• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पर्यटक रमाउने नेपालका विश्वप्रसिद्ध साहसिक खेल

  •  
  • २०८० चैत्र १२, सोमबार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    – गोविन्द मरासिनी

    काठमाडौं । पछिल्लो समय नेपालमा साहसिक खेलप्रति लगानी वढ्दो छ । आन्तरिक मात्र नभई वाह्य पर्यटकहरु साहसिक खेलमा रमाउनकै लागि नेपाल आउने क्रम बढिरहेको पाइन्छ । नेपालका बिभिन्न ठाउँमा सञ्चालन गरिएका साहसिक खेलले नेपालको पर्यटन प्रबद्र्धनमा थप सघाउन पु¥याएको पाइन्छ ।

    बन्जी जम्प÷स्वीङ
    सिन्धुपाल्चोकको भोटेकोसी र पोखरामा बन्जी जम्प सञ्चालनमा रहेको छ । भोटेकोसीमा सञ्चालित बन्जीको उचाई १६५ मिटर रहेको छ भने पोखराको बन्जी जम्पको उचाइ ६५ मिटर अग्लो रहेको छ । भोटेकोशीमा रहेको ‘द लाष्ट रिर्सोट’ ले बन्जीसँगै स्वीङ पनि सञ्चालन गर्दै आएको छ । साहसिक बञ्जी र स्वीङ गर्नका लागि दैनिक सयौं नेपाली तथा विदेशी पर्यटक त्यसतर्फ प्रस्थान गर्ने गर्दछन् । पोखरा र भोटेकोशीका अलवा गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परीक्षण भईसकेको छ । यो बन्जीको उचाइ करीव दुई सय २५ मिटर अग्लो हुने छ । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर रहेको छ । पर्वतमा बन्जीसँगै स्वीङ, स्तरीय रिसोर्ट समेत सञ्चालनमा छ ।
    क्यान्योनिङ

    नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल क्यानोनिङ हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै, चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भएको छ । युरोप र अमेरिकामा निकै लोकप्रिय यो अति साहसिक खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा परेको छ । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यस खेलका मुख्य विशेषता हुन् । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारीको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५,२१५ मिटर उचाइको लुगा खोलाको छाँगा क्यान्योनिङको लागि विश्वकै सबैभन्दा उचाइको मानिन्छ । लमजुङमा पर्ने मस्र्याङ्दी उपत्यका छेउछाउका खोला र झरना पनि क्यान्योनिङ प्रेमी पर्यटकहरु हुरुक्कै हुन्छन् । लमजुङको सदरमुकाम बेसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे ताल र साचुप झरना साहसिक एवम् व्यावसायिक खेलाडीले बढी रुचाउँछन् ।

    प्याराग्लाईडिङ

    नेपालमा पर्यटकहरु आकर्षण हुने अर्को प्रमुख साहसिक खेलमा प्याराग्लाईडिङ पनि एक हो । गण्डकी प्रदेशको राजधानी पोखरामा हाल व्यावसायिक रुपले प्याराग्लाईडिङ सञ्चालनमा छ । पोखराको सराङकोटको डाडाँबाट उडान शुरु भएर पोखराको फेवाताल नजिकै यसको ल्याण्ड हुन्छ । हाल पोखरा बाहेक स्याङ्जा, पाल्पा, ललितपुरको गोदावारी, काठमाडौंको शंखरापुर, धरान, इलाम, संखुवासभा, सुर्खेत, तनहुँको बन्दिपुर लगायत स्थानमा पाराग्लाईडिङ सन्चालनमा रहेको छ । स्याङजाको भीरकोट स्वरेक मैदानमा २०१८ मा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताले नेपालको नाम विश्वमै उचो भएको थियो । प्रतियोगितामा २० देशका प्याराग्लाईडिङ पाइलटहरु सहभागी रहेका थिए । अन्य स्थानहरुमा प्याराग्लाईडिङ सञ्चालनमा रहेतापनि हालसालै पर्यटकीय राजधानी घोषणा भएको पोखरा नै प्याराग्लाईडिङको लागि प्रमुख गन्तब्य हो ।

     

    जीप फ्लाईङ

    जीप फ्लाईङका लागि पनि महत्वपूर्ण स्थान पोखरा नै हो । तर हालसालै काठमाडौं बाट नजिकै धुलिखेलमा सञ्चालित नयाँ जीप फ्लाईङले पनि धेरैको ध्यान त्यसतर्फ केन्द्रित गरेको छ । पोखराको सराङकोट डाडाँबाट सेतो हिमाल र हरियाली जंगलको अवलोकन गर्दै हेम्जासम्म १५ सय मिटरको उचाईबाट करीब १ दशमलब ८ किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ । यस्तै, धुलिखेलमा ४ कि.मी. अगाडी सञ्चालित ११ सय मिटर लामो जिप लाइन समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९० किलोमिटरको हुन्छ । यसका साथै पर्वत, चन्द्रागिरी, चोभार, भेडेटार लगायतका स्थानमा पनि जीप फ्लाईङको सुविधा रहेको छ ।

     

    स्काइ ड्राइभ

    प्यारासुट लगाएर जहाजबाट तल झर्ने साहसिक यो खेल केहि बर्ष अगाडी शुरु भएर बन्द भएको थियो । अहिले फेरी पर्यटकीय नगरी पोखरामा यो साहसिक खेल शुरु भएको छ । साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् । स्काई डाइभिङ निकै व्यवस्थित व्यवस्थापनबाट गरिने बिशिष्ट हवाई खेल मानिन्छ । यो साहसिक खेलमध्येको सबैभन्दा जोखिमपूर्ण खेल समेत हो । सन् २००८ बाट परीक्षण र २०१३ बाट व्यावसायिक उडान गर्न थालिए पनि नेपाली दक्ष जनशक्तिको अभावका कारण र महँगो पर्ने भएकाले फस्टाउन नसकेको हो । बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काइडाइभमा करिब १५ सेकेण्ड ‘फ्रि फल’ हुने भएकाले पनि साहसिक खेल पारखीहरुले यो खेल रोज्ने गर्दछन् ।

