प्रधानमन्त्री सुशीला कार्कीले सरकारसँग पासपोर्टको मौज्दात घट्दै गएकोले पुन छपाई गर्ने तयारी भईरहेको बताइएको छ । प्रतिदिन ३ देखी ६ हजार पासपोर्ट बनी रहेको अवस्थामा हाल सरकारसंग छापिएका पासपोर्टहरु जम्मा १ लाख ७० हजार मात्रै रहेको छ । यहि पासपोर्ट नियमित वितरण गर्दा एक महनिाका लागि मौज्दात रहने देखिन्छ । समयमा नै पुन छपाई प्रक्रिया शुरुगरिएन भने एक महिनापछि पासपोर्ट अभाव हुने निश्चित छ । दुई लाखभन्दा कम भएकाले तीन महिनाभित्र नयाँ उपलब्ध गराउन जर्मन राजदूतलाई आग्रह गरेको प्रधानमन्त्रि कार्कीले बताएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएकी हुन्।
’अहिले १ लाख ७० हजार मात्र नयाँ पासपोर्ट सरकारसँग उपलब्ध छ । जबकि, हरेक दिन तीनदेखि छ हजारको संख्यामा नयाँ पासपोर्ट जारी गर्नुपरेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ’त्यसैले मैले जर्मन राजदूतलाई बोलाएर जनवरी महिनासम्म नयाँ पासपोर्ट आपूर्ति गर्न आग्रह गरेकी छु ।’ नयाँ पासपोर्ट छपाइको जिम्मा जर्मन कम्पनी भेरिडोसले पाएको छ । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण उसले आगामी मार्च महिनादेखि मात्र छपाइ सुरू गर्ने बताउँदै आएको छ । यदि मार्च महिनामा मात्रै छापिएमा नेपालमा पासपोर्ट अभाव हुने निश्चित छ ।
तर अहिले सरकारसँग रहेको पासपोर्ट मौज्दातले त्यतिञ्जेलको माग धान्न नसकिने हुँदा प्रधानमन्त्री कार्कीले काठमाडौंस्थित जर्मन राजदूत उडो फोल्जलाई बोलाएर जनवरीभित्रै छपाइ सुरू गरी आपूर्ति गर्न आग्रह गरेकी हुन् । देशमा तत्काल नयाँ रोजगारी सिर्जना गर्ने अवस्था नभएकाले वैदेशिक रोजगारमा जान चाहनेहरूलाई पासपोर्ट जारी गर्नुपर्ने अवस्था रहेको उनले बताइन् । विभिन्न देशबाट रोजगारीको अवसर आउँदा पनि पासपोर्ट नपाउने स्थिति बन्यो भने युवाहरू आक्रोशित हुने र त्यो नयाँ आक्रोश देशले भोग्नुपर्ने उनले बताइन् ।





