• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका जाँदै गरेका नेपालीसहित ८१ जना पानमाबाट डिर्पोट: पानमा हुँदै अमेरिका जानेको संख्यामा भारी गिरावट

  •  
  • २०८२ जेष्ठ १, बुधबार ०८:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका जान हिडेका २० जना नेपाली पानामाबाट नेपाल फर्काइएको छ । मे ६ तारिकका दिन २० जना नेपालीसहित क्यामरून, भारत, बंगलादेश, भियतनाम र श्रीलङ्काकाका ८१ जनालाई ति देशहरुमा फर्काइएको पानमास्थित अमेरिकी दुतावासको विज्ञप्तिमा उल्लेख छ । दुतावासले एक चार्टर्ड उडानमार्फत पनामाबाट क्यामरून, नेपाल, भारत, बंगलादेश, भियतनाम र श्रीलङ्काकाका ८१ जना अवैध आप्रवासीहरूलाई उनीहरूको मातृदेशमा फर्काइएको छ भनिएको छ ।

    मोटो रकम तिरेर अमेरिका जाने लोभमा विना भिषा पानमा पुगेपछि त्यहाँको सरकारले पक्राउ गरी डिर्पोट गरेको हो । अबैध रुपमा अमेरिका जाने मुख्य प्रबेशद्धार मानिने पानमासंग अमेरिकी सरकारले गरेको दुई पक्षिय संझौता अनुसार पानमा सरकारले पानमामा भेटिने सबै अबैध आप्रवासी पक्राउ गरी डिर्पोट गर्न थालेको हो । जो पक्राउ परेका थिए उनिहरुलाई पानामाको अध्यागमन कानून उल्लङ्घन गरी भिसा बिना प्रवेश गरेको आरोपमा पक्राउ गरि क्यामरुन, केन्या र भारत हुँदै नेपाल फर्काइएको नेपाल अध्यागमनले पुष्टि गरेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार १४ जनासँग राहदानी उपलब्ध रहेको र अन्य ६ जनालाई नेपाली दूतावास वासिंटनले यात्रा अनुमति बनाएर डिर्पोट गरिएको खुलेको छ ।

    अमेरिका र पनामाले पानमा हुँदै अवैध आप्रवासन व्यवस्थापनसम्बन्धी यो संझौता गरी हालसम्म ४८ वटा चार्टर्ड उडान र २० वटा व्यावसायिक उडानबाट डिर्पोट गरिसकेको बताएको छ । जसले कोलम्बिया, इक्वेडर, भारत लगायतका विभिन्न देशहरूलाई समेटेको छ । त्यसरी पानमा सरकारले गरिएको डिर्पोटबापतको रकम अमेरिकी सरकारले बेहोर्नेगरी दुई देशबीच सहमति भएपछि आजकाल पानमा हुँदै अमेरिका जानेहरु निकै कम हुन थालेको बताइएको छ ।

    यस सम्झौताको माध्यमबाट अमेरिकाले पनामामा वैधानिक बसाइको आधार नभएका आप्रवासीहरूलाई निष्कासन वा देशनिकाला गर्न पनामाली सरकारले करिब १४ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त गरिरहेको अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दुतावासले यो कार्यक्रम निकै सफल रहेको बताइएको छ, जसले डारिएन जङ्गल हुँदै हुने अवैध आप्रवासनमा ९९% गिरावट ल्याएको छ । सन् २०२४ जुलाई १ मा पनामाली सरकारसँग हस्ताक्षर गरिएको यस संझौताले पनामा रहन वैध आधार नभएका विदेशी नागरिकहरूलाई लक्षित गरी, पनामाली कानुनअनुसार देशनिकाला तथा निष्कासन उडानहरूको लागि पाइलट कार्यक्रम सुरु गरेको हो ।

    यस कार्यक्रममा अमेरिकी सरकारले निर्वासित व्यक्तिहरूको हवाई भाडा, सुरक्षा कर्मचारीहरू, दोभाषेहरू तथा अन्य सम्बन्धित खर्चहरू बेहोर्ने व्यवस्था गरेको छ । पहिलो उडान अगस्ट २०, २०२४ मा भएको थियो भने, अहिलेसम्मको पछिल्लो उडान मे ६, २०२५ मा सम्पन्न भएको छ । २० जना नेपाली त्यहि दिनको डिर्पोर्टमा परेका हुन । हालसम्म, १९ सय ६९ जना अवैध आप्रवासीहरू यस कार्यक्रममार्फत देशनिकाला भइसकेका उल्ल्ेख छ ।

    पानामा, विशेष गरी डारीन ग्याप, जो कोलम्बिया र पानामाबीचको घना र खतरनाक जंगल क्षेत्र हो, अहिले अवैध आप्रवासीहरूको प्रमुख स्थलमार्ग बनेको छ जसले अमेरिका पुग्नको लागि यात्रा गर्छ । हाल त्यो बाटोबाट अमेरिका जानेहरुमा उच्च गिरावट आएको हो । भेनेजुएला, हैटी, नेपाल, भारत, बांगलादेश, क्यामरुन लगायतका देशहरूका आप्रवासीहरूले दक्षिण अमेरिकाबाट यात्रा सुरु गरेर डारीन ग्याप पार गर्ने गरेको बताईन्छ । त्यसपछि कोस्टारिका, निकारागुवा, होंडुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिकी दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने गर्दछन । अमेरिकाले त्यसरी अमेरिका अबैध आउने दशहरुसंग सहमति गर्दै अबैध रुपमा अमेरिका प्रबेशमा रोक्ने र फर्काउने गर्दै आएको हो ।

    यो बाटो संसारकै खतरा मानिन्छ । प्रत्येक वर्ष लाखौं आप्रवासीहरूले यो मार्ग प्रयोग गर्छन्, जसले पानामालाई अवैध आप्रवासनको मुख्य चोक पोइन्ट बनाइदिएको छ । पानामाबाट २०२३ मा ५ लाख २० हजारभन्दा बढी आप्रवासीहरूले डारिएन ग्यापको खतरनाक ६० माइलको यात्रा पार गरेको तथ्यांक छ । जुन अघिल्लो वर्षहरूको तुलनामा निकै बढी हो । तर, २०२४ मा डारिएन ग्यापको यात्रा गर्ने संख्या घटेर करिब ३ लाख २ हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१% को गिरावट हो । यो गिरावट पानामाको कडा नियन्त्रण र डारिएन क्षेत्रमा केही मार्गहरूको रोकावट र अमेरिकी सरकारको सहयोगमा अबैध आप्रवासी पक्राउ गर्दै डिर्पोट गर्न थालेपछिको परिणाम हो । त्यसको बावजूद पनि डारिएन ग्याप अझै पनि एक प्रमुख आप्रवासी मार्गको रूपमा रहेको छ, जहाँ आप्रवासीहरू अमेरिकामा पुग्नको लागि खतरनाक यात्रा गर्न जोखिम लिइरहेका छन् ।

    Post Views: 144
    प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार ०८:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.