• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएन एकता हुँदै, एकतापछि ११ जनाको स्टेरिङ कमिटी बन्ने !

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १३, शुक्रबार २०:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विभाजित गैरआवासीय नेपाली संघ एनआरएनए एकताको अन्तिम चरणमा प्रबेश गरेको छ । दुई फरक नेतृत्वमा सञ्चालन भइरहेका संस्थाहरू दश बुँदे सहमति गर्दै एकताबद्ध हुन सहमत भएका हुन्। आगामी आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको औपचारिक घोषणा गरिने एनआरएनएका एक केन्द्रीय नेताले जानकारी दिएका छन्। विश्वभर छरिएर बसेका नेपालीहरूको छाता संगठनका रूपमा स्थापित एनआरएनए पछिल्ला केही वर्षदेखि नेतृत्वको विवादमा फसेको थियो। महेशकुमार श्रेष्ठ र डा। बद्री केसीको नेतृत्वमा दुई छुट्टाछुट्टै समूह सक्रिय हुँदै आएका थिए। यी दुई पक्षबीच एकताका लागि विगतमा पनि धेरै पटक वार्ता र प्रयास भए पनि सफल हुन सकेका थिएनन्।

    नेपालमा हालै आएको राजनीतिक परिवर्तनपछि दुवै पक्ष एकताका लागि गम्भीर भएका हुन्। परराष्ट्र मन्त्रालयको संलग्नतामा भएको यो सहमतिले एनआरएनको लामो समयको संकट समाधानतर्फ अघि बढेको देखिएको छ। परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको दश बुँदे सहमति पत्रमा दुवै पक्षको अस्तित्व स्वीकार गरिएको छ। २०२३ को अक्टोबरमा सम्पन्न ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा। केसीको नेतृत्वको कार्यसमिति र पूर्वअध्यक्ष डा। शेष घलेको संयोजकत्वमा २०२५ मे महिनामा आयोजित एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठको नेतृत्वको कार्यसमिति दुवैलाई मान्यता दिइएको छ।

    सहमति अनुसार, अब श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई पूर्ण कार्यकाल मानिनेछ र उनीहरूले नै १२औं महाधिवेशनसम्म संघको नेतृत्व गर्नेछन्। आगामी महाधिवेशनको अवसरमा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्नेछन् र डा। केसीले औपचारिक रूपमा जिम्मेवारी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्।

    महाधिवेशनलाई निष्पक्ष र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिने सहमति भएको छ। यो कमिटीका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

    यसले महाधिवेशनको निष्पक्षता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। दुवै पक्षको आर्थिक पक्षलाई पारदर्शी बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराइने पनि सहमतिमा उल्लेख छ। यसअघि दुवै पक्षले विभिन्न समयमा अदालतमा दायर गरेका आधिकारिकतासम्बन्धी सबै मुद्दा फिर्ता लिइने सहमति पनि भएको छ।
    सहमतिमा डा। बद्री केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित विगतका सबै कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गर्ने व्यवस्था छ। यसले एनआरएनएको इतिहासमा सबै नेतृत्वलाई मान्यता दिने प्रयास गरिएको छ।

    सहमति पत्रमा यसको कार्यान्वयन संघको विधान अनुसार गर्ने प्रतिबद्धता जनाइएको छ। कुनै विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने व्यवस्था गरिएको छ। सहमतिका सबै बुँदाहरूलाई आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराइने पनि उल्लेख छ। दुई पक्षको सहमति अनुसार ११ सदस्यीय स्टेरिङ कमिटी बन्नेछ।  त्यही कमिटीको नेतृत्वमा ६ महिनाभित्र अधिवेशन हुनेछ। स्टेरिङ कमिटीमा रहेका ११ जनाले अब हुने अधिवेशनमा उमेदवारी दिन पाउने छैनन्। संसारभर रहेका ८० लाख नेपालीहरूको एउटै संस्था बनाउनुपर्छ भन्ने निष्कर्षसहित एउटै संस्था बनाउने अभियान सुरू गरिएको अध्यक्ष केसीले जानकारी दिए।

    परराष्ट्र मन्त्रालयमा अभिलेखित हुने यो सहमति पत्रमा दुवै पक्षका अध्यक्षहरू डा। बद्री केसी र महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। ‘लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ।  एनआरएनको एकताले विश्वभरि छरिएर बसेका नेपालीहरूको हित संरक्षण, मातृभूमिसँगको सम्बन्ध सुदृढीकरण र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आइतबार हुने औपचारिक घोषणासँगै संघको नयाँ युग सुरु हुने विश्वास लिइएको छ। फुटपछि निस्कृय रहेका प्रवासमा रहेका नेपालीहरुमा आशाको किरण देखिएको छ । जसले देश र विदेश जोडेको थियो त्यहि अभियान फेटेपछि लाखौ नेपाली एनआरएन अभियानबाट टाढा थिए । पछिल्लो समय अध्यक्ष्य बद्री केसी र महेश श्रेष्ठले गरेको पहलबाट सबैमा आशाको किरण फैलिएको छ ।

    Post Views: 187
    प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रबार २०:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.