• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो : वर्षा राउत, अभिनेत्री

  •  
  • २०८० चैत्र १३, मंगलवार ०८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वर्षा राउत अहिलेकी सफल तथा स्थापित अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन् । फिल्ममा डेब्यु गरेकै वर्षमा सफलतामा ‘ह्याट्रिक’ गरेकी वर्षासँग हालै गरिएको कुराकानीको सम्पादित अंशः

    विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाइँ म्युजिक भिडियोबाट ‘जात्रा’ मा काम गर्ने बेलामा असहजता भएन ?

    प्रारम्भमा त मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।

    सम्पदा (सम्पु) कस्तो स्वभावकी महिला हुन् ?

    सम्पु एउटा असल र इमान्दार महिला हु्न् । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हु्न हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’ मा अझै सङ्घर्षशील गृहणी बनेकी छिन् सम्पु । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छिन् । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।

    फिल्ममा तपाईँको प्रेम विवाह भयो, तर प्रेम प्रसङ्ग निकै कम छ नि ?

    हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’ मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनु भयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नु पर्नेछ । फेरी मूल कथा नै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

    पहिलो फिल्ममा हिरोइन भन्नु भएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नी ?

    त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन ।

    तपाईँको बुझाईमा ‘महाजात्रा’ के हो ?

    ‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

    डेव्यू वर्षमै तीन सफल फिल्म दिनु भएपछि भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ?

    कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन् मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ । त्यसैले आफूलाई पर्दामा ल्याईराख्नु पर्ने दवावसँगै फरक गर्नु पर्ने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भनेर हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

    कस्तो फिल्ममा देखिन मन छ ?

    मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ । ‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथलाई पर्दामार्फत दर्शकसम्म पुर्याउन मन छ । ती पात्रप्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ ।

    Post Views: 216
    प्रकाशित मिति: २०८० चैत्र १३, मंगलवार ०८:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.