• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कलाकार कंगना रनौत लोकसभा चुनावमा उम्मदेवार

  •  
  • २०८० चैत्र १३, मंगलवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मदेवार बनाएको छ । आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो ।

    भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा चुनाव लड्न सक्ने संकेत दिएकी थिइन् ।

    कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् । त्यति मात्र होइन उनले खुलेरै भाजपा नेतृत्वको सरकारको प्रशंसा गर्न थालिन् । केही समयमा उनलाई सरकारले ‘वाई प्लस’ सुरक्षासमेत दियो । त्यतिबेलै यो अनुमान गरिएको थियो, ‘छिट्टै भाजपाले कंगनालाई राज्यसभा वा लोकसभा सांसद बनाउँछ ।’

    कंगना कहिले झगडा त कहिले अब्बल अभिनयले बलिउडमा चर्चामा आइरहने कलाकार हुन् । सन् २००६ मा अनुराग बसुनिर्देशित ‘ग्यांग्स्टर’ चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । पहिलो फिल्मको अभिनयले नै उनले प्रशंसा बटुल्न सफल भइन् । उनले यस फिल्मबाट ‘फिल्मफेअर बेस्ट डेब्यु अवार्ड’समेत हात पारिन् । सन् २००७ मा ‘वो लम्हे’ र ‘लाइफ इन अ मेट्रो’ ले फिल्मी करियरलाई अगाडि बढाए पनि सन् २००८ को ‘फेसन’ ले कंगनालाई थप उचाइमा पुर्‍यायो ।

    फेसन-दुनियाँको कहानी समेटिएको चलचित्रका निर्देशक मधुर भण्डारकर थिए भने प्रमुख भूमिकामा थिइन् प्रियंका चोपडा । कंगनाले उक्त फिल्मबाट सहकलाकारका लागि राष्ट्रिय पुरस्कारसमेत पाइन् । त्यसपछि उनले फिल्मी करियरमा पछाडि फर्केर हेर्नु परेन । सन् २०११ मा आएको ‘तन्नु वेड्स मनु’ का लागि उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् ।

    त्यस्तै विकास बहलनिर्देशित ‘क्विन(२०१४)’ ले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो । उनी ‘मर्णिकर्णिका’ मा ‘झाँसीकी रानी’ को भूमिकामा देखिएकी थिइन् जुन १०० करोडभन्दा बढी संकलन गर्न सफल भएको थियो । कंगनाका केही फिल्मबाहेक सबैले व्यापारिक हिसाबमा सफलता प्राप्त गरेका छन् । कंगनाले बलिउडमा नातावाद हाबी भएको भन्दै करण जोहरलगायतका फिल्मकर्मीमाथि समेत आरोप लगाउँदै आएकी छिन् ।

    भारतमा ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव १९ अप्रिलदेखि सुरु हुनेछ । यस पटक लोकसभा चुनाव ७ चरणमा हुनेछ । भारतीय निर्वाचन आयोगका अनुसार १९ अप्रिलमा हुने पहिलो चरणको मतदानका लागि यही २० मार्चदेखि उम्मेदवारी दर्तालगायत प्रक्रिया सुरु हुनेछ

    । दोस्रो चरणको मतदान २६ अप्रिल, तेस्रो ७ मे, चौथो १३ मे, पाँचौं २० मे, छैटौं २५ मे र सातौं चरणको मतदान १ जुन हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ । सबैतिरको मतगणना एकै साथ ४ जुनमा सुरु हुने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले बताए । पहिलो चरणमा लोकसभाका १ सय २ सिट, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैटौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

    उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल राज्यमा सातवटै चरणमा मतदान हुने कार्यतालिका छ । यी तीनवटै भारतीय राज्यहरू नेपालसँग सिमाना जोडिएका छन्, जसका कारण सुरक्षा संवेदनशीलताका आधारमा नेपाल–भारतको सीमा क्षेत्र करिब डेढ महिनासम्म नै प्रभावित रहनेछ ।

    Post Views: 173
    प्रकाशित मिति: २०८० चैत्र १३, मंगलवार ०८:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.