• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गृहमन्त्रीको प्रतिशोध र बदनियतपुर्ण सिरोहिया गिरफ्तारी, सर्वत्र बिरोध

  •  
  • २०८१ जेष्ठ ९, बुधबार ०५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी एक उजुरीका आधारमा मंगलबार पक्राउ परे । नागरिकतामाथि उठेका प्रश्न, उनको प्रतिरक्षा अनि उपलब्ध तथ्य प्रमाण मेल खान्छन् या खाँदैनन् भन्नेबारे प्रक्रियासम्मत छानबिन होला नै, तर सहकारी संस्थाहरुको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने मुछिएकोबारे शृंखलाबद्ध रिपोर्टिङ हुन्थेन भने कान्तिपुर प्रकाशक सिरोहियाविरुद्ध नागरिकताको उजुरी पर्थ्यो कि पर्थेन होला । यस आशंकालाई सबैभन्दा ठूलो बल दिन्छ, उनका विरुद्ध परेको उजुरी र त्यसको पृष्ठभूमिले । जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरी, त्यस आधारमा प्रहरीलाई जिल्ला अदालत धनुषाले दिएको पक्राउ पुर्जीका आधारमा सिरोहिया पक्राउ गरिएका हुन् । उनको नागरिकताबारे उजुरी दिने इन्द्रजित महतो गृहमन्त्री लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कार्यसमितिका सदस्य हुन् ।

    महतो पार्टी उपसभापति डिपी अर्याल मन्त्री रहेको श्रम मन्त्रालयलाई सघाउने टिमका सदस्य पनि छन् । रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष साहले हस्ताक्षर गरेको पत्रमा उक्त जानकारी दिइएको छ । सर्लाहीका महतोले पछिल्लो उपचुनावका लागि तयार गरिएका प्रचार सामग्रीहरु, अनि पार्टीका विभिन्न गतिविधि पनि आफ्नो सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेका छन् ।

    इन्द्रजित महतो ।

    सिरोहियासँग दोहोरो नागरिकता रहेको भन्दै महतोले १६ वैशाखमा धनुषा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो ।

    सिरोहियाले भने कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहे पनि राज्यशक्तिको दुरुपयोग गरेर आफूसँग प्रतिशोध साँध्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

    मिडियाकर्म हुँदै राजनीतिमा होमिएका लामिछानेका नागरिकता तथा राहदानी प्रकरणबारे विगतमा मिडियाले नै खुलासा गरेको थियो । उनले मन्त्री तथा सांसद पद गुमाएका थिए ।

    पोहोर वैशाखको उपचुनावपछि फेरि ठूलो मतले निर्वाचित भएसँगै उनले विगतमा सन्चारकर्मीबारे दिएका उत्तेजनापूर्ण अभिव्यक्तिबारे माफी मागेका थिए । तर दुई दिनअघि, अर्थात् आइतबार लामिछानेले संसदमा बोल्ने क्रममा पूरानै शैली दोहोर्‍याए ।

    शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड कान्तिपुर परिसर थापाथलीमा हाफ म्याराथनको उद्घाटन गर्न डमी पेस्तोल लिएर उभिएका थिए । म्याराथनको औपचारिक घोषणा गर्नुअघि छोटो भाषण गर्दै उनले हस्यौली गरेका थिए, ‘म पोहोर पनि हाफ म्याराथनको उद्घाटन गर्न आएको थिएँ । त्यस बेला पेस्तोल पड्किँदै पड्केन । हेरौं है, आज पड्किन्छ कि ?’

