने योजना ल्याएकै हुन्छन । पछिल्लो समय साउदी अरबले प्रिमियम रेसिडेन्सी भन्दै विविध पक्षहरुलाई समेटेर “साउदी ग्रीन कार्ड“ दिने योजना शुरु गरेको छ । साउदी अरेबियाले सन् २०१९ मा आफ्नो भिजन २०३० सुधार योजनाको भागको रूपमा सुरु गरेको एक विशेष बसोबास कार्यक्रम हो । यसको उद्देश्य देशको गैर तेल आधारित अर्थतन्त्र विकास गर्न विदेशी लगानीकर्ता, सीपयुक्त पेशेवर र उद्यमीहरूलाई आकर्षित गर्नु रहेको छ ।

के हो साउदी प्रिमियम रेसिडेन्सी ?
यो एक विशेष भिसा हो जसले विदेशी नागरिकहरूलाई साउदी अरेबियामा प्रायोजक (कफाला प्रणाली) बिना बस्न, काम गर्न, र सम्पत्ति स्वामित्व गर्न अनुमति दिन्छ । सामान्य बसोबास अनुमति पत्रहरू जस्तो होइन, यो अधिक स्वतन्त्रता र अधिकार प्रदान गर्दछ ।
यसका लागि मुख्य लाभहरूमा स्वतन्त्र रूपमा बस्न र काम गर्न सक्ने अधिकार, साउदी अरेबियामा जग्गा÷सम्पत्ति किन्न र स्वामित्व राख्न सकिने, व्यवसाय सुरु गर्न र व्यवस्थापन गर्न सकिने, परिवारका सदस्य र घरेलु कामदारहरूलाई प्रायोजन गर्न सकिने, परिवारका सदस्यहरूका लागि पनि प्रिमियम रेसिडेन्सीका लागि आवेदन दिन सकिने, अन्तर्राष्ट्रिय पैसा स्थानान्तरण गर्दा कुनै शुल्क नलाग्ने, आफ्ना आफन्तहरूलाई आमन्त्रण र होस्ट गर्न सकिने, भीसा बिना आवागमन (इन्ट्री÷एक्जिट) गर्न सकिने, सार्वजनिक स्वास्थ्य सेवा र शिक्षामा पहुँच, काममा स्वतन्त्रता—कुनै नियोक्ता सिमा नलाग्ने, सवारी साधन खरिद र दर्ता गर्न सकिने अधिकार लगायत अधिकारसहित कार्य पाउने छ ।
साउदी प्रिमियम रेसिडेन्सी कार्यक्रमले धनी वा सीपयुक्त विदेशीहरूलाई दीर्घकालीन रूपमा साउदी अरेबियामा बस्न र अर्थतन्त्रमा योगदान गर्न प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ । जुन गोल्ड कार्ड भिसा वा ईबी–५ जस्ता अन्य देशका कार्यक्रमहरूसँग मिल्दोजुल्दो छ ।
साउदी प्रिमियम रेसिडेन्सी, जसलाई प्रायः “साउदी ग्रीन कार्ड“ भनेर चिनिन्छ, विदेशी नागरिकहरूका लागि दीर्घकालीन बसोबासका विस्तारित अधिकार र अवसरहरू प्रदान गर्ने एक विशेष कार्यक्रम हो । यसले स्थानीय प्रायोजकको आवश्यकता बिना नै अधिक स्वतन्त्रता, सम्पत्ति स्वामित्व, र लगानीको सम्भावनाहरू उपलब्ध गराउँछ ।
यो कार्यक्रम २०१९ मा भिजन २०३० सुधार योजना अन्तर्गत सुरु गरिएको हो, जसको उद्देश्य दक्ष पेशेवरहरू, लगानीकर्ता, र उद्यमीहरूलाई आकर्षित गरी साउदी अरेबियाको गैर–तेल आधारित अर्थतन्त्र विकासमा योगदान पु¥याउनु हो ।
यसका लागि केहि योग्यता र मापदण्ड पनि तोकिएको छ । साउदीमा त्यसरी बस्न चाहानेले कम्तीमा २१ वर्ष उमेर हुनुपर्ने, कम्तीमा ६ महिना म्याद भएको मान्य राहदानी, आपराधिक रेकर्ड नभएको, स्वास्थ्य परीक्षण पास गरी राम्रो स्वास्थ्य स्थिति रहेका, आफू र आफ्ना आश्रितहरूलाई समर्थन गर्न पर्याप्त आर्थिक स्रोतको प्रमाण पेश गर्नुपर्नेछ ।
त्यसका लागि दुई प्रकारका प्रिमियम रेसिडेन्सी विकल्पहरू छन जसमा असीमित अवधि रेसिडेन्सीका लागि एकपटक तिर्ने शुल्कः १० लाख नेपाली रुपिया लाग्नेछ । यसमा आजीवन मान्यता र वार्षिक नवीकरण हुने रेसिडेन्सी रहेका छन । वार्षिक शुल्कएक लाख रुपिया नविकरण लाग्न्ेछ । त्यसका लागि आवेदन दिएको सामान्यतया ३० देखि ९० दिन भित्र निर्णय आउँनेछ ।
