• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाललाई बार्षिक एक अर्ब सहयोग गर्ने सहयोगी जीम साईमन्सको न्यूयोर्कमा निधन

  •  
  • २०८१ बैशाख ३१, सोमबार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जो मानिस एक पटक नेपाल पुग्दैन उसले आफ्नो जीवनकालमा ठुलै कुरा छुटाएको हुन्छ । म विश्व समुदायलाई त्यहि सन्देश दिन चाहान्छु तपाईहरु आफ्नो जीवनकालमा एक पटक नेपाल भ्रमण गर्नुहोस भनेर संसारलाई आब्हान गर्ने व्यक्ति उनै व्यक्ति हुन जीम साईमन्स । संसारभर आफ्नो सामाजिक छवि पुरयाएका जीम संसारकै एउटा स्वर्ग भनेजस्तै देश नेपाल हो भनेर भन्थे । उनि नेपालको हिमाली श्रृखला पृथ्वीमा कहि नभएको स्थान भनेर वर्णन गर्थे उनि अव नेपाल फकर्ने छैनन ।

    अर्बपति समाजसेवी तथा गणितज्ञ तथा नेपालका लागि सहयोगी जिम साइमन्सको ८६ वर्षको उमेरमा गत शुक्रबार अमेरिकाको न्युयोर्क सहरमा निधन भएको छ।
    गणितमा उनको सानैदेखिको विशेष रुचि थियो। सन् १९३८ मा अमेरकाको म्यासाच्युसेट्स, न्युटनमा जन्मिएका उनले म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट स्नातकोत्तर र युनिभर्सिटी अफ क्यालिफोर्निया, बार्कलीबाट विद्यावारिधि प्राप्त गरेका थिए। ७० को दशकमा पढाइको क्षेत्रबाट विदा लिएपछि १९८२ मा उनले रेनासा टेक्नोलजीको स्थापना गरेका थिए।
    पछि उनी परोपकार र समाजसेवाको क्षेत्रमा लागेका थिए। उनको नाम जेम्स साइमन्स भए पनि ‘जिम’का रुपमा चर्चित थिए। फोर्ब्सको अर्बपति सूचीअनुसार उनी ३१ अर्बका मालिक थिए। तर उनले अर्बौँ डलर दानमा खर्च गरेका छन्। खासगरी स्वास्थ्य र वैज्ञानिक अनुसन्धान, शिक्षा र प्रजातान्त्रिक अभिवृद्धिका क्षेत्रमा उनले दान र सहयोग गरेको एजेन्सीहरुले जनाएका छन्।
    निधन भएका साइमन्स नेपालसँग राम्रै परिचित अर्बपति थिए र नेपालमा बर्षेनी अवौ रुपिया सहयोग गर्दथे । उनी नेपाल आइरहन्थे। ०७९ असोज २४ मा पनि उनी निजी विमान लिएर नेपाल आएका थिए। खासगरी जिम र श्रीमती मरिलिन हवर्स छोरा निकको सम्झना र सपनाका लागि हरेक वर्ष नेपाल आउने गरेका थिए। पछिल्लोपटक आउँदा उनी गोरखा अस्पताल पुगेका थिए।

    जिम दम्पतीलाई नेपाल आइरहनुपर्ने कारण नै छोरा निक थिए । सन् २००२ मा निक साइमन्स नेपालमा ९ महिना बिताएर फर्केका थिए। आफ्नो घर पुगेपछि उनले आमालाई पूरै जीवन नेपालमै बित्नसक्ने र त्यसो भए आश्चर्य नमान्न भनेका थिए । ९ महिना नेपाल बसेका निक नेपालमा मेडिकल स्कुल खोल्न चाहन्थे। तर सन् २००३ को समरमा इन्डोनेसियाको बालीमा उनको डुबेर मृत्यु भएको थियो। त्यसको २,३ महिनापछि उनका बुबाआमा जिम दम्पती र साथीहरु नेपाल आएका थिए ।

    सो क्रममा उनीहरुले पाटन अस्पतालमा एउटा प्रसूति वार्ड स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए। त्यसपछि नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले निक साइमन फाउन्डेसनको स्थापना गरे । त्यसयता जिम दम्पती नेपाल आउनेजाने क्रमले निरन्तरता पाएको थियो । निक साइमन्स फाउन्डेसन सन् २००५ मा स्थापना भएको थियो । यसले तयार गरेको सन् २०२०–२०२१ को वार्षिक प्रतिवेदनअनुसार यसका सहयोगी अस्पतालको संख्या ४८ छ। ती अस्पतालसँग मिलेर यसले १३ लाख ८९ हजार ७ सय २७ मानिसलाई स्वास्थ्य सेवामा योगदान दिएको छ। यसका २५९ कर्मचारी छन्।

    निक साइम इन्स्टिच्युटको अस्पताल सहयोग कार्यक्रम एचएसपी सञ्चालनमा छ। यसले सरकारी अस्पतालको मानकअनुसार न्यूनतम रुपमा आकस्मिक र अत्यावश्यक सेवामा सहयोग गर्दै आएको छ। इन्स्टिच्युटले सन् २०२०र२१ मा १० फरक कार्यक्रममा ७ सय ८४ स्वास्थ्य स्वयंसेवकभन्दा बढीलाई तालिम दिन सहयोग गरेको थियो । फाउन्डेसनले नेपालमा स्वास्थ्य र मेडिकल केयर सुधारका लागि १४ करोड १३ लाख अमेरिकी डलर अनुदान सहयोग गरेको छ। यो सबै जिम र मरिलिनले छोराको नेपालप्रतिको प्रेमका खातिर गरेका हुन् ।

     

    Post Views: 23
    प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमबार ०८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.