    उनले ट्रिगर दबाए । त्यो डमी पेस्तोल पहिलो प्रयासमै पड्कियो । म्याराथन धावकहरु प्रतिष्पर्धामा दगुरे । प्रचण्ड कालो चिया पिएर कान्तिपुरबाट फर्के । त्यतिबेलासम्म सरकार र कान्तिपुरको ‘सम्बन्ध’ सबै ठिकठाक देखिन्थ्यो ।

    भोलिपल्ट साँझ संसदमा प्रचण्ड मन्त्रिपरिषद्का गृहमन्त्री लामिछानेले कान्तिपुर लगायत मूलधारका मिडियाको नाम नलिई सहकारी प्रकरणमा आफूलाई तेजोबध गर्न खोजिएको भन्दै आक्रोश पोखे । उनले पटक–पटक एउटै प्रसंग दोहोर्‍याउँदै भने, ‘म मिडिया मिलाउन सक्दिनँ ।’ मिडिया मिलाउने भन्नुको अर्थ खुलाउनतर्फ नलागी उनले आफूमाथि नियोजित प्रहार भइरहेको दाबी गरिराखे ।

    लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेसका पदाधिकारी र सांसदहरुबारे नाम नकिटी थुप्रै अपुष्ट दाबीहरु गरे । सहकारीको रकम अपचलनमा आफू जोडिएका तथ्यबारे ठोस जवाफ दिन सकेनन्, बरु आफूमाथि मिडियाले प्रतिशोध साँधेको जिकिर दोहोर्‍याउँदै जवाफदेहीबाट पन्छिए ।

    मंगलबार दिउँसो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरी थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क पुगेको थियो । नयाँ बानेश्वरस्थित संसदमा रहेका प्रधानमन्त्री प्रचण्ड यो खबर सुनेर झस्केको, तुरुन्तै गृहमन्त्री लामिछानेलाई खोजेको उनको सचिवालयले दाबी गर्‍यो । अहिले तत्काल सिरोहियालाई पक्राउ नगर्न प्रधानमन्त्रीले लामिछानेलाई भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दाबी गरे ।

    ‘सिरोहियाजीको विषयमा प्रधानमन्त्रीज्यूलाई अनावश्यक रुपमा जोड्न थालिएपछि मैले उहाँलाई सोधें, उहाँले गृहमन्त्रीलाई अहिले समात्न हुन्न भनेको सुनाउनुभयो’, आचार्यले भने, ‘अदालतमा न्यायाधीशले दिएको आदेश प्रहरीले कार्यान्वयन गर्न लागेको भनेपछि न्यायपालिकाको विषयमा कार्यपालिकाले बोल्न मिलेन ।’

    प्रधानमन्त्रीको सचिवालयले उक्त दाबी गर्दागर्दै पनि प्रतिपक्षीहरुले प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीसँग परामर्श बेगर गृहमन्त्री एक्लै अघि बढे होलान् भनी विश्वास गर्न नसकिने जिकिर गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै कांग्रेसका एक पदाधिकारीले लामिछानेसँग एक्लै यो सबै गर्ने क्षमता नरहेको दाबी गरे ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आग्रह पूर्वाग्रहपूर्वक सिरोहियालाई गिरफ्तार गरेको संकेत मिलेको बताएका छन् । संसद परिसरमा सञ्चारकर्मीसँग बोल्दै लेखकले नियोजित रुपमा नियत राखेर सरकार अघि बढेको देखिएको विचार राखे ।

    कान्तिपुर लगायत प्रमुख सञ्चारमाध्यमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने स्वयं संलग्न रहँदै आएको भनी शृंखलाबद्ध रिपोर्टिङ गर्दै आएका थिए । लामिछानेले सत्ताशक्तिको आडमा प्रतिशोधपूर्ण ढंगले सिरोहियाको पक्राउ गर्ने स्थिति सिर्जना गरेको कान्तिपुरका अध्यक्ष सिरोहियाले आरोप लगाएका छन् । लामीछानेको यस कार्यबाट उनको कच्चा राजनीतिज्ञ भएको मात्रै प्रमाणीत हुन्न की उनि निरंकुश शैलीमा आफ्नो विरुद्धमा बोल्नेहरुलाई तह लगाउन राज्य सत्ता खुलमखुला दुरुपयोग गरिहेका छन ।

    Post Views: 127
    प्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार ०५:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.