• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

किन नागरिकतानै त्यागेर एक लाख ४७ हजारले नेपालीले देश छाडे ?

  •  
  • २०८० चैत्र २९, बिहीबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सकेसम्म कसैलाई पनि आफ्नो जन्मभुमि छोडेर स्थायी रुपमा विदेसिने मन हुँदैन । कहिलेकाँही घुमघाम त कहिले व्यापार सेमिनार ती सामान्य कुरा हुन । तर नेपालबाट नागरिकहरु यति ठुलो सख्यामा किन स्थायी रुपमा नेपाल छोड्दैछन त सजिलो जवाफ छ नेपालमा के नै बाँकी छ र ? तर सरकारी पक्षले जसरी यो विषयलाई महत्व दिएर हेर्नुपर्ने हो त्यसो हुन सकेको छैन । कारण सरकार सन्चालकहरु सत्तामा भन्दा अन्त उनिहरुको ध्यान जान सकिरहेको छैन । त्यसैले वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार(आफन्त विदेशमा, विदेशमा रहेका साथी र  चिनजानहरू कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

    आफ्नो मुलुक छोडेर कोही किन सधैंका लागि विदेश बस्न चाहन्छन् रु यो अहिले सार्वजनिक रुपमा बहसको विषय बन्न थालेको छ । किन मानिस आफू जन्मेको थातथलो त्यागेर परदेश जान चाहन्छन् रु यहाँ बस्न नदिन के कुराले प्रेरित गरिरहेको छ रु सरकार वा यहाँको राजनीतिक प्रणाली खराब छ रु नागरिकको सुखी, खुसी र शान्ति जीवन बिताउने चाहनाले पनि मानिसहरू विदेश जाने क्रम बढिरहेको  विदेश जानेले नेपालमा कुनै पनि समयमा स्वास्थ्य उपचार नपाउने , गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा र रोजगारीको सम्भावना नदेखेकाले स्थायी रुपमा देश छाड्न थालेको  छ ।

    ‘नेपालको अवस्था राम्रो छैन । आर्थिक, सामाजिक र राजनीतिक रुपले नेपाल राम्रो छैन भन्ने संकेत गरिरहेको छ, विभिन्न बाटो अपनाएर भए पनि मानिसहरूले देश छोड्ने खोजिरहेका छन् । युवा पुस्ताले नेपालमा उज्यालो आकाश देख्न छाडिसकेका छन् ।‘

    चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक  हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।

    अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।

    Post Views: 204
    प्रकाशित मिति: २०८० चैत्र २९, बिहीबार ०८:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.