• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सगरमाथा संवाद : हिमाल बचाउने सन्देशसहित २५ बुँदे आह्वान पत्र जारी

  •  
  • २०८२ जेष्ठ ६, सोमबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हिमालयदेखि टापु राष्ट्रसम्मले सामना गरिरहेका जलवायु परिवर्तनको चुनौतीसँग जुध्न २५ बुँदे आह्वान पत्र जारी गर्दै काठमाडौमा भएको ‘सगरमाथा संवाद २०२५’ आइतबार सकिएको छ । नेपाल सरकारले गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनले दस्ताबेजका रूपमा ‘सगरमाथा कार्यका लागि आह्वान’ (सगरमाथा कल फर एक्सन) जारी गरेको हो ।

    आह्वान पत्रमा हिमालदेखि समथर भूभागसम्म जलवायु परिवर्तनले पारेको प्रभावप्रति सचेत रही जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने कार्य समेटिएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ मुख्य विषय रहेको सम्मेलनका दर्जनभन्दा बढी सत्रमा १२ देशका मन्त्रीस्तरीय प्रतिनिधि, १५० भन्दा बढी विदेशी पाहुना र ६१ वटा विकास साझेदार तथा संघसंस्थाका प्रतिनिधिबीच बृहत् छलफल भएको थियो ।

    विशेषगरी जलवायुको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधनका उपाय खोज्ने, जलवायु न्याय तथा मानवताको भविष्यका लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउनेलगायत एजेन्डामा सम्मेलन केन्द्रित रहेको थियो ।

    पहाडी क्षेत्रको दिगो विकास तथा जलवायु कार्यका लागि लक्षित वित्त परिचालन गर्न पहाडी देशका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने, विकासोन्मुख र जलवायु परिवर्तन संवेदनशील देशका लागि द्विपक्षीय, बहुपक्षीय तथा वैकल्पिक स्रोतबाट जलवायु वित्त पहुँच सुनिश्चित गर्नुपर्ने, अनुदान तथा सहुलियतपूर्ण वित्तीय साधनमार्फत अन्तर्राष्ट्रिय आर्थिक समर्थन प्रवाह र परिचालन वृद्धि गर्न पनि आह्वान गरिएको छ ।

    औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वको औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने कार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको समेत पत्रमा उल्लेख छ । भनिएको छ, ‘सबै देशले कार्बन उत्सर्जन घटाउने लक्ष्य तय गर्नुपर्ने, विकासोन्मुख देशका लागि उचित, समावेशी र प्रमाणमा आधारित समाधान सुनिश्चित गर्दै जलवायु न्यायका कामलाई जोड दिन्छौं ।’

    बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतको सक्रिय सहभागिताका लागि समावेशी जलवायु कार्यलाई प्रोत्साहन गरिने पनि पत्रमा उल्लेख छ । हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहुपक्षीय अन्तर्राष्ट्रिय प्लेटफर्म स्थापना, विज्ञान, प्रविधि र नवप्रवर्तनका उपयोग तथा समाधान गर्न पनि नेपालले आह्वान पत्रमार्फत सिफारिस गरेको छ ।

    आह्वान पत्र सार्वजनिक गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमार्फत नेपालले विश्वजगत्लाई हिमाल बचाउनुपर्ने सन्देश दिएको बताइन् । ‘संवादमार्फत जलवायु परिवर्तनले गर्दा हिमालमा बढ्दै गरेको जोखिम विश्वसामु प्रस्तुत भएको छ’, परराष्ट्रमन्त्री राणाले सम्मेलनको समापनमा भनिन् । सगरमाथा संवादका सहभागीहरू जलवायु परिवर्तनको जोखिमप्रति सचेत रही मानव भविष्यलाई सुरक्षित गर्नुपर्ने विषयमा सहमत भएको समेत उनले बताइन् ।

    प्रशान्त महासागरमा रहेको टापु राष्ट्र तुभालुलाई प्रतिनिधित्व गर्दै आएका अन्तर्राष्ट्रिय वातावरण कानुन तथा मानवअधिकार नीति विज्ञ इयान फ्राईले सगरमाथा संवादमार्फत जलवायु परिवर्तन र त्यसको चुनौती सम्बन्धमा स्पष्ट सन्देश दिएको भन्दै नेपालको प्रशंसासमेत गरे ।

    नेपालले जारी गरेको आह्वान पत्रसँग सबैको सहमति रहेको उनले बताए । ‘म सानो टापु राष्ट्रको प्रतिनिधिका रूपमा नेपाल आएको हुँ, त्यसैले यो स्पष्ट छ कि हामी पग्लिँदै गरेको हिमनदी र बढ्दै गरेको समुद्री सतहसँगको विषयमा जोडिन्छौं,’ उनले भने, ‘त्यसैले हामी सहकार्य गर्न सक्छौं, किनभने हिमालमा जे भइरहेको छ, त्यसले हामीलाई असर पार्छ ।’

    सहकार्य विकास गर्न तथा जलवायु परिवर्तनले पारेको असर पहिचान गर्न यो संवाद महत्त्वपूर्ण भएको इयान फ्राईको भनाइ छ । ‘हामीले आफ्नो आवाज राख्न पर्वतीयदेखि टापु राष्ट्रसम्मको समूह चाहिएको छ,’ उनले भने, ‘सामूहिक आवाज राख्न, लबिइङ गर्न, जलवायु परिवर्तनसँग सम्बन्धित भेलामा एउटै आवाज बनाउन हामी सक्छौं ।’

    परराष्ट्र सचिव अमृतबहादुर राईले आह्वान पत्रलाई अन्तर्राष्ट्रिय मञ्च र समुदायमा पुर्‍याइने बताए । ‘नेपालको सौम्य जलवायु कूटनीति यतिमा मात्र सीमित रहँदैन,’ उनले भने, ‘यसलाई ताजकिस्तानमा हुने ग्लेसियर्स प्रिजर्भेसन कन्फरेन्स इन, संयुक्त राष्ट्रसंघ, कोप–३०, क्षेत्रीय साझेदारी फोरमदेखि अन्तर्राष्टिय समुदाय र नागरिकसम्म लगिनेछ ।’ आह्वान पत्रमा उल्लेख भएका विषय कार्यान्वयनका लागि नीति र कार्ययोजना अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

    युथ अलायन्स फर इन्भाइरोमेन्टकी कार्यक्रम संयोजक अञ्जु पोखरेलले जलवायु परिवर्तनले बालबालिका, युवा र पिछडिएका समुदाय तथा बासिन्दाका साथै फरक क्षमता भएकालाई असर पारिरहेको बताइन् । ‘यस संवादले यी विषयलाई सम्बोधन गर्न खोजेको छ, यो निकै महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘तर यति मात्र पर्याप्त नहुन सक्छ ।’

    जलवायु तथा वातावरण विज्ञ सनोत अधिकारीले नेपालले हिन्दुकुश हिमालय क्षेत्र र अन्य पर्वतीय क्षेत्रले जलवायु परिवर्तनका कारण भोगिरहेका विषयमा छलफल भएको र त्यसैका आधारमा आह्वान पत्र आएको बताए । ‘मूलभूत रूपमा नेपालले उठाउन खोजेका एजेन्डा समावेश भएको छ,’ उनले भने, ‘सहभागी सबै राष्ट्रले समेत साझा धारणा बनाउनुभएको छ ।’

    Post Views: 182
    प्रकाशित मिति: २०८२ जेष्ठ ६, सोमबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.