• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुस- युक्रेन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने !

  •  
  • २०८२ बैशाख ३०, मंगलवार ०५:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारत र पाकिस्तानबीच युद्धविरामको खबरले वैश्विक राजनीतिक मञ्चमा चर्चा भइरहँदा अर्को युद्ध पनि रोकिने संघारमा रहेको छ । रुस र युक्रेनका राष्ट्रपतिका भनाइलाई आधार मान्ने हो भने दुई देशबीच छिट्टै नै शान्ति वार्ता हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको करिब ३ वर्षे लामो संघर्ष रोकिने आशा गरिएको छ । राष्ट्रपति पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका छन् । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले युक्रेन संकटमा शान्तिपूर्ण समाधान चाहेको बताएका छन् । अर्को महत्वपुर्ण कुरा सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने संभावना रहेको बताईन्छ । यसै पनि अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इस्तानबुलको वार्ता उपयोगी हुन सक्ने र आफू बिहीबार क्षेत्रमा रहँदा त्यसमा सहभागी हुन सक्ने बताए। उनको यो साता साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतार भ्रमणको तालिका छ।

    युक्रेन, फ्रान्स, जर्मनी, पोल्यान्ड र बेलायतले ३० दिने युद्धविरामको आह्वान गरेपछि पुटिनको प्रस्ताव आएको हो । यी मुलुकका नेताहरूले किभमा वार्ता गरेर युद्धिविरामको आह्वान गरेका थिए । युद्धविरामका लागि प्रस्ताव नमाने मस्कोमाथि प्रतिबन्ध बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि पुटिनको प्रस्ताव आएको अलजजिराले उल्लेख गरेको छ । यद्यपि पुटिनले भने उक्त प्रस्ताव अस्वीकार गरेका थिए । उनले युरोपेली ुअल्टिमेटमु र ुरुसविरोधी बयानबाजीु को आलोचना गरेका थिए । नयाँ ढंगले वार्ताका लागि भन्दै उनले प्रस्ताव अघि सारेका हुन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी प्रस्तावको स्वागत गरेका छन् । उनले भनेका छन्, ‘पूरा विश्व यही दिनका लागि लामो समयदेखि प्रतीक्षारत थियो ।’ राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एक दिन पनि मान्छे मारिरहनुको कुनै अर्थ छैन । रुसका तर्फबाट भोलिबाटै(मे १२) पूर्ण रूपमा भरपर्दो र विश्वसनीय तरिकाको युद्धविराम हामी चाहन्छौँ । युक्रेन वार्ताका लागि तयार छ ।’

    सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसको एक हप्तापछि दुई देशबीच इस्तानबुलमा वार्ता भए पनि युद्ध रोक्न सहमत भएका थिएनन् । रोयटर्सका अनुसार पछिल्लो ३ वर्षमा रुस-युक्रेन युद्धमा हजारौँ सेना र सर्वसाधारण मारिएका छन् ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार ०५:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.