• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लिपुलेक सम्झौताप्रति असहमति जनाउँदै भारत र चिनलाई कूटनीतिक नोट पठाउने तयारी

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ७, शनिबार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालले भारत र चीन दुवैलाई लिपुलेक सम्झौताप्रति असहमति जनाउँदै कूटनीतिक नोट पठाउने तयारी गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालयलाई नोटको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत–चीन भ्रमण अघि नै पठाइने योजना सरकारले अघि बढाएको छ।
    सरकारी स्रोतका अनुसार नोट दुवै देशलाई अलग–अलग पठाइनेछ।
    भारतलाई पठाइने नोटमा विस्तृत रूपमा नेपालको अडान राखिनेछ, किनकि लिपुलेक विवाद नेपालको मुख्य सरोकार भारतसँग हो। चीनलाई पठाइने नोटमा भने केवल ऐतिहासिक पृष्ठभूमि र नेपालको दृष्टिकोणबारे जानकारी दिने तयारी गरिएको छ, किनभने चीन प्रत्यक्ष रूपमा विवादमा नभए पनि भारतसँग सम्झौतामा साझेदार बनेको छ।

    प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै भएको लिपुलेक हुँदै व्यापार खोल्ने सम्झौताप्रति आफ्नो ध्यान गएको बताउँदै नेपालले आफ्नो अडान वार्ता र संवादकै माध्यमबाट प्रस्तुत गर्ने बताएका छन्। गत भदौ ५ गते भारतीय राजधानी नयाँदिल्लीमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय अधिकारीबीच भएको छलफलपछि जारी विज्ञप्तिमा लिपुलेक पास, सिप्किला पास र नाथुला पासमार्फत सीमापार व्यापार पुनः सुरु गर्ने सहमति भएको थियो। यस सहमतिको नेपालभित्र तीव्र विरोध भएको छ।

    नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको स्पष्ट गर्दै सम्झौताप्रति असहमति जनाएको थियो। तर भारतीय विदेश मन्त्रालयले नेपालको दाबीलाई खारेज गरेको थियो। लिपुलेक विवाद नयाँ भने होइन। सन् २०१५ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक हुँदै व्यापार गर्ने सम्झौता भएको थियो, जसबारे नेपाललाई जानकारी दिइएको थिएन। त्यसबेला पनि नेपालले भारत र चीन दुवैलाई विरोधपत्र पठाएको थियो।

    यसपटक पनि सरकारले कूटनीतिक नोटलाई संवाद प्रक्रियाको एउटा औजारका रूपमा लिएको छ। नेपालले अनावश्यक कूटनीतिक तनाव नल्याउन आग्रह गर्दै सीमा विवाद समाधानका लागि शान्तिपूर्ण वार्ता र संवादलाई नै मुख्य बाटो मान्ने अडान लिएको छ।

    Post Views: 231
    प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ०९:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.