• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २, शनिबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पाकिस्तानमा अस्पतालबाट संकलन गरिएको मानव साल प्लासेन्टा तस्करी गरेर बुढ्यौली कम गर्ने भनिएका महँगा ‘एन्टी–एजिङ’ इन्जेक्शन उत्पादनमा प्रयोग गरिएको आशंकामा ठूलो अन्तर्राष्ट्रिय गिरोहमाथि अनुसन्धान सुरु भएको छ। पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी एफआईएका अनुसार उक्त गिरोहले इस्लामाबाद, रावलपिन्डी, लाहोर र पेशावरलगायतका अस्पतालहरूबाट प्रत्येक महिना करिब २०० किलोग्राम मानव साल खरिद गर्दै आएको थियो। संकलित साललाई विशेष रूपमा सुकाएर प्रशोधन गरी विदेश निर्यात गरिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

    एफआईएले गत महिना इस्लामाबादमा सञ्चालन गरेको छापामार कारबाहीमा एउटा घरलाई अवैध साल प्रशोधन केन्द्रमा रूपान्तरण गरिएको अवस्थामा करिब ५०० किलोग्राम मानव साल बरामद गरेको थियो। घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ भने हालसम्म मानव साल तस्करी प्रकरणमा नौ जना पक्राउ परिसकेका छन्।

    अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले सुरुमा आफूहरूले भेडाको साल प्रशोधन गरिरहेको दाबी गरे पनि थप सोधपुछमा त्यो मानव साल भएको स्वीकार गरेको एफआईएको भनाइ छ। पाकिस्तानको ह्युमन अर्गन ट्रान्सप्लान्ट अथोरिटी की अधिकारी हिना कँवलका अनुसार पक्राउ परेकाहरूले अस्पतालबाट प्रतिवटा प्लासेन्टा करिब २ डलर ९० सेन्ट अमेरिकी डलर मा खरिद गर्ने गरेका थिए। अस्पताल प्रशासनको संलग्नता वा मिलेमतोबिना यस्तो कारोबार सम्भव नहुने उनको भनाइ छ।

    एफआईएका अनुसार मानव सालबाट तयार गरिने एन्टी–एजिङ इन्जेक्शन अन्तर्राष्ट्रिय बजारमा प्रति इन्जेक्शन २ हजार ५ सय ३० अमेरिकी डलरसम्म बिक्री हुने गरेको बताइएको छ। कस्मेटिक सर्जरी तथा सौन्दर्य उपचार क्षेत्रमा यसको माग बढ्दै गएको बताइएको छ। अर्को कारबाहीमा एफआईएले इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनाम पठाइँदै गरेको १०० किलोग्राम मानव साल समेत बरामद गरेको छ। पाकिस्तानमा मानव सालको व्यावसायिक कारोबार गैरकानुनी छ। यस्तो कसुरमा दोषी ठहरिए १० वर्षसम्म कैद र ३ हजार ६०० अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

    प्लासेन्टा गर्भावस्थाका क्रममा गर्भाशयमा बन्ने अस्थायी अङ्ग हो, जसले गर्भस्थ शिशुलाई अक्सिजन, पोषण तथा आवश्यक हर्मोन उपलब्ध गराउने महत्वपूर्ण भूमिका खेल्छ। शिशु जन्मिएपछि यो शरीरबाट बाहिर निस्कन्छ र सामान्यतः चिकित्सकीय जैविक फोहरका रूपमा सुरक्षित तरिकाले व्यवस्थापन गरिन्छ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सदफ तारिकका अनुसार प्लासेन्टा अत्यधिक सङ्क्रामक चिकित्सकीय फोहर भएकाले जन्मिएको २४ घण्टाभित्र सुरक्षित रूपमा जलाएर नष्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड छ। पछिल्ला वर्षहरूमा प्लासेन्टाबाट विभिन्न औषधि, क्याप्सुल, इन्जेक्शन तथा छालासम्बन्धी उत्पादनहरू बनाउन थालिएको छ। यसमा पाइने ग्रोथ फ्याक्टर, इस्ट्रोजन, प्रोजेस्टेरोन लगायतका जैविक तत्वका कारण घाउ निको पार्ने, जलनको उपचार, तन्तु पुनःनिर्माण तथा केही पुनर्जनन चिकित्सामा अनुसन्धान भइरहेको छ।

    यद्यपि प्लासेन्टाबाट बनेका उत्पादनले बुढ्यौली रोक्ने वा उमेर घटाउने दाबीलाई पुष्टि गर्ने पर्याप्त वैज्ञानिक प्रमाण भने अहिलेसम्म उपलब्ध छैन। स्वास्थ्य विज्ञहरूले यस्ता उत्पादन प्रयोग गर्दा वैज्ञानिक प्रमाण, सुरक्षा र कानुनी मान्यताबारे सावधानी अपनाउन सुझाव दिएका छन्।

    अमेरिकाको बजार अनुसन्धान संस्था पोलारिस का अनुसार प्लासेन्टामा आधारित उत्पादनहरूको विश्वव्यापी बजार हाल ७० करोड अमेरिकी डलरभन्दा बढी रहेको छ। सन् २०३४ सम्म यो बजार १ अर्ब ४० करोड अमेरिकी डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ। जापान, दक्षिण कोरिया र केही अन्य एशियाली देशहरूमा मानव, सुँगुर तथा घोडाको प्लासेन्टाबाट बनेका विभिन्न स्वास्थ्य पूरक उत्पादनहरू बिक्री भइरहेका छन्। चीनमा व्यावसायिक रूपमा मानव प्लासेन्टा किनबेच प्रतिबन्धित भए पनि भूमिगत बजार र अनलाइन माध्यमबाट यसको अवैध कारोबार भइरहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन्।

    स्वास्थ्य विज्ञहरूका अनुसार प्रशोधन नगरिएको वा अवैध रूपमा संकलन गरिएको मानव प्लासेन्टामा एचआईभी, हेपाटाइटिस बी, सिफिलिस लगायतका सङ्क्रामक रोगका जीवाणु वा भाइरस हुन सक्ने जोखिम रहन्छ। त्यसैले यस्ता उत्पादनको प्रयोग चिकित्सकीय प्रमाण र नियामक निकायको स्वीकृतिबिना गर्नु स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण हुन सक्छ। बिबिसी समाचारमा आधारित

    Post Views: 92
    प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार ०८:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.