पछिल्लो समय नेपालको शहरी मात्रै नभएर पहाडी जिल्लाहरुमा पनि तिव्र रुपमा सम्बन्ध विच्छेदको मुद्दाहरु अनपेक्षित रुपमा बढेको छ । जिल्ला अदालतहरुमा भएका पछिल्लो मुद्दा छिनोफानोमा ९० प्रतिशतसम्म बढेको बताइएको छ । पछिल्लो एउटा पहाडी जिल्ला रोल्पा जिल्ला अदालतमा ८० प्रतिशत मुद्दा फर्छ्यौट हुँदा ८० प्रतिशत सम्बन्ध विच्छेदको भएको तथ्यांक छ । । कानुन व्यवसायीहरुका अनुसार यो एउटा उदाहरणीय भए पनि नेपालभर चाहे शहरी जिल्ला होस वा पहाडी सबै जिल्लाको मुद्दा छिनोपाmनोको अवस्थामा सम्वन्ध विच्छेद ६० देखि ९० प्रतिशत भन्दा बढी नै छ ।

आर्थिक वर्ष २०८१र८२ को असार मसान्तसम्म ८०।६ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ । रोल्पा अदालतमा सबभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेको छ। एक वर्षमा त्यहाँ ४२३ वटा मुद्दा मात्रै सम्बन्ध बिच्छेदको रहेको सूचना अधिकारी पन्थीले बताए।
अदालतमा ६८० वटा मुद्दा दर्ता भएका थिए। त्यसमध्ये ५४८ वटा मुद्दाको फर्छ्यौट भएको हो। उक्त आर्थिक वर्षमा ५०२ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो। तर त्योभन्दा बढी फर्छ्यौट भएको हो। सुचना अधिकारी चन्द्र पन्थीका अनुसार रोल्पामा एक वर्ष नाघेका मुद्दा बाँकी छैनन्। यसरी एक वर्षभन्दा बढी समयका मुद्दा बाँकी नरहेको पहिलो रेकर्ड समेत बनेको पन्थीले जानकारी दिए। सबैभन्दा पुरानो मुद्दा गत साउन ४ गते दर्ता भएको बैंकिङ कसुर सम्बन्धी हो। यसरी सम्बन्ध विच्छेद बढ्नुमा वैदेसिक रोजगारीमा जाने कारण पर्केर आउने वा सोसल मिडियाको दुरुपयोगका कारण साथै फेसन र देखासिकी गर्ने जस्ता कारण रहेका छन ।





