• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

काठमाडौंदेखि हुम्ला र मुस्ताङसम्मको लोपोन्मुख सम्पदा संरक्षणमा अमेरिकी दुतावासको सक्रियता

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ६, सोमबार ०९:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालस्थित अमेरिकी दुतावासले नेपालमा लोप हुँदै गएको, संरक्षणको अभावमा परेका अत्यन्तै महत्वपुर्ण सम्पदा संरक्षण अभियानअन्र्तगत २८ वटा सम्पदाहरुको संरक्षण एवं पुर्नस्थापना सम्पन्न गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको एम्वास्डर फण्ड फर कल्चर प्रिभेन्सन कार्यक्रममार्फत संयुक्त राज्य अमेरिकाले सन् २००३ देखि नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत अमेरिकाले काठमाडौं, पाटन, मुस्ताङ, हुम्ला, र लुम्बिनीलगायतका स्थानमा २८ वटा परियोजनामा संरक्षण तथा पुनःस्थापनाका लागि सहयोग प्रदान गरेको जनाएको हो ।


    सो कार्यक्रम अन्तर्गत पाटन दरबार स्क्वायरमा रहेको नाग बहाल हिटीको पुनःस्र्थापनामा सहयोग गरिएको जनाइएको छ । नाग बहाल त्यो ऐतिहासिक स्थल हो जहाँ प्रत्येक पाँच वर्षमा पाटन र वरपरका क्षेत्रका सबै दीपंकर बुद्धका मूर्तिहरूलाई एकै ठाउँमा प्रदर्शन गरिने पाटन सम्यक आयोजना हुन्छ । उक्त पुनःस्थापनाको काम सन् २००६ मा सुरु भई सन् २००८ मा सम्पन्न भएको थियो ।

    यो परियोजना पाटन टुरिजम डेभलपमेन्ट सस्थासँगको सहकार्यमा सम्पन्न गरिएको थियो, जसअन्तर्गत १८ जना स्थानीय कामदारहरूले पुनःस्थापनामा संलग्न भएर हिटीको इनलेट र आउटलेट च्यानल मर्मत गरेको थियो । भविष्यमा हिटीको संरक्षण र कुनै पनि निर्माण कार्यले जल प्रणालीलाई असर नपारोस् भनेर पहुँच बिन्दुहरू नक्सामा कागजातको रूपमा चिन्हित गरिएको छ । संरक्षणपछि १० वर्षसम्म सुक्खा रहको हिटी अहिले पुनः सञ्चालनमा आएर वरपरका १०० घरधुरीलाई निरन्तर पानी आपूर्ति गरिरहेको छ ।

    त्यस परियोजनाहरूले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै दिगो पर्यटन, आर्थिक विकास, र अमेरिका–नेपालबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाइरहेको जनाएको छ । यस्ता पहलहरूले पर्यटन, आतिथ्य सेवा, र शिक्षाजस्ता क्षेत्रमा स्थानीय र अमेरिकी व्यवसायहरूलाई समेत अवसर प्रदान गर्दै दुबै देशका समुदायहरूलाई लाभ पु¥याइरहेको दुतावासको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

    Post Views: 250
    प्रकाशित मिति: २०८२ श्रावण ६, सोमबार ०९:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.