• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र साउदी अरेबियाबीच “इतिहासकै सबैभन्दा ठूलो १ सय ४२ अर्ब डलरको हतियार सम्झौता ”

  •  
  • २०८२ जेष्ठ १, बुधबार ०४:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिका र साउदी अरेबियाले १४२ अर्ब डलरको हतियार सम्झौतामा हस्ताक्षर गरेका छन् । जसलाई ह्वाइट हाउसले “इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता” भनेर वर्णन गरेको छ । यो सम्झौता डोनाल्ड ट्रम्पको खाडी राष्ट्रहरूको चार दिने कूटनीतिक भ्रमणको पहिलो चरणमा भएको हो ।
    यो भ्रमण व्यापारिक हितहरूमा केन्द्रित थियो र ट्रम्प प्रशासनका लागि छिटो उपलब्धिहरू सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको थियो । साउदी क्राउन प्रिन्स मोहम्मदले ट्रम्पसँगको लञ्चको दौरान अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने वाचा गरे, जसमा २० अर्ब डलरको कृत्रिम बौद्धिकता एआई डेटा केन्द्रहरू, १४.२ अर्ब डलरको ग्यास टर्बाइन र अन्य ऊर्जा उपकरण खरिद, करिब ५ अर्ब डलरको बोइङ ७३७–८ विमान, र अन्य सम्झौताहरू समावेश थिए ।
    ह्वाइट हाउसले हतियार सम्झौतालाई “इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता” भनेको छ र यो सम्झौतामा दर्जनभन्दा बढी अमेरिकी रक्षा कम्पनीहरूले हतियार, उपकरण तथा सेवा बिक्री गर्ने योजना समावेश छ । जसमा हवाई शक्ति विकास, अन्तरिक्ष प्रविधि, हवाई र क्षेप्यास्त्र सुरक्षा, र सीमा तथा समुद्री सुरक्षाका क्षेत्रहरू पर्दछन् ।
    राष्टपति ट्रम्प रियाध पुग्दा शाही गार्डद्वारा स्वागत गरिएको थियो । जब ट्रम्पको एयर फोर्स वन विमान रियाध आइपुग्यो, उनलाई शाही साउदी वायु सेनाका १५ लडाकु विमानहरूले साथ दिएका थिए । त्यसपछि ट्रम्पले अल यमामा दरबारको एक भव्य कक्षमा साउदी राजा सलमानसँग बसेर भेट गरे । जहाँ अमेरिकी, साउदी र विश्वका प्रमुख व्यवसायिक व्यक्तित्वहरू पनि सहभागी थिए । सहभागीहरूमध्ये एलन मस्क, कृत्रिम बौद्धिकता क्षेत्रमा प्रभावशाली व्यक्ति स्याम अल्टम्यान, र विश्व चर्चित कम्पनीका प्रमुख कार्यकारीहरू थिए ।
    जब साउदी राजा सलमानले अमेरिकाको अर्थतन्त्रमा ६०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाए, ट्रम्प मुस्कुराए र मजाक गर्दै भने, “यो त १ ट्रिलियन डलर हुनुपथ्र्यो ।” यो भ्रमण ट्रम्पको “अमेरिका फस्र्ट” नीतिमा आधारित मध्यपूर्वको राजनीति पुनःसंरचनाको हिस्सा हो, जसले वैदेशिक गठबन्धन र अन्तर्राष्ट्रिय कानुनभन्दा अमेरिकी घरेलु आर्थिक तथा सुरक्षालाई प्राथमिकता दिन्छ ।
    कतारको शाही परिवारले प्रस्ताव गरेको विलासी बोइङ ७४७–८ जम्बो जेटको उपहार हो । ह्वाइट हाउसले भनेको छ कि यो विमान राष्ट्रपतिको विमानका रूपमा रूपान्तरण गर्न सकिन्छ र ट्रम्पले पद त्याग गरेपछि उनको राष्ट्रपतीय पुस्तकालयलाई उपहार दिन सकिन्छ । यो कुनै पनि राष्ट्रपतिलाई विदेशी सरकारले दिएको सबैभन्दा मूल्यवान उपहार हुनेछ । राष्ट्रपति ट्रम्प त्यसपछि कतार जाने कार्यक्रम छ । क्षेत्रका उनका वार्ताहरू ठूला लगानी सम्झौताले भरिएका छन्, र त्यही रणनीति सिरियासँगको अमेरिकी नीतिमा भएको परिवर्तनमा पनि देखिएको छ ।
    यो भ्रमण अर्कोतर्फ असाधारण छ, किनभने ट्रम्पले मध्यपूर्वको आफ्नै सबभन्दा नजिकको सहयोगी देश इसरायलको भ्रमण नगर्ने निर्णय गरेका छन् । यसको कारण गाजाको युद्ध र इसरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँगको उनको तनावपूर्ण सम्बन्ध हो । ट्रम्पको भ्रमणपूर्व हमासले अन्तिम अमेरिकी बन्धक एडन अलेक्ज्याण्डरलाई मुक्त गरेको थियो, जसको उद्देश्य ट्रम्पमाथि नेतन्याहूमाथि युद्ध अन्त्यको लागि दबाब दिन प्रेरित गर्नु थियो ।

    Post Views: 232
    प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार ०४:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.