• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेश नीति राजनीतिक दाउपेचमाथि : परराष्ट्रमन्त्री श्रेष्ठ

  •  
  • २०८१ जेष्ठ ११, शुक्रबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताएका छन्।

    बिहीवार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले परिवर्तित विश्वमा भएको प्रविधि र तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्न ज्ञानमा आधारित अध्ययन,अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताए।

    मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको ३ सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कूटनीतिक नियोगहरुबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रिय मञ्चहरुमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतीपूर्ण रहेको बताए।

    उनले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारीहरु अतिकम विकसित मुलुकहरुको ग्लोवल व्युरोको अध्यक्षता,आर्थिक तथा सामाजिक परिषद्को सदस्य,संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम, सुदृढ, व्यवसायिक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गरे।

    उनले परराष्ट्र सेवालाई कानूनी रुपमा अझ संस्थागत गर्न,समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवर्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताए। उनले परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने दखिएको बताए।

    उनले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिए। उनले प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गरे।

    उनले सरकार तथा मुलुकमा समग्र राजनीतिक नेतृत्व परराष्ट्र सम्बन्धका आधारभूत विषयमा सहमति कायम गर्न तथा विदेश नीतिका विषयलाई राजनीतिक दाउपेचबाट माथि राखि मुलुकको राष्ट्रिय हित र प्रवर्धनमा उच्च महत्व दिने उल्लेख गरे।

    उनले परराष्ट्र सेवालाई थप संस्थागत गर्न र अन्तर्राष्ट्रिय मञ्चहरुमा थपिएका चुनौती र असहजताकाबीच मुलुकको राष्ट्रहित प्रवर्द्धन गरी नेपालको हक हित संरक्षणका लागि विज्ञ कर्मचारीबाट सेवा लिन आवश्यक रहेको बताए। वर्तमान नेपालको विदेशनीति ईतिहासमा नै कमजोर र राजनीतिक रंगमा चल्न थालेपछि चौतर्फी आलोचना हुदै आएको बेला परराष्ट्रमन्त्रिले त्यसैलाई इंकित गर्दै राजनीति भन्दा माथी राख्नु पर्ने बताएका हुनसक्दछ ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ जेष्ठ ११, शुक्रबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.