• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जेनेस  सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २९, शुक्रबार २३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ  – अमेरिकास्थित  एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनी, फ्युजमसिन्स, ले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी,  जेनेस  सलुशन, लाई  आफ्नो ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।

    यही अक्टोबर महिनामा फ्युजमसिन्स अमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो।  समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा जन्मिएका उद्यमीले स्थापना गरेको पहिलो कम्पनी पनि हो।

    यस साझेदारी अन्तर्गत जेनेस  सलुशनले फ्युजमसिन्स  एआइ स्टुडियो र फ्युजमसिन्स ए आइ इन्जिन्सलाई पुनर्विक्री  तथा लाइसेन्स प्रदान गर्न सक्नेछ, जसबाट ग्राहकहरूले खुद्रा व्यापार, रियल एस्टेट, खाद्य तथा पेय पदार्थ जस्ता विभिन्न क्षेत्रहरूमा उच्चस्तरीय, अनुकूलित तथा सटीक एआई–सक्षम समाधानहरू प्राप्त गर्न सक्नेछन्।

    फ्युजमसिन्सका प्राविधिक प्रमुख अनिश जोशीले भने,“यो साझेदारी मार्फत हामी जेनेस  सलुशनको अद्वितीय क्षेत्रीय दक्षतालाई अझ विस्तार गर्न चाहन्छौं। जेनेससँगको सहकार्यले व्यवसायहरूलाई एआई समाधान प्रयोग गरी नवप्रवर्तन र विकास गर्न नयाँ अवसर सिर्जना गर्नुका साथै उद्योगहरूमा एआईको दिगो र समावेशी अपनत्वलाई गति दिने आधार तयार गर्नेछ। एआई स्टुडियोले विभिन्न क्षेत्रका कम्पनीहरूलाई छिटो र सजिलै एआई अंगाल्न सक्षम बनाउने क्षमता हाम्रो ‘एआईलाई सबैका लागि सुलभ बनाउने’ मिशनसँग मेल खान्छ। यो साझेदारी एआई–सक्षम उज्जवल भविष्यतर्फको एउटा महत्त्वपूर्ण पाइला हो।”

    फ्युजमसिन्स  एआइ स्टुडिय फ्युजमसिन्स एआई इन्जिन्सको मुख्य प्लेटफर्म हो, जसले उद्योग र समस्यानुसारका समाधानहरू प्रदान गर्छ। यसमा उच्चस्तरीय एआई एजेन्ट, जेनेरेटिभ एआई र प्रेडिक्टिभ एआई मोडेलहरू प्रयोग गरिन्छ। यो प्लेटफर्मले संस्थाको कार्यसम्पादन सुधार्ने, संगठनको आवश्यकता अनुसार अनुकूलन हुने, उच्च प्रतिफल दिने र विद्यमान उपकरणहरूसँग सहज रूपमा एकीकृत हुने क्षमता राख्छ। यसले नवप्रवर्तन प्रवर्द्धन, निर्णय प्रक्रियामा गति, लागत घटाउने र उत्पादनमा एलएलएम तथा  एमएल  मोडेलहरूको छिटो प्रयोग र अनुगमन सुलभ बनाउँछ। धोखाधडी पत्ता लगाउने, सूचना प्राप्ति  र पूर्वानुमान जस्ता पहिले नै तयार गरिएका इन्जिनहरू पनि यसमा समावेश छन्।

    जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी कुमार फुयाँलले भने, “हामी फ्युजमसिन्ससँग साझेदारी गरेर एआई स्टुडियोलाई हाम्रो बजारमा रहेका व्यवसायहरूमा पुर्‍याउन पाउँदा अत्यन्त उत्साहित छौं। जेनेसमा हामी उद्योगहरूमा डिजिटल रुपान्तरण र एआई अपनत्वलाई तीव्र बनाउन केन्द्रित छौं। एआई स्टुडियोले  संस्थाहरूलाई उनीहरूको विद्यमान प्रणालीमा एआई सहज रूपमा समायोजन गर्न, डेटा–आधारित अन्तर्दृष्टि निकाल्न र जिम्मेवार तथा कुशल रूपमा नवप्रवर्तन विस्तार गर्न सक्षम बनाउँछ। यो साझेदारीले हरेक व्यवसायलाई आत्मविश्वासका साथ एआईको रूपान्तरणकारी शक्तिको लाभ लिन सशक्त बनाउने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।”

