• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्रमन्त्री चीन भ्रमणः बीआरआई परियोजना अनुदान बनाउने विषयमा चिन मौन

  •  
  • २०८० चैत्र ११, आईतवार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन । चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङ गएका हुन । परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने सोही दिन द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री श्रेष्ठ चैत्र १९ गते स्वदेश फर्कने छन्।

    सत्ता समीकरण फेरिएपछि परराष्ट्रमन्त्री बनेका श्रेष्ठ चिनियाँ अधिकारीहरुले बीआरआई परियोजना अघि बढाउने विषयमा परराष्ट्रमन्त्री श्रेष्ठसँग गम्भीर छलफल गर्ने तयारी गरेको स्रोतले बताए पनि चिनिया पक्ष भने मौन देखिन्छ । यद्यपी, अर्थ मन्त्रालयले भने ऋणमा बीआरआई परियोजना अघि बढाउनेबारे तयारी नगरेको स्रोतले बताएको छ। बीआरआई परियोजना ऋण हो कि अनुदान भन्ने स्पष्ट नहुँदा कार्यान्वयनमा कठिनाइ भइरहेको छ। श्रेष्ठले बीआरआईका परियोजनाहरु अनुदानमा बनाइदिन समकक्षी यीसँग छलफल गर्ने तयारी गरेका छन्।

    चिनियाँ विदेशमन्त्री यी को नेपाल भ्रमणका बेला लत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने स्पष्ट जवाफ दिएका थिए। त्यसपछि बीआरआई अन्तरगतका परियोजनाको कार्यान्वयनका लागि कुनै मोडालिटी बनेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देशसमेत लिएर बेइजिङ जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठले बीआरआईका केही परियोजनाहरु अनुदानमा ढाल्न प्रस्ताव गर्ने तयारी रहेको स्रोतले बताएको छ। प्रधानमन्त्री दाहालले भूराजनीतिक जोखिमका कारण बीआरआई परियोजना अघि बढन नसकेको सन्देश पटक(पटक बेइजिङ पठाइसकेका छन्। स्वयम् प्रधानमन्त्री दाहालले समेत पछिल्लो पटक चीन भ्रमणमा गएका बेला चिनियाँ राष्ट्रपति सि जिनफिङसँगको भेटमा सोही कुरा भनेका थिए। चीनले बीआरआईको कार्यन्वयनलाई प्रतिष्ठाको विषय बनाएको छ।

    Post Views: 130
    प्रकाशित मिति: २०८० चैत्र ११, आईतवार १०:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.