• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रिलाई सम्पादकहरुको संयूक्त पत्र, मैले पक्राउ गर्न स्वीकृति दिएको हुँः प्रधानमन्त्री

  •  
  • २०८१ जेष्ठ १०, बिहीबार ०३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सम्पादकहरुको तर्फबाट प्रतिनिधिको रुपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । प्रधानका अनुसार प्रधानमन्त्री दाहालले सम्पादकहरुबाट ध्यानाकर्षण पत्र बुझ्दै भने,‘म तपाईंहरुको माग प्रति संवेदनशील छु । अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’ सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे पत्र बुझाएका हुन् ।

    उनीहरूले बुधबार सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा पाँच बुँदे ध्यानाकर्षण पत्र जारी गरेका हुन्।

    यस्तो छ प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्रस्

    सम्माननीय प्रधानमन्त्रीज्यू,

    नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकर्षण गर्न चाहन्छौंः

    १। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

    २। जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

    ३। प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

    ४। गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ुमिडिया ट्रायलु भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

    ५। नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

    प्रतीक प्रधान ( बाह्रखरी

    शिव गाउँले ( अनलाइनखबर

    अमित ढकाल ( सेतोपाटी

    किरण नेपाल ( खोज पत्रकारिता केन्द्र

    युवराज घिमिरे ( देशसञ्चार

    सुधीर शर्मा

    मदन लम्साल ( अभियान

    विमल गौतम ( लोकान्तर

    सागर पण्डित ( नेपाल समाचारपत्र

    राजाराम गौतम

    सुजित महत ( उकालो

    पूर्णबहादुर बस्नेत ( नेपाल खबर

    बसन्त बस्नेत – अनलाइनखबर

    हरिबहादुर थापा ( बाह्रखरी

    उमेश चौहान( कान्तिपुर

    रामेश्वर बोहरा ( उकालो

    कोषराज कोइराला ( रिपब्लिका दैनिक

    गुणराज लुइँटेल ( नागरिक दैनिक

    रूपेश श्रेष्ठ ( कान्तिपुर टिभी

    अखण्ड भण्डारी ( अन्नपूर्ण पोस्ट

    विश्वास बराल ( द काठमाडौं पोस्ट

    सरोज मिश्र ( राजधानी दैनिक

    अरूण बराल ( खबरहब

    कमलदेव भट्टराई ( अन्नपूर्ण एक्सप्रेस

    प्रकाश रिमाल

    कसमस विश्वकर्मा

    सञ्जीव सतगैयां

    विजय पौडेल ( कान्तिपुर टिभी

    रामप्रसाद दाहाल ( रातोपाटी

    दुर्गा खनाल ( इकान्तिपुर

    पुष्प दुलाल( क्लिकमाण्डु

    Post Views: 112
    प्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहीबार ०३:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.