• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सन्दिपलाई अमेरिकी दुतावासले भिषा दिएन, अमेरिकामा रहेका नेपालीद्धारा भिषा दिन दवाव दिंदै क्यापेन शुरु

  •  
  • २०८१ जेष्ठ १०, बिहीबार ०४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वकपमा सन्दिप लामीछानेले खेल्ने भन्दै उनको गेम हेर्न आतुर रहेका नेपालीको गेम हेर्ने ईच्छा पुरा नहुने भएको छ । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन हिजो अस्वीकार गरेको हो । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

    बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन फुकुवा गरेर नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् । यता अमेरिकामा रहेका नेपालीहरुले सन्दिपलाई भिषा दिन आग्रह गर्दै चेन्ज डट ओआरजीमा क्याम्पेन शुरु गरेका छन । विभिन्न माध्यमबाट भिष नदिएको विषयमा विरोध भएपछि अमेरिकी दुतावासले भिषा जारी नहुनुको कारणबारे स्पष्ट पारेको छ । गैरआवासिय नेपालीले अभियान्ताहरुले भिषा जारी गनै अनुरोध गर्दै अभियान शुरु गरेको गैरआवासिय नेपाली संघका अमेरिकाका उपाध्यक्ष अनुप खनालले बताएका छन ।

    क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो ।

    नेपालस्थित अमेरिकी दूतावासले एक प्रेस वक्तव्य जारी गर्दै लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरे । अमेरिकी कानूनअनुसार भिसासम्बन्धी अभिलेखहरु गोप्य हुने भन्दै उनले भिसाको कुनै केशबारे टिप्पणी नगर्ने बताएको छ । अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ।’

    ‘उपयुक्त भिसाका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौंस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोष्टहरुले एकजुट भइ काम गरेका छन्’, उनले भने, ‘अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सह्राहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए ।’

    २ जेठमा लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । सोही दिन क्रिकेट एसोसियसन अफ नेपाल क्यानले उनको निलम्बन फुकुवा गरेको थियो । स्मरण रहोस यस अघि पनि लामीछानेलाई अमेरिकी दुतावासले भिषा अस्वीकृत गरेको थियो ।

    Post Views: 122
    प्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहीबार ०४:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.