• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नयाँ राष्ट्रपतिको नयाँ कदम माल्दिभ्सबाट भारतीय सेना आउट

  •  
  • २०८० चैत्र ८, बिहीबार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    एजेन्सी, मालदिभ्समा आएको राजनीतिक परिवर्तनको प्रभाव देखिन थालेको छ । खासगरी नयाँ सरकार बनेसँगै माल्दिभ्समा रहेका भारतीय सेना त्यहाँबाट फर्किन थालेका हुन् । यसको ठूलो भूराजनीतिक अर्थ पनि छ । पछिल्लो आम चुनावबाट शक्तिमा आएका राष्ट्रपति मोहम्मद मोइजु चिनियाँ निकट मानिन्छन् जसले गत नोभेम्बरमा आयोजित चुनावका बेला नै भारतीय सेनालाई आफ्नो देशबाट फिर्ता गराउन भूमिका खेल्ने बाचा गरेका थिए । उनले आफ्नो सरकार बनाएको केही सातामै माल्दिभ्समा तैनाथ रहेका भारतीय सेनाले मुलुक छोड्नुपरेको हो ।
    मोइजुले समयसीमा तोकेरै आगामी मेभित्र भारतीय सेनाले माल्दिभ्स छोडिसक्नुपर्ने म्याद दिएका थिए । त्यसै अन्तर्गत आइतबारबाट सेना फिर्तीको सुरुवात भएको बीबीसीले उल्लेख गरेको छ । भारतले ८० सैनिक त्यहाँ तैनाथ गरेको थियो । आफुले माल्दिभ्सलाइ सहयोग स्वरुप दिएका हवाइजहाज सञ्चालन र त्यहाँ उद्दारको कामका लागि सेना तैनाथ गरिएको भारतले बताउँदै आएको छ । भारतले माल्दिभ्सलाइ गत वर्षमात्रै केही थान हेलिकप्टर र साना जहाज उपलब्ध गराएको थियो ।
    सेना हटाएर जहाज सञ्चालनका निम्ति गैर सैन्य भारतीय कर्मचारी राख्न भने दिल्ली र मालेबीच सहमति भएको छ । भारतीय पुर्व विदेश सचिव श्याम शरणले बीबीसीसँग भनेका छन्– ‘भारतले सहयोग स्वरुप दिएका जहाज माल्दिभ्समै हुनेछन् । तीनको मर्मत संहार र सञ्चालन गैर सैन्य भारतीय कर्मचारीहरुबाट गर्नका निम्ति दुबै पक्षबीच सहमति जुटेको छ ।‘
    माल्दिभ्समा भारतको प्रभाव लामो समयदेखि थियो । माल्दिभ्ससँग उसले रणनीति साझेदारी गर्दै आएको थियो । माल्दिभ्समा सेना राखेर भारतले हिन्द महासागरमा निगरानी गर्थ्यो। माल्दिभ्स र भारतको सम्बन्ध केही महिना यतादेखि चिसिँदै आएको हो । कतिपयले माल्दिभ्समा सेना हटाएर गैर सैन्य भारतीय कर्मचारी राख्न मोइजुको सहमतिलाइ जायज मानेका छैनन् ।

    मोइजु भारत विरोधी रहेका कारण दुइ मुलुकको सम्बन्धमा दरार आएको हो । एशियाली शक्तिहरुले यस क्षेत्रबाट आफ्नो प्रभाव बढाउने संघर्ष गरिरहेको अवस्थामा चीनले लाभ लिन खोजेको छ । केही विश्लेषकहरुले माल्दिभ्स एशियाली शक्तिबीचको प्रतिद्वन्दितामा फस्ने जोखिम बढेको बताएका छन् ।

    चीनले माल्दिभ्सलाइ पुर्वाधार र आर्थिक विकासका लागि अर्बौँ डलर बराबरको ऋण दिएको छ । गत जनवरीमा बेइजिङ र माले दुबैले रणनीतिक साझेदारीलाइ अझै वृहत बनाउने सहमति पनि गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै मोइजु पहिले चीन पुगेका थिए । यसअघिका त्यहाँका नेताहरु पहिले भारत पुग्थे ।

    गत सातामात्रै माल्दिभ्सले चीनसँग सैन्य सहायता सम्बन्धिमा पनि सम्झौता गरेको छ । यो सम्झौताप्रति दिल्लीले मालेसँग केही चासो व्यक्त गरेको थियो । चीनको सैन्य सहायता पुर्ण रुपमा निशुल्क रहेको जवाफ मालेले दिल्लीलाइ दिएको छ । मोइजुले चीनबाट गैर घातक हतियार सित्तैमा लिने र माल्दिभ्सका सेनाको सीप अभिवृद्धिका लागि चिनिँया सेनाले तालिममा सहयोग समेत गर्ने बताएका छन् ।

