• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भुटानी बन्दी रिहाईको माग गर्दै हेगमा प्रदर्शन

  •  
  • २०८१ जेष्ठ ८, मंगलवार ०५:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भुटानका राजबन्दीहरुको रिहाइका लागि विश्वव्यापी अभियान ग्लेबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालतअगाडि आइतबार प्रदर्शन गरेको छ । भुटानमा प्रजातन्त्र मागेको आरोपमा जेल परेका ३५ जनाभन्दा बढी राजबन्दीहरूलाई तत्कालै रिहाइका लागि अभियानले माग गरेको छ । अभियानका संस्थापक तथा संयोजक राम कार्कीका अनुसार नेदरल्यान्ड्समा रहेका भुटानी समुदाय र शुभेच्छुकले दुई घण्टा हेग अदालतअगाडि प्रदर्शन गरेका थिए ।

    अभियानले भुटानी शरणार्थीलाई सम्मानपूर्वक स्वदेश फिर्ता गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न, भुटानी राजबन्दीलाई आममाफी दिन माग गरेको कार्कीले बताए । ‘आफूलाई प्रजातान्त्रिक देश भनेर लिखित संविधान जारी गरे पनि भुटानले अहिलेको प्रजातान्त्रिक व्यवस्थाका लागि लडेका प्रजातन्त्रवादी नागरिक र मानवअधिकारकर्मीलाई जेलमा राखेको छ’, हेगमा आयोजित विरोध कार्यक्रममा कार्कीले भने ।

    भुटानका राजाले राजबन्दीलाई आममाफी दिन बेवास्ता गरिरहेको, जेलमा राजबन्दीमाथि यातना दिएको , बाहिर रहेका भुटानी समुदाय र अन्तराष्ट्रिय समुदायको सरोकारलाई बेवास्ता गरिरहेको आरोप उनले लगाए । अमेरिकी मानवअधिकारबादी संस्था ह्युमेन राइट्स वाचले भुटानी राजबन्दीबारे केही वर्षअघि विस्तृत विवरण सार्वजनिक गरेको थियो । अभियानका संयोजक कार्कीका अनुसार ३० वर्ष भुटानको चेम्गाङ् जेलमा बसेर हालै रिहा भई नेपाल पुगेका राजबन्दी मधुकर मगरलाई अप्ठेरो छ ।

    अभियानका तर्फबाट युरोपियन युनियन, अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् लगायत विश्व समुदायलाई भुटानमा तत्कालै राजबन्दी रिहाइका लागि आवाज उठाइदिन आह्वान गरिएको छ । विरोध प्रदर्शनमा नेदरल्यान्ड्समा रहेका भुटानी समुदायका अगुवा गोपाल गुरुङ, देवीचरण बस्नेत, पदम बस्नेत, दशरथ बास्तोला लगायत थिए ।

    अभियानका अनुसार भुटानमा केही दशकदेखि ३५ जना राजबन्दी जेलमा छन् । उनीहरुमध्ये प्रहरीको यातनाका कारण ६ जना गम्भीर बिरामी छन् ।मानवअधिकारकर्मीहरू लोकनाथ आचार्य, बमबहादुर तिवारी, कुलबहादुर बस्नेत लगायत अझै बेपत्ता छन् ।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलवार ०५:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.