• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र चीनबीच व्यापार सम्झौता

  •  
  • २०८२ बैशाख २९, सोमबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौतापछि अमेरिकी अधिकारीहरुले महत्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुसी व्यक्त गरेका छन् । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन्, ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतमा महत्वपूर्ण प्रगति हासिल गरेका छन् ।’

    यो सम्झौताको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि गराइसकिएको पनि उनले बताए । सम्झौताको विस्तृत विवरण पछि सार्वजनिक गरिने पनि उनले बताए । अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । ‘यसले हामीबीच त्यति ठूलो मतभेद थिएन जति ठूलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।

    बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ । हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए । जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे ।

    ह्वाईट हाउसको वेव साईटमा उल्लेख गरिएको विज्ञप्ति जस्ताको तस्तै ः

    “म खुशी साथ भन्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र चीनबीचको अत्यन्त महत्वपूर्ण व्यापार वार्तामा हामीले उल्लेखनीय प्रगति गरेका छौं। सबैभन्दा पहिले, म हाम्रा स्विस होस्टलाई धन्यवाद दिन चाहन्छु। स्विस सरकारले हामीलाई यो अद्भुत स्थान प्रदान गरेर धेरै दयालु व्यवहार देखाएको छ, र मलाई लाग्छ यसले हामीले देखेको उच्च उत्पादकता ल्याउन सहयोग ग¥यो। हामी भोलि विस्तृत जानकारी दिनेछौं, तर म भन्न सक्छु कि वार्ता फलदायी रह्यो। हामीसँग उपप्रधानमन्त्री, दुई उपमन्त्रीहरू थिए, जसले प्रत्यक्ष रूपमा भाग लिएका थिए, राजदूत जेमिसन र म स्वयं पनि त्यहाँ थियौं। हिजो राति म र राजदूत जेमिसन दुवैले राष्ट्रपति ट्रम्पसँग कुरा गरेका थियौं, र उनी पूर्ण रूपमा जानकार छन् कि के भइरहेको छ। त्यसैले भोलि बिहान पूर्ण ब्रीफिङ हुनेछ।

    संयुक्त राज्य व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रियरले भनेः “जसरी सचिवले उल्लेख गर्नुभयो, यी दुई दिन अत्यन्तै रचनात्मक रहे। यो बुझ्न महत्वपूर्ण छ कि हामी कति चाँडो सहमति प्राप्त गर्न सफल भयौं, जसले देखाउँछ कि सायदै मतभेद त्यति ठूलो थिएन जति पहिले सोचिएको थियो। यति हुँदाहुँदै पनि, यी दुई दिनका लागि धेरै तयारी गरिएको थियो। याद गर्नुहोस् हामी यहाँ किन आएका छौं — संयुक्त राज्य अमेरिकाको ४१.२ ट्रिलियनको ठूलो व्यापार घाटा छ, त्यसैले राष्ट्रपतिले राष्ट्रिय आपतकाल घोषणा गर्नुभयो र शुल्क लागू गर्नुभयो, र हामी विश्वस्त छौं कि हामीले चिनियाँ साझेदारहरूसँग गरेको सम्झौताले त्यो राष्ट्रिय आपतकाल समाधान गर्नतर्फ हामीलाई मद्दत पु¥याउनेछ।“

    Post Views: 161
    प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार ०७:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    ईरान अमेरिका सहमतिका १४ बुँदा
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. ईरान अमेरिका सहमतिका १४ बुँदा

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.