    रक क्लाइम्बिङ

    साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङ गर्न अहिले उक्त ठाउँमा स्वदेशी तथा विदेशी आरोहीहरूको आगमन बढ्न थालेको छ । यो खेल खेल्दा अग्लो पहरामा डोरीको सहायताले उक्लने र झर्ने गरिन्छ । यसो गर्दा हात र खुट्टाले बल लगाउनुपर्छ । वाल क्लाइमिङ, रक क्लाइमिङ र आइस क्लाइमिङ गरी ३ प्रकारका क्लाइम्बिङ हुने गर्दछन् । शहर केन्द्रित गरिने वाल क्लाईमिङ र प्रायः नेपालमा सबैजसो गरिने रक क्लाइम्बिङ र ठूला–ठूला हिमालहरुमा गरिने क्लाइमिङ आइस क्लाइम्बिङ भनिन्छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी, लमजुङको पर्यटकीय गाउँ पुरानकोट, काठमाडौंको नगरकोट, ललितपुरको हात्तिवन, वालाजुको नागार्जुन, तनहुँको विमलनगर, पोखरामा हलनचोक नजिकै, खुम्बु सगरमाथा जाने बाटो, सोलुखुम्वुको थामे, ईलाम लगायतका स्थानमा यो खेल सञ्चालनमा छ भने केहिमा स्थानहरुमा सफल परीक्षण भईसकेको छ । यस खेलप्रति अहिले नै पर्यटकहरु त्यति आकर्षण नदेखिएपनि बिस्तारै आकर्षण बढ्ने अनुमान गरिएको छ ।

    स्कि

    प्रायः युरोप मुलुकतिर हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल हो स्कि । हिउँले ढाकिएको डाँडा अथवा अग्लो भागबाट खुट्टामा लगाइएको सुरक्षित बुटमा अड्काइएका पातामा चढेर ओरालोतर्फ झरेर रमाइलो गरी यो खेल खेल्न सकिन्छ । अब यो खेल उकालोमा समेत खेल्न मिल्ने गरी नेपाली युवाहरूले देशमै पहिलो पटक ‘स्कि लिफ्ट’ समेत सुरु गरिसकेका छन् । लाङटाङ क्षेत्रको क्यानजिङ गुम्वा आसपास, याला पिक, गोसाईकुण्ड, कालिन्चोक, अन्नपुर्ण वेश क्याम्प, थोरङला पास मिरा पिक, एभरेष्ट कालापत्थर, मनास्लु वेश क्याम्प, धवलागिरी वेश क्याम्प यस खेलका लागि उपयुक्त स्थान मानिन्छ ।

    हट एअर बेलुन

    पर्यटकीय नगरी पोखरामा एक बर्षअगाडी शुरु गरिएको साहसिक गेम ‘हट एअर बेलुन’ प्रति पर्यटकहरु आकर्षित भएका छन् । पाइलट सहित ९ सिट भएको ठूलो बेलुनमा हावा भरेर ग्यासबाट तातो हावा भरेर उडाउने गरिन्छ । मौसम अनुसार २ देखि ३ हजार फिट सम्म उचाईमा यसको उडान हुने गर्दछ । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याईएको यस खेलका लागि २ प्रकारको प्याकेजको व्यबस्था गरिएको छ । पोखरामा यस साहसिक खेलको सञ्चालन बेलुन नेपालले गर्दै आएको छ ।

    ¥याफ्टिङ वा कायाकिङ

    साहसिक खेलमा रमाउनेहरुका लागि ¥याफ्टिङ वा कायाकिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । ¥याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुंगा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो  । यो एउटा मनोरञ्जक साहसिक खेल हो । ¥याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन्  । सुनकोशी, मस्र्याङदी, भोटेकोशी, त्रिशुली, कर्णाली, सेती, भेरी, राप्ती, कालिगण्डकी, सेती लगायतका नदीहरुमा ¥याफ्टिङको मजा लिन सकिन्छ ।

    माउण्टेन वाईकिङ÷साईकलिङ

    हिमालमा साईकल वा वाईकिङमा घुम्ने र साईकल कुदाउने यस साहसिक गेमप्रति बिस्तारै पर्यटकहरु आकर्षित हुँदै छन् । रेसिङमा डाउन हिल, अप हिल, सोलो मेसन, पहाडको टुप्पोबाट झर्ने गाडी मोटरसाईकलमा हिमालको जरा जरासम्म अन्नपूर्ण बेसक्याम साईकलमा घुम्ने कम्पिडिसन छ । हरेक तह र तप्कामा ब्यक्तिहरु यो खेल खेल्न सक्छन् । अरु साहसिक खेल जस्तो यो खेल त्यति महँगो खचिलो पनि छैन् । रुचीअनुसार र स्थानअनुसार फरक फरक रेट कायम गरिने गरिन्छ । पर्यटक नगर काठमाडौं, पोखरा, चितवन, धरान लगायतका क्षेत्रमा साईकलिङको क्रेज छ भने हिमाली भेगमा यो खेल खेल्दा उतिकै रमाइलो हुन्छ ।

    Post Views: 330
    प्रकाशित मिति: २०८० चैत्र १२, सोमबार ०७:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.