• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लन्डन बेम्बलीमा १२ वर्षपछि प्रस्तुति दिँदै नेपथ्य

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपथ्यले १२ वर्षपछि बेलायतको बेम्बली एरिनामा आगामी अगस्ट ९ मा प्रस्तुति दिँदै छ। यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्टकै ३ तारिखमा ब्यान्डले अपूर्व सफलता हासिल गरेको थियो। त्यति वेला सात हजारभन्दा बढी दर्शक उपस्थित थिए। नेपथ्यले आजसम्मै बन्द सभागृहभित्र पाएको त्यो सबैभन्दा भव्य दर्शक उपस्थिति हो।

    ‘बेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।

    १२ वर्षअघि बेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन्। ‘हामीलाई पहिले पनि श्रोतादर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर, बेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ।’

    नेपथ्यको यसपटकको बेम्बली यात्रालाई बेलायतकै ‘बिएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ले संयोजन गर्दै छन्। बेलायतको यात्रामा नेपालबाट ब्यान्डका ६ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ।

    मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्। पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृंखलाबद्ध यात्रा गरिसकेको छ।

    बेम्बली एरिनाका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ। अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।

    Post Views: 326
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०८:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.