• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सरकारको दवाबमा राष्ट्रपतिका सल्लाहकार डा नेपालको राजीनामा, अर्का सल्लाहाकार प्रधान की पौडेल ?

  •  
  • २०८१ बैशाख ३१, सोमबार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको बताएका छन् । सल्लाहकार नेपालले नेपाली नोटमा विना कुटनीतिक तयारी सरकारले चुच्चे नक्सा राख्न गरेको निर्णयलाई अपरिपक्व भन्ने अभिव्यक्ति दिएको कारण विवादमा परेका थिए । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले २०७७ जेठ ७ गते तत्कालिन केपी ओली सरकारले सार्वजनिक गरेको नयाँ चुच्चे नक्सा एक सयको नोटमा छाप्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति छिमेकी मुलुक भारतले असन्तुष्टि जनाइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका थिए । पूर्वगभर्नर नेपालले बीबीसी नेपाली सेवासँगको कुराकानीमा बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए ।
    अभिव्यक्ति दिने वित्तिकै सरकारका तर्फबाट प्रधानमन्त्रिले प्रत्यक्ष रुपमा असन्तुष्टि व्यक्त गर्दै सरकारको निर्णयको विरोध गर्ने राष्ट्रपति कार्यालयको औपचारिक धारणा के हो भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । एमाले नेता केपी ओलीले पनि राष्ट्रपति पौडेललाई फोन नै गरेर सल्लाहकारको अभिव्यक्तिबारे प्रष्टपार्नुपर्ने भन्दै राजीनामा दिन दवाव दिएको बताइएको छ । एमालेका कतिपय नेताहरुले राजनीतिक भाषण नै गरेका थिए । एमाले नेताहरुले राष्ट्रपतिलाई सल्लाहाकार हटाउन निकै दवाव दिदै अन्यथा राष्ट्रपति कार्यालयको धारणा सार्वजनिक गर्न दवाद दिएपछि राष्ट्रपतिद्धारा सल्लाहकार नेपाललाई बोलाएर हप्काएको श्रोतको दावी छ । सल्लाहकाकार नेपालले स्पष्टिकरण दिदासमेत राष्ट्रपति सन्तुष्ट भएनन् । पछि दवाब खेप्न नसकेर राष्ट्रपतिले राजीनामा मागेको बताइएको छ । यही राजनीतिक कारण राजीनामा नदिएपनि हुने भन्दै राष्ट्रपतिको सल्लाहकार समुहमा विवाद भएको बताइएको छ ।

    सम्बद्ध श्रोतका अनुसार यदि सल्लाहाकारलाई राजीनामा नगराएर स्पष्टिकरणबाट टार्न खोजे पनि राष्ट्रपतिमाथी महाभियोगसम्म लगाउन सकिने विषयमा एमाले नेता केपी ओलीले तर्साएपछि स्पष्टिकरणबाट चित्त नबुझेको भन्दै राजीनामा मागेको श्रोतको दावी छ । राष्ट्रपतिले सरकारको निर्णय र मुलुकको सार्वभौमसत्ता जस्तो विषयमा मुलुकको हितको विरुद्धमा रहेको आरोपमा महाभियोगसम्म लगाउने सन्देश राष्ट्रपतिसमक्ष पुगेपछि राष्ट्रपति पौडेलले सल्लाहकार समुहलाई बोलाएर तत्काल राजीनामा दिन लगाउनुबाहेक अर्को उपाय नभएको भन्दै अत्तिएको श्रोतको दावी छ ।
    राष्ट्रपतिले सल्लाहकार हटाउने विषयमा काँग्रेसका सभापति तथा नेताहरुसंग भने कुनै राय नलिएको बताइन्छ । जसका कारण काँग्रेसका एकाथरि नेताहरु राजीनामा नै दिनु पर्ने अवस्था नभएको भन्दै आएका छन ।
    पुर्वगर्भनरसमेत रहेका नेपालले राष्ट्र बैकको विषयमा जानकार भएकोले आफ्नो विज्ञताको धारणा सार्वजनिक गरेको स्पष्टिकरण दिएपनि राष्ट्रपति पौडेलले एमाले र माओवादी नेताहरुको दवाव थेग्न सकेनन् । राष्ट्रपतिले सल्लाहकार नेपालको विषयामा लिएको निर्णयले वर्तमान सल्लाहकार समुहसमेत असन्तुष्टि व्यक्त गरिरहेका छन । नाम उल्लेख नगर्ने सर्तमा एक सल्लाहकारले भने यस्ता सामान्य विषयमा पनि राजीनामा दिनुपर्ने भयो भने काम गर्न पनि निकै कठिन हुने तर्क गरे । श्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिको सल्लाहकार भन्दा पनि पारिवारिक समुह बढी हावी भएकोले पनि सल्लाहाकारहरु सन्तुष्ट छैनन । उता सल्लाहकार समुहभित्रैबाट अर्को आर्थिक सल्लाकारका लागि लबिड भैरहेको पनि बताइएको छ । डा नेपाललाई नियूक्ति गर्ने बेला हालका रास्वपा सांसद डा स्वर्णीम वाग्लेले पनि दावी गररेका थिए । सल्लाकाकार र पार्टीले टिकट नदिएपछि पार्टी नै छोडेर स्वतन्त्र पार्टी प्रबेश गरेका थिए । राष्ट्रपतिको अािर्थक सल्लाकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधानको नाम अग्रपक्तिमा रहेको श्रोतको दावी छ । केहि नेताहरुले अर्का काँग्रसका नेता समेत रहेका  डा विश्व पौडेलको पनि चर्चा शुरु गरेका छन ।

     

    Post Views: 229
    प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमबार ०७:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • २. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ३. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.