• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालबाट हराएका वा चोरिएका शताब्दीऔँ पुराना २४ मूर्ति नेपाल सरकारलाई फिर्ता

  •  
  • २०८१ बैशाख २१, शुक्रबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वाशिङटन, डीसीस्थित नेपाली दूतावासले आज अमेरिकाबाट २४ वटा कलाकृतिहरू नेपाल सरकारको पुरातत्व विभागलाई फिर्ता पठाएको छ। नेपालबाट हराएका र चोरिएका यी कलाकृतिहरु अप्रिल १९, २०२४ मा सुसान ब्राडफोर्डबाट हवाईको माउईमा प्राप्त भएका थिए । दूतावासका द्वीतीय सचिव उत्तम घिमिरेलाई माउई हवाईमा यी कलाकृतिहरू हस्तान्तरण गरिएको थियो ।

    यी कलाकृतिहरू ब्राडफोर्डको निजी संग्रहका रुपमा रहेका थिए । उनले स्वेच्छिक रूपमा ती कलाकृतिहरु नेपाल फिर्ता पठाउन दूतावासलाई सम्पर्क गरेकी थिइन् । यी अधिकांश कलाकृतिहरू १७ औं र १८ औं शताब्दीका छन् । केही कलाकृतिहरु १३ औं शताब्दीका समेत छन्। ती कलाकृतिहरू नेपाल पठाउन ब्राडफोर्ड आफैंले ढुवानी खर्च बेहोरेकी छिन् ।

    यी बहुमूल्य कलाकृतिहरू नेपाल सरकारलाई फिर्ता गरेकोमा दूतावासले सुश्री ब्राडफोर्डप्रति हार्दिक आभार प्रकट गरेको छ । कलाकृतिहरु फिर्ता गर्नुको महत्त्वबोध गर्दै उनले यसबाट हराएका कला सम्पदालाई उचित स्थानमा फर्काउन अरूलाई पनि प्रेरणा दिने आशा व्यक्त गरेकी छिन् ।

    दूतावासले नेपालबाट हराएका र चोरी भएका कलाकृतिहरु फिर्ता ल्याउने प्रयास स्वरुप नेपाल र अमेरिकाका सम्बन्धित निकायहरू, कला अनुसन्धानकर्ताहरू, अभियानकर्ताहरू, मिडिया र निजी व्यक्तिहरूसँग सम्पर्क गर्दै सक्रिय रूपमा पहल गर्दै आएको छ । दूतावासले यी प्रयासहरूका लागि यी सबै निकायहरू र व्यक्तिहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

    फिर्ता पठाइएका कलाकृतिहरुमा ढलोटको कालाकुवेर मूर्ति, ढलोटको विश्वरुपको मूर्ति, तामामा सुन जलपलगाएको महिषासुर मर्दिनीको मूर्ति, तामामा सुन जलपलगाएको मोक्षदाभनिएको महामन्जुश्री शक्तिको मूर्ति, ढलोट विघ्नान्तक भैरवको मूर्ति, तामा प्रज्ञापारमिताको मूर्ति, ढलोट किन्नरी (अप्सरा) को मूर्ति, तामा÷ढलोटतान्त्रिक देवता (मन्जुश्री शक्ति) मूर्ति, काठको बाराहीको मूर्ति, काठको चमुण्डाको शीर, प्रस्तर सरस्वतीको मूर्ति, प्रस्तरको मन्जुश्री शक्ति, प्रस्तरको अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, बाराही, अपारमिता र कुवेरका सानामूर्तिहरु, तामाको कालीयन्त्र, हाडको सितापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोट सिन्हमु (सिन्दुर दानी), फलामको त्रिशूल लगायत छन् ।

    यी २४ वटा कलाकृतिहरूसँगै अमेरिकामा रहेको नेपाली दूतावासले हालसम्म एक वर्षको अवधिमा कुल ६३ वटा कलाकृति नेपाल पठाउन सफल भएको छ ।

    रासस

    Post Views: 163
    प्रकाशित मिति: २०८१ बैशाख २१, शुक्रबार ०८:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.