• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सुनको मुल्य उतार चढावले नेपाली बजार प्रभावित

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ८, शुक्रबार २०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको समयमा नेपालमा सार्वजनिक बिदा परेको कारण यहाँको मूल्य तत्काल घट्न पाएन।

    बिदा नपरेको भए मंगलबारको दर अनुसार एकै दिन सुनको भाउ करिब १८ हजार रूपैयाँले घट्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले बताएका छन्।

    ‘त्यो समय सार्वजनिक बिदा हुने थिएन भने भाउ तोक्दा एकै दिन सुनको मूल्य करिब १८ हजार रूपैयाँले घटेको हुने थियो,’ बज्राचार्यले भने।

    महासंघले गत कात्तिक ३ गते तोकेको प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँकै दर यथावत् राखेको छ।

    त्यसयता लगातार सार्वजनिक बिदा परेकाले नयाँ मूल्य तोकिएको छैन। नेपालमा सार्वजनिक बिदाका दिन सुनको मूल्य तोकिँदैन। त्यसैले अब आइतबार मात्र नयाँ मूल्य तोकिनेछ।

    अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको सुन मंगलबार ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झरेको द फाइनान्सियल टाइम्सले जनाएको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।

    अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ। सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो।

    सोमबार एक ट्रय औंस ९करिब ३२ ग्राम० सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६।३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।

    धेरै विश्लेषकले यसलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेका छन्। व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको लगानीको सुरक्षित उपकरणका रूपमा सुन बनेपछि भाउ पनि निरन्तर उकालो लागिरहेको थियो।

    तर, पछिल्लो एक सातामा मात्रै सुनको भाउ ७ प्रतिशतभन्दा धेरैले घटेको छ। एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो। मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन्।

    यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो।

    ‘छ सातामै १,००० डलर वृद्धि हुनुले नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,’ उनले भनिन्। मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७।४ प्रतिशत र ५ प्रतिशत घट्यो।

    केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढेको थियो।

    विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो। पछिल्ला महिना ठूला संस्थागत लगानीकर्ताहरूले पनि सुनमा लगानी बढाएका छन्। सेप्टेम्बरमा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो।

    नेपालमा भने गत ३१ असोजमा सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो। त्यस दिन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा एकदिन पछि पर्ने गर्छ।

    ३० असोज अर्थात् १६ अक्टोबरमा हालसम्मकै उच्च भाउ कायम भएको सुन त्यसपछि भने निरन्तर घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटे पनि त्यसको असर नेपाली बजारमा देखिएको छैन । यो बीचमा सुनको भाउ २ लाख ५३ हजारसम्ममा झरेको छ।

    त्यसपछि दिपावलीको बिदाका कारण सुनको कारोबार भएको छैन। त्यसले गर्दा सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य तोकेको छैन। आगामी साता सुनको कारोबार खुल्दा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावलाई समायोजन गरेर मूल्य कायम गरिने संघले जनाएको छ।

    Post Views: 204
    प्रकाशित मिति: २०८२ कार्तिक ८, शुक्रबार २०:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.