त्यसका लागि विदेशी लगानीकर्ता र उद्यमीहरू, दक्ष पेशेवरहरू जस्तैः चिकित्सक, इन्जिनियर, आईटी विशेषज्ञ, धेरै सम्पत्तिका मालिकहरु, खेलकुद, कला वा शिक्षा क्षेत्रमा उपलब्धिपूर्ण व्यक्तिहरु, स्थिर आम्दानी भएका सेवानिवृत्त विदेशी नागरिकहरूलाई आकर्षण गरिएको छ ।
नयाँ प्रिमियम रेसिडेन्सी श्रेणीहरू
साउदी अरेबियाले २०२४ को सुरुवातमा पाँच विशेष प्रकारका प्रिमियम रेसिडेन्सी श्रेणीहरू थपेको छ, जसले विशेष प्रतिभा र रणनीतिक लगानीलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । जसमा विशेष प्रतिभा रेसिडेन्सीमा लक्षित समूहहरुमा स्वास्थ्य सेवा, विज्ञान, प्रविधि, अनुसन्धान जस्ता मुख्य क्षेत्रका अत्यधिक योग्य पेशेवरहरू, साथै वरिष्ठ कार्यकारीहरू रहेका छन । त्यस्ता कार्डहरुको उद्देश्यहरुमा साउदी अरेबियाको ज्ञानमा आधारित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न र जीवन्त उद्योगहरूमा विशेषज्ञता वृद्धि गर्न उच्च स्तरको प्रतिभा भित्र्याउने रहेको छ ।
प्रतिभावान रेसिडेन्सी
यसमा कलाकारहरू, सर्जकहरू, र खेलाडीहरू, जसले सांस्कृतिक, कलात्मक वा खेलकुद क्षेत्रमा विशेष योगदान दिएका छन् वा मान्यता पाएकाहरु पर्दछन । यसको उदेश्यमा साउदी अरेबियाको सांस्कृतिक, रचनात्मक उद्योगहरू र खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने रहेको छ ।
त्यसमा योग्यता पुग्न स्थानीय वा अन्तर्राष्ट्रिय रूपमा पुरस्कार प्राप्त प्रतिभावान व्यक्तिहरूका लागि खुला, संस्कृति मन्त्रालय वा खेल मन्त्रालयबाट सिफारिस आवश्यक हुन सक्छ । यो कार्ड ५ वर्षको नवीकरणयोग्य रेसिडेन्सी हुनेछ । संगीतकार, फिल्म निर्माता, चित्रकार, लेखक, र व्यावसायिक खेलाडीहरूका लागि उपयुक्त हुनेछ ।
लगानीकर्ता रेसिडेन्सी
यसमा लक्षित समूहमा साउदी अरेबियाको तीव्र गतिमा बढ्दो अर्थतन्त्रमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ताहरूलाई आकर्सित गरिएको छ । जसले अन्तर्राष्ट्रिय पूँजी आकर्षण, व्यवसाय विकास प्रवद्र्धन, र आर्थिक विविधीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।
न्यूनतम लगानीको लागि साउदी नियमन अनुसार आर्थिक स्थायित्वको प्रमाण र लगानी गतिविधिको कागजातहरू पेश गर्नुपर्ने, साउदी प्रायोजक बिना व्यवसाय स्थापना, स्वामित्व, र व्यवस्थापन गर्ने अधिकार, लगानीको निरन्तरता र मूल्यका आधारमा ५ वर्षको नवीकरणयोग्य अनुमति दिने रहेका छन ।
उद्यमशीलता रेसिडेन्सी
यो लक्षित समूहमा नवप्रवर्तनशील स्टार्टअप वा दिगो रूपमा वृद्धि गर्न सक्ने कम्पनीका संस्थापकहरूलाई अकर्षण गरिएको छ । यसको उद्देश्यमा उद्यमशीलता प्रवद्र्धन, रोजगार सृजना, र भिजन २०३० अन्तर्गतका क्षेत्रहरू जस्तैः प्रविधि, हरित ऊर्जा, पर्यटन) मा नवप्रवर्तनलाई प्रोत्साहन दिने रहेका छन ।
आवेदकले व्यावहारिक व्यवसाय योजना पेश गर्नुपर्ने वा मान्यता प्राप्त स्टार्टअप सहभागिताको प्रमाण दिनुपर्नेछ । रोजगार सृजनाको लक्ष्य वा भेन्चर क्यापिटलबाट प्राप्त लगानीको प्रमाण आवश्यक पर्न सक्छ, ५ वर्षको नवीकरणयोग्य अनुमति, जसको नवीकरण व्यवसायको प्रदर्शन र वृद्धिमा आधारित हुन्छ ।
माथीका यी यस्ता नियम र आकर्षण गर्ने देशहरुले एक पछि अर्को योजना सार्वजनिक गर्दा निमुखा र गरिब देशहरु झन गरिब हुने देखिन्छ । अबको विश्व यस्तो देखिंदै छ की धनी र बिशेष क्षमता भएकाहरु सबै एकातिर हुने र गरिब र क्षमता नभएकाहरुका लागि गरिब देशले व्यहोर्नु पर्ने दिन आउने देखिंदै छ ।



