• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यूएनको कार्यक्रममा मन्त्रालयका सचिवलाई बाइपास, मन्त्रिका सचिवलाई न्युयोर्कमा

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ७, बिहीबार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं — संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम यूएन–हेबिट्याट सम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी गराउन सरकारले सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई प्रधानमन्त्रीको सचिवालयका सचिव सन्तोष पाण्डेलाई न्युयोर्क पठाएको विषयले प्रशासनिक तथा कर्मचारी वृत्तमा चर्चा सुरु भएको छ।

    यूएन–हेबिट्याट सहरी विकास, दिगो बसोबास, आवास नीति तथा शहरी व्यवस्थापनसँग प्रत्यक्ष रूपमा सम्बन्धित संयुक्त राष्ट्रसंघीय निकाय हो। यससँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रममा सामान्यतः सम्बन्धित मन्त्रालयका सचिव वा प्राविधिक नेतृत्व सहभागी हुने अभ्यास रहँदै आएको छ।

    तर यसपटक सहरी विकास मन्त्रालयका प्रशासनिक प्रमुख सचिव सिग्देललाई सहभागी नगराई प्रधानमन्त्रीको सचिवालयमा कार्यरत सचिव पाण्डेलाई नेपालको प्रतिनिधित्वका लागि पठाइएको छ। यस निर्णयको कारणबारे सरकारले औपचारिक रूपमा कुनै स्पष्टीकरण दिएको छैन।

    पाण्डेले पूर्वाधारविकास मन्त्रीको निर्णयबाट आफू अमेरिका गएको बताए। ‘मन्त्रीज्यूको सिफारिसमा अमेरिका पुगेको हुँ। प्रोटोकल मिलाएरै गएको हुँ। मन्त्रीज्यू कार्यव्यस्ताकाका कारण जान सक्नुभएन। उहाँले मलाई सिफारिस गर्नुभएको हो’, पाण्डेले भने, ‘मन्त्रीज्यूका लागि निमन्त्रणा आएको हो। उहाँले आफू नगएर मलाई पठाउनुभएको हो।’

    प्रशासनिक वृत्तका अनुसार सम्बन्धित मन्त्रालयको नेतृत्वलाई बाइपास गरेर प्रधानमन्त्रीको सचिवालयका अधिकारीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा पठाउने निर्णयले संस्थागत कार्यप्रणाली, जिम्मेवारीको बाँडफाँट तथा प्रशासनिक परम्पराबारे प्रश्न उठाएको छ। यद्यपि प्रधानमन्त्री कार्यालय वा सहरी विकास मन्त्रालयले यस विषयमा सार्वजनिक प्रतिक्रिया जनाइसकेका छैनन्।

    Post Views: 13
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार ०७:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
    Advertisement
    ताजा अपडेट
    • १. यूएनको कार्यक्रममा मन्त्रालयका सचिवलाई बाइपास, मन्त्रिका सचिवलाई न्युयोर्कमा

    • २. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ३. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ४. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ५. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.