• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २४, आईतवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लण्डन — नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने बताइएको छ।  जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एल. पी. भानु शर्माले नेपालले संसारलाई हिमाल र प्राकृतिक सौन्दर्य मात्र नभई आफ्नो अद्वितीय आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि दिन सक्ने बताए।

     लण्डनस्थित नेपाली दूतावासमा बिहिबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै गुरु शर्माले आरोग्य पर्यटनबाट नेपालीहरुको प्रतिव्यक्ति आय पांच गुनासम्म बढ्न सक्ने पनि जनाए।

    कार्यक्रमलाई सम्बोधन गर्दै गुरु एल. पी. भानु शर्माले नेपाल लगायतका मुलुकको प्रस्तावमा संयुक्त राष्ट्र संघले हरेक वर्ष १५ अप्रिललाई विश्व आरोग्य दिवसको रुपमा मनाउन थालेको र नेपालले त्यसको नेतृत्व गर्नु पर्ने जनाए। उनले नेपालको हिमाली परम्परामा आधारित योग, ध्यान, अध्यात्म, माइन्डफुलनेस, प्राकृतिक स्वास्थ्य पद्धति तथा सचेत जीवनशैलीलाई विश्वव्यापी आरोग्यको आधारका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। यस्ता सम्पदाले नेपाललाई विश्वस्तरको वेलनेस, आन्तरिक रूपान्तरण र समग्र समृद्धिको गन्तव्यका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो।

    “विश्व समुदायलाई नेपाल हेर्न मात्र होइन, नेपाललाई अनुभूति गर्न निमन्त्रणा दिनुपर्छ,” उनले भने। “नेपालको प्रकृति, ज्ञान, उपचार परम्परा र जीवनशैलीलाई विश्वसामु पुर्‍याउन हामी सबैले सहकार्य गर्न आवश्यक छ।”

    उनले ‘हिमालयन विज्डम, ग्लोबल वेलबिइङ’ (हिमालयको ज्ञान, विश्वको कल्याण) को अवधारणालाई अघि सार्दै नेपालको आरोग्य परम्परा केवल हाम्रो सांस्कृतिक सम्पदा मात्र नभई विश्वलाई दिन सकिने अमूल्य उपहार भएको उल्लेख गरे।

    कार्यक्रमका क्रममा सहभागीहरूलाई ‘सेल्फ–अवेकनिङ मेडिटेसन’ अभ्यास पनि गराइएको थियो। छोटो समयको ध्यान अभ्यासपछि धेरै सहभागीहरूले मानसिक शान्ति, वर्तमान क्षणप्रतिको सजगता तथा सकारात्मक ऊर्जाको अनुभूति गरेको अनुभव साझा गरेका थिए। यसले ध्यान केवल सैद्धान्तिक विषय नभई प्रत्यक्ष अनुभव गर्न सकिने अभ्यास भएको सन्देश दिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूतले बिपिन दुवाडीले गुरु शर्माप्रति धन्यवाद व्यक्त गर्दै नेपाल सरकारले आरोग्य पर्यटनको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए। उनले नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा आत्मचेतना, मानसिक एवं शारीरिक स्वास्थ्य, आन्तरिक रूपान्तरण र समृद्धिबीचको सम्बन्धबारे सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो। कार्यक्रमले नेपालको योग, ध्यान, अध्यात्म र प्राकृतिक स्वास्थ्य परम्परालाई विश्वसँग जोड्दै आरोग्य पर्यटनको नयाँ सम्भावना उजागर गरेको सहभागीहरूले बताएका छन्।

    Post Views: 9
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार ०८:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ
    अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा
    अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ

    • २. नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा

    • ३. अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ५. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.