• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्युयोर्क सक्रिय

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्युयोर्कले सक्रियता बढाएको छ । महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीहरुसँग शुक्रबार न्युयोर्कमा अन्तर्क्रिया कार्यक्रम गरी अमेरिकीहरुका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दाबी गर्दै पर्यटन व्यवसायीहरुलाई आफ्नो सञ्जालमा जोड्न आग्रह गरेको छ ।

    कार्यक्रममा दूतावासका महावाणिज्य दूत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै हिमाल अवलोकन एवं आरोहण, कला–संस्कृति, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक विरासत, जंगल सफारी एवं आध्यात्मिकताका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै हरेक मौसम पर्यटकका लागि अनुकुल रहेको बताए ।

    अमेरिकी पर्यटक नेपालका लागि दोस्रो ठूलो स्रोत भएको भन्दै महावाणिज्य दूत भण्डारीले अमेरिकी बजारको प्रभावले विश्व पर्यटन क्षेत्रमा प्रभाव पार्ने भन्दै त्यसका लागि सहयोग गर्न स्थानीय पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।

    अमेरिकी पर्यटकहरुको औसत बसाइ बढी हुने र त्यसमा पनि औसत दैनिक एक सय डलर खर्च गर्ने हुनाले पनि त्यसले नेपालको पर्यटन व्यवसायमा ठूलो प्रभाव पार्ने उनको भनाइ थियो । औसतमा अन्य देशका पर्यटकहरुले बढिमा दैनिक ४० डलर खर्च गर्ने सरकारी तथ्याङ्क छ ।

    नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), न्युयोर्क च्याप्टरसँगको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको भन्दै पर्यटकका लागि देशको ढोका मात्र होइन, मनको ढोका खोलेर स्वागत गर्ने बताए ।

    उनले हरेक उमेर समूहका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै त्यसका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । नेपाली महावाणिज्य दूतावास न्युयोर्कले पर्यटन प्रवर्द्धनका लागि अमेरिकी पर्यटन व्यवसायीहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रमले निकै सकारात्मक प्रभाव पारेको नेपाल सरकारका लागि न्युयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले जानकारी दिए ।

    Post Views: 443
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०७:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    Advertisement
    ताजा अपडेट
    • १. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ४. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.