• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २९, बुधबार ०६:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानडा, क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ। कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । साथै, प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा नेपालिज क्यानडियन कम्युनिटी सर्भिसेसले आफ्नो २५ औँ वार्षिकोत्सव पनि मनाएको थियो।

    मेलामा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय सांसद डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवललगायतका सम्माननीय अतिथिहरूको उपस्थिति थियो। कार्यक्रमको औपचारिक उद्घाटन एनसिसिएसकी अध्यक्ष बिना बर्माले स्वागत मन्तव्य गरिन्। विशेष अतिथि कलाकारहरू हरि कर्माचार्य, अञ्जना गुरुङ र कनैयासिंह परियारले आफ्नो मनमोहक सांगीतिक प्रस्तुतिमार्फत माहोललाई झन् रंगीन बनाएका थिए।

    कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूको बेजोड प्रस्तुति रहेको थियो। साथै, १५ भन्दा बढी संघ–संस्थाहरूले सांस्कृतिक पोसाकमा सहभागी भई सामुदायिक परेडमा भाग लिँदै विविधतापूर्ण सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए।

     

    एनसिसिएसका महासचिव सुदर्शन सापकोटाले समुदायमा देखाएको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको सम्मानस्वरूप प्रतिष्ठित पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरे। हिमालयन मेलालाई केवल सांस्कृतिक उत्सवको रूपमा मात्र नभई, क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको साझा पहिचानलाई मजबुत बनाउने महत्त्वपूर्ण अवसरको रूपमा पनि लिइएको छ।

    मेलाको सफलता निरन्तरता कायम राख्न एनसिसिएसले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको औपचारिक सञ्चालन महासचिव सुदर्शन सापकोटा र स्वीकृति घिमिरेले गरेका थिए भने सांस्कृतिक प्रस्तुतिको सञ्चालन विधान कार्की, सृष्टि श्रेष्ठ अमात्य, यारिका कार्की र देवेन्द्र अधिकारीले एमसीका रूपमा गरेका थिए।

    Post Views: 264
    प्रकाशित मिति: २०८२ श्रावण २९, बुधबार ०६:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    Advertisement
    ताजा अपडेट
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ५. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.