• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्व समुदायले हेरिरहेको अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच आलास्कामा वार्ता

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३१, शुक्रबार ०६:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    शुक्रबार विश्व राजनीतिमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बहुप्रतिक्षित वार्ता हुँदैछ । राष्ट्रपति ट्रम्प शुक्रबार बिहानै व्हाइट हाउसबाट अलास्कातर्फ प्रस्थान गर्ने छन्, जहाँ उनी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्ध अन्त्यमा केन्द्रित एक उच्चस्तरीय शिखर बैठक हुने छ । दुई नेताले जोइन्ट बेस एल्मेन्डोर्फ-रिचार्डसनमा भोजन गर्ने तय भएको छ । जोइन्ट बेस एल्मेन्डोर्फ-रिचार्डसन अलास्काको सबभन्दा ठूलो सैन्य अड्डा हो । यो झन्डै ७५ हजार एकडमा फैलिएको छ ।
    ट्रम्प शुक्रबार पूर्वी अमेरिकी समयअनुसार दिउँसोको मध्यतिर एन्करेज पुग्ने अपेक्षा गरिएको छ । क्रेमलिनका सहयोगी युरी उशाकोभले बिहीबार जानकारी दिँदै बताएअनुसार प्रारम्भिक बैठक अपराह्न ३ः३० बजे हुने छ, जहाँ केवल दुवै नेताहरू र तिनीहरूको दुवैका अनुवादकहरू मात्रै रहनेछन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले दिएको जानकारी अुनसार बैठकपछि ट्रम्प र पुटिनले दुबै देशका प्रतिनिधिमण्डलका सदस्यहरूसँग संयुक्त लन्च कार्यक्रम राख्नेछन् ।
    क्रेमलिनका सहयोगी युरी उशाकोभले मस्कोबाट पत्रकारहरूसँगको कुराकानीमा रूसी प्रतिनिधिमण्डलमा आफू, राष्ट्रपति पुटिन, विदेशमन्त्री सेर्गेई लावरोभ, रक्षामन्त्री आन्द्रेइ बेलोउसोभ, अर्थमन्त्री अन्तोन सिलुआनोभ, र पुटिनका पुराना साथी तथा लगानी दूत किरिल दिमित्रिएभ रहने जानकारी दिएका छन् ।

    ह्वाइट हाउस र क्रेमलिन अधिकारीहरूले बिहीबार बिहान पुष्टि गरेअनुसार, दुवै नेता बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने योजना बनाएका छन् । रूसी सरकारी समाचार संस्थाले यसअघि नै ट्रम्प र पुटिनले शुक्रबारको बैठकको समाप्तिपछि संयुक्त पत्रकार सम्मेलन गर्ने बताएका थिए । लेभिटले पछि यसलाई “योजनाअनुसार” भएको पुष्टि गरेकी छिन ।

    ट्रम्प र पुटिनबीचको भेट एन्करेज नजिकै रहेको संयूक्त वेसमा हुनेछ । यो पुटिनको सन् २०१५ यता पहिलो अमेरिकी भ्रमण हुनेछ । राष्ट्रपति ट्रम्पले यो युद्धलाई शान्तिपूर्ण समाधानमा पु¥याउन सबै विकल्पहरू प्रयास गर्न चाहन्छन्,” भनेका छन । ट्रम्प र पुटिनको अन्तिम व्यक्तिगत भेट २०१८ मा फिनल्याण्डको हेलसिन्कीमा ट्रम्पको पहिलो कार्यकालमा भएको शिखर सम्मेलन थियो । त्यो बैठक र त्यसपछिको पत्रकार सम्मेलनमा अमेरिकी जनताबीच ठूलो विवाद उत्पन्न भयो, जब ट्रम्पले पुटिनको पक्ष लिँदै र अमेरिकी खुफिया समुदायको विरुद्ध २०१६ को चुनावमा पुटिनको संलग्नता अस्वीकार गर्ने कुरामा सहमति जनाए ।

