• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशमा बस्ने नेपालीलाई मत दिन एनपीआईले सिफारिस गर्‍यो हाइब्रिड मोडेल

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २९, बुधबार ०५:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ ।

    निर्वाचन आयोगलाई ९ बुँदे नीति सिफारिस बुझाउँदै एनपीआईले अहिलेका लागि हाइब्रिड मोडल नै उपयुक्त हुने सिफारिस गरेको हो ।

    फिलिपिन्सले २०२५ मा र मेक्सिकोले २०२४ मा गरेको अभ्यासबाट सिक्दै एनपीआइले हाइब्रिड मोडेल अन्तर्गत चार प्रमुख मतदान विधिहरू अवलम्बन गर्न सकिने बताएको हो । ‘दूतावासमा उपस्थित भएर प्रत्यक्ष रूपमा (पेपर ब्यालेट वा ईभीएम मार्फत) मतदान गर्ने, हुलाकमार्फत मतदान गर्ने, इन्टरनेटमा आधारित आई–भोटिङ प्रणाली प्रयोग गर्ने, र नेपालमै फर्किएर तोकिएको अवधिभित्र बहुदिवसीय मतदान गर्ने व्यवस्था’ गरी चार विधिहरु एनपीआईले सिफारिस गरेको हो ।

    आई–भोटिङ दीर्घकालीन रूपमा नेपालका लागि सबैभन्दा उपयुक्त विधि भए पनि, आगामी सन् २०२६ को निर्वाचनमा छोटो समयमा विदेशमा रहेका धेरै नेपाली नागरिकलाई समेट्न यी चारवटा विधिको संयोजन (हाइब्रिड मोडेल) व्यवहारिक र प्रभावकारी हुने एनपीआईको भनाइ छ । ‘यस मोडेलले विदेशस्थित नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा व्यापक सहभागिताको अवसर प्रदान गर्नेछ,’ एनपीआईले भनेको छ ।

    एनपीआई कार्यकारी सदस्य शरू जोशी श्रेष्ठको नेतृत्वमा, निर्वाचन आयुक्त डा. जानकी तुलाधर, निर्वाचन आयोगका सचिव महादेव पन्थलगायतलाई यस सम्बन्धमा जानकारी गराइएको संस्थाले जनाएको छ ।

    नेपालको आप्रवासन प्रवृत्ति र सामाजिक–आर्थिक अवस्थालाई ध्यानमा राखी, फिलिपिन्स र मेक्सिको जस्ता देशहरूले परीक्षण गरेका विधि र प्रविधिहरूको प्रयोगमार्फत छोटो अवधिमै पनि आगामी २०२६ को निर्वाचनमा विदेशस्थित नेपाली नागरिकहरूलाई समेट्न सकिने स्पष्ट सम्भावना रहेको एनपीआइका अध्यक्ष डा. खगेन्द्रराज ढकालले बताए ।

    Post Views: 171
    प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार ०५:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.