• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गैरआवासीय नेपाली संघ केवल संस्था मात्र नभई नेपालीको भरोसाको केन्द्र हो

  •  
  • २०८० चैत्र २७, मंगलवार ०४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+
    गैरआवासीय नेपाली संघ केवल एउटा संस्था मात्र नभई गैरआवासीय नेपालीको आड अनि भरोसाको केन्द्र हो । स्थापनाकाल देखिनैं आम गैरआवासीय नेपालीका तमाम मुद्दालाई नेपाल सरकार मार्फत संघले सम्बोधन गराउन सक्रिय भूमिका खेल्दैं आएको यहाहरु सबैलाई अवगतनै छ । हामी सबैको चाहना ‘एक पटकको नेपाली सधैंको नेपाली’ अनि नेपाली नागरिकताको निरन्तरता नै हो । यसका निम्ति खण्डित एनआरएनए अनि निश्चित स्वार्थ सहितको एनआरएन नभई सबैं समेटिएको एनआरएनए अनि निस्वार्थ भावले सहयोग गर्न सक्ने र चाहने एनआरएनको आवश्यकता रहेको छ । अहिले हामीले उठाउँदैं आएको नागरिकताको बिषय गैरआवासीय नेपाली नागरिकताको व्यवस्थासँगै त्यसले आंशिक सम्बोधन पक्कै भएको छ । यसमा पनि हामी एकताबद्द हुन नसक्दा कमजोर आवाजका कारण धेरै बिषयहरूलाई सम्बोधन गराउन सकेका छैनौं ।
    स्थापनाकाल देखिनैं एउटा विशिष्टिकृत पहिचान बनाएर सरकारसँग दरिलो ढंगवाट आफ्नो कुरा राख्न सक्ने सामर्थ्यको एनआरएनए रहेको थियो । तर सिमित स्वार्थका खातिर संघको नवौं विश्व सम्मेलनले संघको गतिमा अवरोध मात्र सिर्जना गरेन एनआरएनलाई विभाजित समेत बनायो । बाटो त्यहि नेर बिग्रिएपछि समाधान खोजी सहि ट्राकमा ल्याउने भन्दा पनि सबै पक्षबाट बल मिच्याईनै गर्न खोजियो, दशौं विश्व सम्मेलनमा
    त्यसमा झन् बढि मलजल हुने काम भयो, एघारौं विश्व सम्मेलन सम्म आईपुग्दा, हामीले निर्वाचनमा अवलम्बन गरेको परिपाठी, त्यसवाट देखिएको परिदृश्य र उत्पन्न परिणामले हाम्रो प्रतिष्ठा धुमिल भैसकेको थियो, यसर्थ हामीले कसैको फाईदा वा बेफाईदा, कसैको हार वा जीतको रुपमा नलिई नेपालको सम्मानित सर्बोच्च अदालतले गरेको यो फैसलालाई एकतावद्व एनआरएनए बनाउने एउटा अवसरको रुपमा लिनुपर्दछ । अदालतको निर्णय स्वागत योग्य छ ।
    फैसलालाई विभिन्न कोणवाट परिभाषित गर्ने र फेरि आ-आफ्नो अनुकुल ब्याख्या गर्ने चेष्टा कसैले नगरौ । बरु यसलाई हामी सबै एनआरएनहरु सहमति, सहकार्य र सह-अस्तित्वका साथ अघि बढ्दै एकताबद्द एनआरएनए बनाउने अवशरका रुपमा उपयोग गरौं।
    बिगतका ती बिवादित समयमा पनि म सदैव सहमति र सहकार्यतालाई अगाडि राखी एकताबद्द एनआरएनए बनाउन लागेको थिए । एघारौं सम्मेलनबाट उत्पन्न परिस्थिति प्रति पनि मैले आफ्नो धारणा राख्दैं सबैलाई अतिवादिता छाडी मिलेर जाने वातावरण निर्माणमा जुट्न अपिल समेत गरेको समेत यहॉहरुमा बिदितै छ ।
    व्यक्तिगत रूपबाट भन्दा पनि संस्थागत रूपमा हेर्दा सर्वोच्चको यो निर्णयले संस्थाले जितेको छ । व्यक्तिगत पद गौण बिषय हो संस्थाको प्रतिष्ठा र एकता अहं हो । यो निर्णयले मेरो वा अरु कसैको पद रह्यो या रहेन यसलाई हामीले महत्व दिने भन्दा पनि पद भन्दा ठूलो हाम्रो सक्रियता, योगदान अनि एनआरएनएको भविष्य हो भन्ने तर्फ सचेत रहँदैं अगाडि बढ्न सबैमा अपिल पनि गर्न चाहन्छु । एउटै उद्देश्य भएका धेरै कमजोर संस्था भन्दा एकिकृत र सवल एनआरएनए बनाउन हामी सबैं लागौं ।
    डा पौडेलद्धारा जारी विज्ञप्तिमा आधारित
    Post Views: 190
    प्रकाशित मिति: २०८० चैत्र २७, मंगलवार ०४:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.