• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतसँग ऊर्जा सम्झौता अन्योल, फेरी लोडसेडिङको त्रास

  •  
  • २०८० चैत्र १६, शुक्रबार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं, साढे ६ सय मेगावाट विधुतको आयात नवीकरणको अन्योलतासँगै पुनः लोडसेडिङमा जान्छ कि भन्ने शंका उत्पन्न भएको छ। सुक्खायामको विधुतको आन्तरिक माग धान्न भारतबाट बिजुली किनिँदै आइएको छ। भारतको डेअ हेड मार्केट ९ऐक्सचेन्ट मार्केट० बाट बिजुली किन्न दुई देशबीच ५ वर्षको सम्झौता छ। जहाँ हरेक १५–१५ मिनेटमा बोलकबोलबाट बिजुली किनिने गरिन्छ। सम्झौताअनुसार विद्युत् आयातका लागि हरेक वर्षको मार्चमा यो नवीकरण हुनुपर्छ। २०२४ मार्च ३० ९शनिबार० सम्मको सम्झौताअनुसार अहिले नेपालले भारतबाट दैनिक साढे ६ सय मेगावाटसम्म विद्युत् आयात गर्न सक्छ। ढल्केबर–मुज्जफपुर ४ सय केभी प्रसारणलाइनबाट उक्त स्वीकृत बिजुली नेपालमा प्रसारण गरिन्छ।

    मार्च उता विद्युत् आयात गर्न भारतले सम्झौता नवीकरण गरिदिनुपर्छ। तर, सम्झौता नवीकरणसम्बन्धी विषय हेर्न नभ्याएको जानकारी प्राप्त भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंह बताउँछन्। भारतीय पक्षले आसन्न निर्वाचनका कारण हेर्न नभ्याएको बताएको सिंहको भनाइ छ। प्राधिकरणले ३ महिनाअघि नै सम्झौता नवीकरणका लागि भारत समक्ष प्रस्ताव राखेको थियो।

    भारतको उत्तर प्रदेश र विहारबाट पनि साढे ३ सय मेगावाट बिजुली त्यहाँको पावर एक्सचेन्जबाट आयात गर्न सकिन्छ। तर, त्यहाँ आएको बिजुलीलाई मुलुकको अन्य भागमा प्रसार गर्ने प्रसारणलाइन छैन। त्यसकारण पनि ढल्केबर–मुजफ्फपुरबाट  विद्युत् आयात रोकिँदा समग्र विद्युत्को माग र प्रसारमा असर गर्ने प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी बताउँछन्।

    भारतबाट बिजुली आयात नहुनेबित्तिकै औद्योगिक क्षेत्रको लोड काटेर मात्र नहुने भन्दै अधिकारीले गार्हस्थ्य वर्गको लोड नकाटी प्राधिकरणसँग विकल्प नहुने बताउँछन्। आम जनतामा पनि विद्युत् कटौती गराउने सम्भावना यसले निम्त्याउने उनको भनाइ छ।

    प्राधिकरणसँग आन्तरिक माग धान्ने कुनै विकल्प छैन। ‘विकल्प भनेको नै फेरि भारतको अन्य ठाउँबाट बिजुली आयात गर्ने या भारतीय विद्युत् उत्पादन कम्पनीहरूसँग सीधै विद्युत् खरिद सम्झौता ९पीपीए० गर्ने हो’, अधिकारी भन्छन्। पीपीए गर्दा दर महँगो पर्ने भएकाले अहिलेको समयमा नेपालले किन्न सक्ने वा नसक्ने पनि प्रश्न भएको उनी भन्छन्।

    अहिलेको विद्युत्को आन्तरिक उच्च माग ९पीक डिमान्ड० सरदर १९ सय मेगावाट छ। अहिले दैनिक ऊर्जा खपत करिब ३० हजारदेखि ३२ हजार मेगावाट आवरको हाराहारीमा छ। पिक डमान्ड बिहान सरदर ५ देखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म हुन्छ। ३ हजार मेगावाट जडित क्षमता भए पनि हिउँदमा आन्तरिक उत्पादन करिब ७ सय मेगावाट छ।

    उत्पादन र मागबीचको सन्तुलनलाई मिलाउन दैनिक करिब ६ सय मेगावाटसम्म बिजुली आयात हुँदै आइरहेको छ। मासिक करिब ३ देखि ४ अर्बको बिजुली भारतबाट आयात हुँदै आइरहेको छ। अहिलेको माग धान्न भारतबाट आयातित बिजुलीको हिस्सा एकतिहाइभन्दा बढी छ। पिकसमयमा कुलेखानी र अन्य अर्धजलाशयुक्त आयोजना बिजुली साँचेर अन्य समयका लागि मात्र भारतबाट बिजुली आयात गरिँदै आएको प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख एवं प्रवक्ता चन्दन घोष बताउँछन्। कुलेखानी, माथिल्लो तामाकोशी, कालीगण्डकी, मध्यमस्र्याङ्दी, चमेलिया लगायतमा जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालाई त्यो समयमा चलाउने गरिएको छ।

    Post Views: 90
    प्रकाशित मिति: २०८० चैत्र १६, शुक्रबार ०७:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.