• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

काण्डमा मुछिएका र गैरकुटनीतिज्ञहरु महावाणिज्यदुत बनाउने अन्तिम तयारी ! को कहाँ बन्दैछन महावाणिज्यदुत ?

  •  
  • २०८१ जेष्ठ २, बुधबार ०५:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकमा नियम कानुन र वरिष्टता तथा योग्यताको कुनै सीमा नभएपछि अराजकता निम्तिन्छ । यतिखेर त्यहि अराजकताको चरम सीमा पार गर्दैछ । सरकार चलाउनेहरुको ध्यान सरकार टिकाउने बहानामा नियम कानुनलाई धोती लगाएर जे आईपर्छ त्यहि गर्न लालायीत छन । कर्मचारी प्रशासनका लागि यहि समय स्वर्गीय समय हो भन्दै पाएसम्मका सबै अवसर दिने दौडमा छन । यतिखेर त्यहि भएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका २ शक्तिशाली सहसचिवहरु परराष्ट्र मन्त्रालयमा सरुवा भएर । सरुवा हुने वित्तिकै उनिहरुले परराष्ट्र मन्त्रालयमा सुचना पठाए हामी काम गर्ने सहसचिव होईनौं है आदेश दिने सहसचिव र्हौ । परराष्ट्र श्रोतले दिएको जानकारी अनुसार उनिहरुलाई प्रधानमन्त्रिले पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन नवराज ढुंगाना र नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । परराष्ट्र मन्त्रालयमा यहि सरुवाको कारण असन्तुष्टि चुलिएको छ । थुपै्र योग्य कर्मचारी हुँदा हुँदै किन अन्य मन्त्रालयबाट लैजानु परेको भन्दै परराष्ट्रमन्त्रिसमक्ष नै उपल्लोस्तरका कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिसकेका छन । जवाफमा परराष्ट्रमन्त्रि नारायण काजी श्रेष्ठले यो सरुवा आफ्नो विवेकले नभै माथिल्लो निकायबाट सिधै भएको भन्दै तर्किएएका थिए । स्मरणीय रहोस ती सरुवा भएकामध्ये एक नवराज ढुंगाना ६१ किलो सुन काण्डमा मुछिएका सहसचिव हुन । उनको संलग्नताबारे राजस्व अनुसान्धान विभागले २०८० माघ १७ गते बयान दिएको थियो । त्यसमा उनको संलग्नता पुष्टि भएको र प्रधानमन्त्रिको सिधा निर्देशनमा उनको संलग्नतालाई कमजोर बनाइएको प्रधानमन्त्रि कार्यलयभित्र नै हल्ला चलेको थियो ।

    २७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालय अन्तरगत सरुवा गरिएको हो । त्यस्तै प्रधानमन्त्री कार्यालय अन्तरगतको राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका नवराज ढुंगानालाई पनि परराष्ट्रमा सरुवा गरिएको छ । आकर्षक र बढी लाभको पद मानिने महावाणिज्यदूत पदमा नियुक्तिका लागि उनीहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको प्रधानमिन्त्र कार्यलय श्रोतको दावी छ ।

    लामो समयदेखि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्तासमेत रहेका भट्टलाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ । उनी निजामती सेवाभित्रका चतुर तर काम भन्दा नेताको ढोका चार्ने प्रशासकका रुपमा परिचित छन् । उनलाई कर्मचारी बृतमा जता पनि ठिक्क हुने चतुर कर्मचारी भनेर चिन्छन । उता ढुंगानालाई भारतको कोलकातास्थित महावाणिज्यदूत नियुक्त गर्ने तयारी अनुरुप परराष्ट्रमा सरुवा भएको हो । २०७९ को भदौदेखि पुससम्म वीरगञ्ज भन्सार कार्यालयको प्रमुख रहेका ढुंगाना त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवसमेत थिए । १२ असार २०८०मा उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त भएर काम गरिरहेका थिए ।

    हाल कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेल आगामी १ साउनअघि नै काठमाडौं फर्किने तय छ । तर, त्यसअघि नै पौडेललाई फिर्ता बोलाएर ढुंगानालाई पठाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का एक शक्तिशाली सहसचिवलाई निकट भविष्यमा नै अमेरिकाको राष्ट्रसंघीय स्थायी नियोगमा इकोनोमिक कन्सुलरको अस्थायी दरबन्दी सिर्जना गरेर पठाउने गृहकार्य समेत भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । न्यूयोर्कस्थित नियोगमा पनि कोही मानिसलाई दरबन्दी थपेर पठाउन लागिएको हल्ला छ । उक्त श्रोतले भन्यो परराष्ट्र मन्त्रालयमा काविल कमचारी रहँदा रहँदै बाहिरबाट ल्याउनुले परराष्ट्र मन्त्रालयको आकर्षण मात्रै घट्दैन की कुटनीतिक मेरिटमा धक्का लाग्ने दावी गर्दछन । यसअघि हालका अर्थसचिव मधुकमार मरासिनी पनि यसैगरी अमेरिका पुगेका थिए ।
    नेतासंगको पहुँचका आधारमा जोसुकै कर्मचारीले महावाणिज्यदूतको नियुक्ति पाउने प्रवृत्ति बढ्दै गएपछि परराष्ट मन्त्रालयप्रतिको आकर्षण घट्दो छ । विषय विज्ञताको आधारमा पठाउनु पर्ने वाणिज्य कूटनीति यस्ता आफन्त भर्ना गर्ने प्रवृतिले कमजोर बन्दै गएको छ । जसको असर नेपाली कुटनीतिक क्षेत्रमा परिरहेको छ । नेपालको ईतिहासमा सायदै यति कमजोर कुटनीतिक अवस्था सायदै थिएन भन्दै परराष्ट्र विज्ञहरु चिन्तित भएका छन । त्यसैले अन्तर्राष्ट्रिृय मन्चहरुमा नेपाल र नेपालीका विषय उठान कमजोर हुँदै गएका छन ।

    Post Views: 182
    प्रकाशित मिति: २०८१ जेष्ठ २, बुधबार ०५:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.