• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेनपावरलाई दिए कोरियाको रोजगार कोटा गुम्नसक्ने कोरियाली राजदुतको चेतावनी

  •  
  • २०८० चैत्र १४, बुधबार ०७:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं । सरकार परिवर्तन हुँदैपिच्छे फरक अभिव्यक्ति आएपछि दक्षिण कोरियाले श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट कोरियाको ई–७ भिसा सम्बन्धमा भएको निर्णयप्रति चासो व्यक्त गरेको छ । गत १७ फागुनमा श्रम मन्त्रालयले म्यानपावर कम्पनीलाई कोरियामा सिपयुक्त श्रमिक पठाउन अनुमति गरी कार्यविधि जारी गरेपछि कोरिया सरकारको चासो बढेर गएको हो । आकर्षक रोजगारीको उदुगम स्थल मानिएको कोरियाले यस्ता विवाद बढेको खण्डमा रोजगारीको अवसर प्राप्त नहुनसक्ने चेतावनी दिएको समाचार श्रोतको दावी छ । नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले सो कार्यविधि वेबसाइटबाट हटाउन लगाएर यसबारे अध्ययन गरेर सुझाव दिन सहसभचव गोबिन्द्रसाद रिजालको नेतृत्वमा समिति नै बनाएपटि श्रममन्त्री अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले चासो प्रकट गर्दै सरकारको निर्णय र नीतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन ।

    मन्त्रालय स्रोतका अनुसार राजदूतले कोरियाको रोजगारीका सम्बन्धमा नेपालभित्र कुनै विवाद नहोस् भन्ने आफूहरुको चाहना रहेको र यदि विवाद बढ्दै गएको खण्डमा रोजगारीको अवसर गुम्न सक्ने चेतावनी दिइएको बताइएको छ । विभिन्न ‘सञ्चारमा माध्यममा ई ७ भिसासम्बद्ध निर्णयहरुका बारेमा आएका समाचारका बारेमा जिज्ञासा का बारेमा राजदूत योङले चासो मात्रै राखेनन की मन्त्रिलाई प्रष्ट गर्न अनुरोध गरेका थिए । राजदुतले आफ्नो देशको श्रम कूटनीतिमा असर नपरोस् भन्नेमा हामी चिन्तत रहेको बताएका थिए ।

    जवाफमा श्रममन्त्री अर्यालले आफूले सो विषयमा अध्ययन तथा छलफल गरिरहेको जवाफ दिएका थिए । उनले कामदारको अधिक हित र सुरक्षा नै आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । मन्त्री अर्यालले ईपीएस प्रणाली र ई–७ भिसा प्रणालीलाई एकीकृत रुपमा आवद्ध गरी कामदार दक्षिण कोरिया पठाउन सकिने नसकिनेबारे समेत जिज्ञासा राखेका थिए ।
    राजदुत योंग यी दुई प्रणालीलाई आवद्ध गराउन तत्काल सम्भव नहुने जानकारी दिएका छन् । ‘दुई प्रणालीलाई आवद्ध गरेर श्रमिक आपूर्तिको व्यवस्था गर्न समय लाग्छ,’ राजदूत योंगले मन्त्री अर्याललाई भनेका छन्,‘ कोरिया जाने कुनैपनि नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेतर्फ हाम्रो पनि चासो हो ।’ म्यानपावर कम्पनीले कोरिया लैजाने भन्दै रकम उठाउन थालेपछि कोरियाले चासो व्यक्त मात्र गरेको छैन यस्तो भएको खण्डमा रोजगारी गुम्न सक्ने चेतावनी दिएको छ ।

    कोरियाले हालसम्म ईपीएस प्रणालीमार्फत नेपाली श्रमिक लैजाँदै आएको छ । तर, म्यानपावर व्यवसायीले ई–७ भिसामार्फत कोरिया पठाइदिने भन्दै रकम असुल गर्न थालेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा नै रोक्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दाहालले ई–७ भिसालाई पनि ईपीएसमा आवद्ध गराउन दिएको निर्देशनलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले एक कार्यदल नै निर्माण गरेको मन्त्री अर्यालले स्पष्ट पारेका छन् ।

     

    Post Views: 137
    प्रकाशित मिति: २०८० चैत्र १४, बुधबार ०७:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.