मेरिल्याण्ड राज्य संसदका लागि डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरीमा नेपाली मूलका अमेरिकी डा ह्यारी भण्डारी विजयी भएका छन्। बहालवाला उम्मेदवारका रूपमा मैदानमा उत्रिएका भण्डारी ४,१२८ मत ल्याएर पहिलो स्थानसहित विजयी भएका हुन्। यो मत जित्नका लागि आवश्यक सख्या हो ।

अब उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा रिपब्लिकन उम्मेदवारको सामना गर्नुपर्नेछ। नोभेम्बरमा विजयी भएमा उनले मेरिल्याण्ड राज्य संसदमा तेस्रोपटक प्रतिनिधित्व गर्नेछन्। सन् २०१८ मा मेरिल्याण्डको पहिलो नेपाली अमेरिकी स्टेटबाट जितेका भण्डारी नेपाली मुलका जित्ने पहिलो व्यक्ति हुन । यो समाचार तयार पार्दा सम्म मत गण ना जारी छ ।