    माल्दिभ्सका राजनीतिक विश्लेषक अजिम जहैरले बीबीसीसँग भनेका छन्– ‘रक्षा मामिलामा चीनसँगको सम्झौता अप्रत्यासित थियो ।माल्दिभ्सले चिनिँया सहयोग पाउनेगरी रक्षा सम्झौता गरेको छ । चीनसँग निकट मोइजुले चिनिँया लगानी बढाउनेनै थिए तर चीनसँग यो हदसम्मको सहकार्यको स्थितिमा पुग्लान् भन्ने कसैले सोचेको थिएन,’ उनले भने ।
    यता बेइजिङले भने माल्दिभ्ससँग दीर्घकालनी सैन्य सहकार्य नरहेको बताएको छ । ‘दुइ मुलुकबीचको सामान्य सहकार्यका रुपमा यसलाइ लिनुपर्छ । यदि चीनले हिन्द महासागरमा निगरानीका निम्ति विस्तृत सहकार्य गर्न चाहेको खण्डमामात्रै माल्दिभ्ससँग केही रणनीतिक सम्झौता हुनसक्छ,’ चेन्दुस्थित विश्व मामिला थिंक ट्यांकका अध्यक्ष डा लन सेङचुनले भनेका छन् ।
    खाद्यान्न, औषधी तथा निर्माण सामाग्री आयातकाल गि माल्दिभ्स अझैपनि भारतसँगै निर्भर छ । त्यसैले विगतका सरकारहरुले भारतलाइ पहिलो प्राथामिकतामा राख्थे । अहिले चीनले आश्वासन दिएसँगै भारत पहिलेको नीति परिवर्तन भएको छ ।
    विगतमा प्रतिपक्षमा रहँदा मोइजुले भारतसँगको गठजोडबारे सरकारले प्रस्ट नपारेको आरोप लगाउँथे । अहिले उनले चिनिँया गठजोठबारे उस्तै आलोचना खेपीरहेका छन् । ‘पारदर्शिताका मामिलामा मोइजु पनि विगतका सरकारभन्दा पृथक देखिएनन् । यदि थिए भने बेइजिङ जाँदा उनले गरेका सहमतिको जानकारी गराउनुपर्थ्यो,’ विश्लेषक जहैरले भनेका छन् ।
    गत महिना मात्रै मोइजु प्रशासनले चिनिँया जहाजलाइ त्यहोँ बन्दरगाहमा राख्ने अनुमति दिएको थियो। दिल्लीले मालेको यस कदमप्रति असन्तुष्टि राख्दा मोइजु प्रशासनको भनाइ थियो–‘चिनिँया कर्मचारीहरुको अदला बदलीका लागि जहाज आएको हो।’

    मोइजु प्रशासनको यस भनाइप्रति दिल्ली सहमत भएन । केही तथ्यांक संकलन र त्यहाँ चिनिँया जल सेनाका गतिविधिका लागि अध्ययन गर्न जहाज रोकिएको आरोप दिल्लीले लगायो । माल्दिभ्ससँगको सम्बन्धमा दरार उत्पन्न हुँदै जाँदा भारतले माल्दिभ्स नजिकै रहेको भारतीय टापु लक्ष्यद्वीपमा जल सेनाको अड्डा राखेको छ।
    मोइजुको भारतविरोधी गतिविधिप्रति माल्दिभ्समा धेरै जना चिन्तित छन् । खाद्यान्न, औषधी र मुख्य व्यवसाय पर्यटनमा भारतसँगै निर्भर रहेकाले यसरी चुनौती दिनु जाहेज नहुने कतिपयको मत छ । माल्दिभ्ससँग तनाव बढ्दै गएपछि भारतीय पर्यटक नरेन्द्र मोदीले लक्ष्यद्वीपको प्रवर्द्धनका लागि नागरिकसँग आग्रह गरे । त्यसपछि भारतीयहरुले माल्दिभ्सका पर्यटकीय गन्तव्यलाइ बहिष्कार गर्ने नीतिनै लिए । भारतीय पर्यटक घटेसँगै चीनले भने माल्दिभ्स लक्षित गर्दै प्राथमिकतासाथ पर्यटक पठाउन थालेको छ । माल्दिभ्सको पर्यटन मन्त्रालयका अनुसार जनवरी र फेब्रुअरीमा त्यहाँ ४ लाख पर्यटक भित्रिएका थिए । ती मध्ये १३ प्रतिशत चिनिँया थिए । भारतीय पर्यटकको संख्या भने घटेको त्यहाँको पर्यटन मन्त्रालयको तथ्यांक छ । २१ अप्रिलमा त्यहाँ संसदीय निर्वाचन हुँदैछ । त्यस निर्वाचनमा बहुमत हाँसिलका लागि मोइजु विभिन्न बयानबाजी र भारतप्रति कठोर हुने नीतिमा अघि बढिरहेको कतिपयको बुझाइ छ ।

    Post Views: 119
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.