• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अदालतबाट सन्दिपलाई सफाई, क्यानद्धारा निलम्बन फुकुवा, विश्वकप खेल्न अमेरिका जाने तयारीमा

  •  
  • २०८१ जेष्ठ ३, बिहीबार ००:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा पुनरावेदन अदालतबाट सफाइ पाएका छन् । सफाई पाएलगत्तै उनि विश्वकप खेलका लागि तयारी गरी रहेको क्यानले जनाएको छ ।
    उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’

    अदालतको आदेश लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन् ।

    सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी गरिरहेको क्यानका कोषाध्यक्ष पदम खड्काले बताए । कोषाध्यक्ष खड्काले दुई(तीन दिनभित्र सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने बताए। सन्दीपको विषयमा एक(दुई दिनमा निर्णय गर्ने पनि उनको भनाइ छ । आइसिसीले आगामी जेठ १२ गतेसम्म यसअघि घोषणा गरिएको टोलीमा परिवर्तन गर्न सहभागी टोलीलाई अनुमति दिएको छ। टोलीमा परिवर्तन गर्न चाहेमा आइसिसीको इभेन्ट टेक्निकल कमिटीबाट भने अनुमति प्राप्त गर्नु पर्नेछ । आइसिसीले टोलीमा परिवर्तन गर्न अनुमति नदिएको अवस्थामा पनि क्यानले आफ्नै खर्चमा सन्दीपलाई अमेरिका पठाउने कोषाध्यक्ष खड्काले बताए। अदालतको फैसला अनुसार निर्णय गर्ने विषयमा क्यानमा यसअघि नै छलफल भएको पनि उनले बताए। अहिले १६ जना खेलाडी अमेरिकामा हुने र कोही खेलाडी घाइते भएपरिवर्तन हुने पनि   उनले बताए।

    हाल नेपाली टोली विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा छ। केही दिन सेन्ट भिसेन्टमा तयारी गरेपछि नेपाली टोली जेठ ७ मा अमेरिकाको टेक्सासमा फर्कनेछ। ह्युस्टमा पाँच दिन अभ्यास गरेपछि आइसिसी विश्वकपका वार्मअप खेल सुरू हुनेछन्। नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्ने सार्वजनिक भए पनि पक्का भने भइसकेको छैन।

    नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।

    टी(२० विश्वकप २०२४ मा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

    नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

    अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी(२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी(२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

    विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५(५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २(२ टोली गरी कुल ८ टोली सुपर(८ मा पुग्नेछन्। सुपर(८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर(२ को दुई समूहका शीर्ष २(२ टोली सेमिफाइनलमा पुग्नेछन्।

    सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए । पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै उनले भने, ‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’ जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै सन्दीपले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन ।’

     

    Post Views: 106
    प्रकाशित मिति: २०८१ जेष्ठ ३, बिहीबार ००:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.