• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

  •  
  • २०८१ बैशाख २३, आईतवार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्।

    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्।

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा  पनि सुमधुर छ।  हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ।

    नेपाल–जापान सम्बन्ध

    नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो। सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा  नेपाल आएकी हुन्।

    नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए।

    जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनिभूत बनायो।

    त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो। नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङ मार्गमा पनि जापानले सहयोग गरेको छ।

    जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्छन्, ‘नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस्। नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ।’

    जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन्।

    राष्ट्रिय ध्वजा वाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दुरी कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ।  दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउँछन्।

    जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    रासस

    Post Views: 118
    प्रकाशित मिति: २०८१ बैशाख २३, आईतवार ०७:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.