• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जापानी विदेशमन्त्रि कामीकावा आज नेपाल आउँदै

  •  
  • २०८१ बैशाख २३, आईतवार ०४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जापानी विदेशमन्त्री योको कामीकावा एकदिने भ्रमणमा आज आइतबार नेपाल आउदै हुनुहुन्छ । सद्भावना भ्रमण भनिएकाले द्विपक्षीय हस्ताक्षर हुने वा नयाँ एजेन्डा केही छैनन् । तर बदलिँदो भूराजनीतिक पृष्ठभूमिमा उनको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ । उनले नेपालसँगै दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाको समेत भ्रमण गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलको तहमा भेटवार्ता गर्नेछिन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता हुनेछ । ‘द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ । आगामी सहकार्यका विषयमा पनि कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईले भने । सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ समारोह आयोजनाबारे पनि भेटघाटका क्रममा छलफल गर्ने तयारी रहेको उनले बताए ।

    योको अहिले दक्षिण एसियाका ६ राष्ट्रको भ्रमणमा छन् । वैशाख १४ देखि सुरु भएको उनको भ्रमण २४ सम्म चल्नेछ । उनी अफ्रिकी मुलुक माडागास्कर, आइभोरीकोस्ट र नाइजेरिया हुँदै युरोपेली देश फ्रान्स पुगेर श्रीलंका र नेपाल आउन लागेकी हुन् । पछिल्लो पटक जापानबाट विदेश राज्यमन्त्री ताकेई सुन्सुके संघीय संसद् र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न २०७९ मंसिरमा नेपाल आएका थिए ।

    Post Views: 225
    प्रकाशित मिति: २०८१ बैशाख २३, आईतवार ०४:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.