    जेनेस सलुशनसँगको यो साझेदारीले फ्युजमसिन्सको अधिकृत पुनर्विक्रेता मोडेललाई सुदृढ बनाउने रणनीतिक कदमको रूपमा काम गरेको छ। यसले कम्पनीलाई नयाँ इन्टरप्राइज ग्राहक र बजारहरूमा प्रवेश गर्न सहयोग पुर्‍याउँछ। साथै, फ्युजमेसिन्स एआई स्टुडियो र एआई इन्जिन्सको पहुँच विस्तार गर्दै, विश्वव्यापी रूपमा एआई–आधारित विकासलाई सबैका लागि सुलभ बनाउने दृष्टिलाई समर्थन गर्दछ।

    सन् २०१३ मा स्थापना गरिएको फ्युजमसिन्स इङ्क  उद्यम एआई उत्पादन र सेवाहरू प्रदान गर्ने एक  विश्वव्यापी कम्पनी हो । एआईलाई सर्वसुलभ बनाउने लक्ष्यका साथ यस कम्पनीले आफ्ना स्वामित्वमा रहेका एआई स्टुडियो र एआई इन्जिनहरूको प्रयोग गरी ग्राहकहरूलाई उनीहरूको डिजिटल एआई यात्राको जुनसुकै चरणमा रहे पनि ‘एआई उद्यम रुपान्तरण’ लाई अगाडि बढाउन सहयोग पुर्‍याउँछ, विज्ञप्तिमा भनिएको छ।

    उत्तरी अमेरिका, एसिया र ल्याटिन अमेरिकामा कार्यालयहरू रहेको कम्पनी फ्युजमसिन्सले साना वा ठूला सबै प्रकारका संस्थाहरूका लागि एआई लागू र विस्तार गर्न सक्षम बनाउने उद्यम एआई सेवा र विशेष कार्यक्रमहरू उपलब्ध गराउँछ । यसले विशेषगरी पछाडि परेका समुदायहरूमा गुणस्तरीय एआई शिक्षा उपलब्ध गराउँदै र विभिन्न संस्थाहरूलाई एआईद्वारा आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

    जेनेस सलुशन एउटा गुणवत्तापूर्ण सूचना प्रविधि तथा साइबर सेक्योरिटी सम्बन्धी  परामर्शदाता कम्पनी हो. जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई आफ्नो डिजिटल भविष्य आधुनिक, नवप्रवर्तनशील र सुरक्षित बनाउन सशक्त बनाउँदै आएको छ ।

    ‘एडब्लुएस प्रिमियर टियर सर्भिस पार्टनर’ का रूपमा जेनेसले क्लाउड रुपान्तरण  र उद्यम आधुनिकीकरणको  क्षेत्रमा गहिरो अनुभव राख्दछ र विभिन्न उद्यमहरुसंग मिलेर  काम गर्छ ।

    एसिया, युरोप, अफ्रिका र उत्तरी अमेरिकाका ११ देशहरूमा उपस्थिति रहेको जेनेसले आफ्नो विश्वव्यापी अनुभवलाई स्थानीय ज्ञानसँग संयोजन गर्दै मापनयोग्य प्रभाव पुराउने काम गर्छ । क्लाउड सुरक्षा, अनुपालन  र सुरक्षा सञ्चालनमा आफ्नो विशेषज्ञताको आधारमा जेनेस सलुशनले संस्थाहरूसंग  सहकार्य गर्दै उनीहरूको डिजिटल व्यवसायलाई अझ बलियो र विश्वसनीय बनाउन सहयोग गर्छ, विज्ञप्तिमा भनिएको छ।

    Post Views: 132
    प्रकाशित मिति: २०८२ कार्तिक २९, शुक्रबार २३:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.