    क्रेमलिनका अनुवादित विवरणअनुसार, पुटिनले आफ्ना सल्लाहकारहरूलाई भनेका छन् कि उनी ट्रम्प प्रशासनले “युद्ध रोक्न, संकट अन्त्य गर्न र यस संघर्षमा संलग्न सबै पक्षहरूका लागि रोचक सम्झौताहरू गर्न ऊर्जाशील र ईमानदार प्रयासहरू गरिरहेको विश्वास गर्छन्,” ट्रम्पले आफ्नो फक्स न्यूज रेडियो शोमा ब्रायन किलमीडलाई भनेका छन् कि शुक्रबार पुटिनसँगको उनको भेट सफल नहुन सक्ने “२५ प्रतिशत सम्भावना” छ यसको मतलव ७५ प्रतिशत सफल हुनेछ । उनले भनेका छन “यो भेट दोस्रो भेटको बाटो खोल्छ,”। “तर २५ प्रतिशत सम्भावना छ कि यो भेट सफल नहुनेछ ।

    अलास्का शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी नहुने कुरा ट्रम्पले पुष्टि गरेका छन् । ट्रम्पले पछि किलमीडलाई भने कि शुक्रबारको बैठक राम्रो भयो भने दोस्रो बैठकका लागि उनीसँग जेलेन्स्कीसहित तीन सम्भावित स्थानहरूको विचार रहेको छ । यस क्रममा ह्वाइट हाउसले पनि यस बैठकका लागि अपेक्षा कम गर्ने प्रयास गरेको छ र यसलाई एउटा “सुनुवाइ अभ्यास” र ट्रम्पका लागि सम्भावित रूपमा पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैलाई समावेश गर्ने अर्को बैठकको तयारी गर्ने मौका भनेर व्याख्या गरेको छ । ट्रम्पले चुनावी अभियानको दौरानमा पदभार ग्रहण गरेपछि २४ घन्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए ।

    ट्रम्प-पुटिन किन यहाँ भेट्दैछन् ?

    अमेरिकाले डेढ सय वर्षभन्दा अघि रुससँगै अलास्का किनेको थियो । सन् १८६७ मा रुससँग खरिद गरेर अमेरिकाले अलास्कालाई सन् १९५९ मा राज्य बनाएको थियो । रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले दुई देश छिमेकी भएको भन्दै ‘बेरिङ स्ट्रेट’ले मात्र छुट्याउने बताएका छन् ।

    उनले भने, ‘हाम्रा लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्न र दुई देशका नेताबीच लामो समयदेखिको प्रतिक्षित यति महत्वपूर्ण शिखर सम्मेलन हुनु बिलकुल सही छ ।’

    बेरिङ स्ट्रेटलाई जल डमरु भन्न सकिन्छ । यो एक साँघुरो समुद्री मार्ग हो, जसले रुसको पूर्वी किनार (चुकोट प्रायद्वीप) र अमेरिकाको अलास्काको पश्चिमी किनार (स्यूअर्ड प्रायद्वीप) लाई छुट्याउँछ । यसको चौंडाइ कूल ८२ किलोमिटर अर्थात् ५१ माइल मात्र छ । बीचमा रुसतर्फ बीग डायोमेड टापु र अमेरिकातर्फ लिटल डायमेड टापु छन्, जुन जम्मा ४ किलामिटरको दूरीमा छन् । बिग डायमेड टापुमा स्थायी बस्ती छैनन्, यहाँ रुसी सीमा सुरक्षा चौकी मात्र छन् ।

    अमेरिकातर्फको लिटल डायमेड टापुमा भने सानो गाउँ छ । यी दुई टापुबीच अन्तर्राष्ट्रिय सीमारेखा छुट्टिन्छ । जसका कारण यहाँको समयमा झन्डै २१ घण्टाको अन्तर हुन्छ । अमेरिका र रुसबीच एकदमै नजिकको सीमा भएकाले यसलाई सामरिक रूपमा महत्वपूर्ण मानिन्छ । यहाँको मौसम अत्यन्तै चिसो हुन्छ । धेरै समय बरफ जमेको हुन्छ । चिसोका कारण समुद्री मार्गको यात्रासमेत कठिन हुने गर्छ ।

    पछिल्लो पटक सन् २०२१ मा अलास्का उच्च तहको अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना कूटनीतिक र राष्ट्रिय सुरक्षा समूहसहित चिनियाँ समकक्षी सी जिनपिङ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका थिए ।

    चिनियाँ पक्षले अमेरिकालाई ‘अहंकारी’ र ‘पाखण्ड’को आरोप लगाएपछि उक्त बैठकको माहोल तनावपूर्ण बनेको थियो ।

    Post Views: 234
    प्रकाशित मिति: २०८२ श्रावण ३१, शुक्रबार ०६:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.